bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 19
Exodus 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 20 →
1
[1-2] इस्राएलीहरू रपीदीमबाट हिँडे र मिश्रदेश छोडेको तेस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा आइपुगे। त्यहाँ सीनै पर्वतको फेदीमा तिनीहरूले डेरा हाले।
3
मोशा परमेश्वरसित भेट गर्न पर्वतमाथि चढे। परमप्रभुले मोशालाई पर्वतबाट बोलाउनुभयो र याकूबका सन्तान इस्राएलीहरूलाई यसो भन्न लाउनुभयो,
4
“म परमप्रभुले मिश्रीहरूलाई के गरें, कसरी मैले तिमीहरूलाई गरुडले आफ्ना चल्ला पखेटामा बोकेझैँ उचालेर बोकें र यहाँ मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ।
5
अब तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालन गर्यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ,
6
मेरो निम्ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।”
7
मोशा पर्वतबाट तल ओर्लेर आए र इस्राएलीहरूका अगुवाहरूलाई भेला गरेर परमप्रभुले आफूलाई आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए।
8
तब सबै मानिसहरूले एकसाथ मिलेर भने, “परमप्रभुले आज्ञा गर्नुभएको हरेक कुरा हामी गर्नेछौं।” यो कुरा मोशाले परमप्रभुलाई सुनाए।
9
परमप्रभुले मोशालाई भन्नुभयो, “म बाक्लो बादलभित्र भएर तँकहाँ आउनेछु र मानिसहरूले म तँसित बोलेको सुन्नेछन् र अबदेखि उसो तँलाई विश्वास गर्नेछन्।” मानिसहरूले के उत्तर दिएका थिए, त्यो मोशाले परमप्रभुलाई सुनाए र
10
उहाँले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर भन् कि मलाई पुज्नको निम्ति आज र भोलि तिनीहरूले आफैंलाई चोख्याउने काम गरून्। आफ्ना लुगाफाटा धोएर
11
पर्सि तिनीहरू तयार हुनुपर्नेछ। त्यस दिन म सीनै पर्वतमा उत्रनेछु। सबैले त्यहाँ मलाई देख्न सक्नेछन्।
12
पर्वतको चारैपट्टि मानिसहरूले ननागून् भनी एउटा सिमाना लाइदिनू। मानिसहरूलाई पर्वतमाथि नचढ्नू, त्यसको छेउमा पनि नजानू भनी आदेश दिनू। कसैले पर्वतमाथि पाइलो टेक्यो भने त्यो मारिनेछ,
13
त्यसलाई कसैले नछोई ढुङ्गाले वा काँडले हान्नू। यो कुरा मानिस वा पशु दुवैमाथि लागू हुनेछ अनि पर्वतमा पाइलो टेक्ने सबै निश्चय मारिनेछन्। तर जब तुरही बज्नेछ, तब मानिसहरू पर्वतसम्म आऊन्।”
14
तब मोशा पर्वतबाट तल ओर्ले र परमेश्वरलाई पुज्न मानिसहरूलाई तयार हुन आदेश दिए। तिनीहरूले आफ्नो लुगाफाटा धोए।
15
त्यसपछि मोशाले तिनीहरूलाई भने, “पर्सिसम्म तयार हुनू र यस बीचमा स्त्रीहरूलाई नछुनू।”
16
तेस्रो दिन बिहान बिजुली चम्क्यो र आकाश गर्ज्यो, बाक्लो बादल पहाडमाथि छायो र तुरहीको चर्को स्वर सुनियो। डेराका सबै मानिसहरू डरले काँपे।
17
मोशाले तिनीहरूलाई परमेश्वरसित भेट्न डेराबाट बाहिर लगे र तिनीहरू पर्वतको फेदमा उभिए।
18
सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्न लागेका थिए।
19
तुरहीको स्वर अझ चर्को हुन लाग्यो। मोशा बोले र परमेश्वरले तिनलाई मेघको गर्जनमा उत्तर दिनुभयो।
20
परमप्रभु सीनै पर्वतको टुप्पोमा आउनुभयो र मोशालाई त्यहाँ बोलाउनुभयो। मोशा पर्वतमा चढे
21
र परमप्रभुले उनलाई भन्नुभयो, “तल गएर मानिसहरूलाई भन् कि तिनीहरू सिमाना नाघेर नआऊन् र मलाई नहेरून्। त्यसो गरे, तिनीहरू धेरैजना मर्नेछन्।
22
मेरो छेउमा आउने पूजाहारीहरूले पनि आफैंलाई चोख्याउनुपर्छ नत्र म तिनीहरूलाई दण्ड दिनेछु।”
23
मोशाले परमप्रभुलाई भने, “मानिसहरू उँभो आउन सक्नेछैनन् किनभने तपाईंले यस पर्वतलाई पवित्र ठान्नू अनि यसलाई सिमानाले घेर्नू भनी हामीलाई आज्ञा गर्नुभएको थियो।”
24
परमप्रभुले उत्तर दिनुभयो, “तल जा र हारूनलाई लिएर आइज। तर पूजाहारी र मानिसहरू भने सिमाना नाघेर मकहाँ नआऊन्, नत्र म तिनीहरूलाई दण्ड दिनेछु।”
25
तब मोशा तल मानिसहरूकहाँ गए र परमप्रभुले भनेका कुरा तिनीहरूलाई सुनाए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→