bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 38
Exodus 38
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 39 →
1
बलि चढाउन तिनले बबुल काठको वेदी बनाए। त्यसको लम्बाइ र चौडाइ बराबर, २ मिटर २ सेन्टिमिटर र उचाइ १ मिटर ३ सेन्टिमिटर थियो।
2
त्यसका चार कुनाका टुप्पामा सिङजस्ता बाहिर निस्केका चोसाहरू वेदीसित एउटै काठको टुक्राले बनाए र ती सबै काँसाले मोहोरे।
3
वेदीका सारा सर-सामान, खरानी थाप्ने भाँडा, बेल्चा, बटुको, अङ्कुसेहरू र आगोका पात्रहरू तिनले बनाए। यी सबै चीजहरू काँसाका बनेका थिए।
4
तिनले एउटा काँसाको जाली बनाए र वेदीको बिटमुनि राखे। त्यसरी जाली राख्दा त्यो वेदीको बीचसम्म आइपुग्थ्यो।
5
तिनले चारवटा वेदी बोक्ने मुन्द्राहरू बनाए र चार कुनामा लगाए।
6
वेदी बोक्ने डन्डाहरू तिनले बबुल काठको बनाए र काँसाले मोहोरे
7
र वेदीका छेउमा लागेका कुण्डलहरूमा ती डन्डाहरू छिराए। काठको फल्याकले वेदी बनेको थियो र भित्रपट्टि खोक्रो थियो।
8
परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने स्त्रीहरूका दर्पणहरू लिएर तिनले काँसाका पानी हाल्ने बाटा र त्यसका आसन बनाए।
9
तिनले मिहिन सुती कपडाका पर्दाहरू बनाएर परमप्रभुको पवित्र पाललाई घेरा हाले। दक्षिणपट्टि पर्दाहरू ४४ मिटर लामा थिए,
10
ती पर्दाहरू बीसवटा काँसाका आसनहरूमा खडा राखिएका अनि चाँदीका अङ्कुसे र डन्डी लागेका बीसवटा काँसाका खामाहरूमा झुन्ड्याइएका थिए।
11
उत्तरपट्टि त्यसरी नै घेरा लगाइएको थियो।
12
पश्चिमपट्टि पर्दाहरू २२ मिटर लामा थिए। ती पर्दाहरू दश आसनमाथि खडा र चाँदीका अङ्कुसे र डन्डी लागेका दश वटा खम्बामा झुन्ड्याइएका थिए।
13
मूल-ढोका रहेको पूर्वपट्टि पनि घेरा २२ मिटर चौडा थियो।
14
[14-15] मूलढोकाको दुवैपट्टि छ मिटर ६० सेन्टिमिटरका पर्दाहरू थिए र ती पर्दाहरू एक-एक गरेर, तीन आसनमाथि तीन खम्बाहरूमा राखिएका थिए।
16
घेराका चारैपट्टिका पर्दाहरू मिहिन सुती कपडाले बनेका थिए।
17
खम्बाका आसनहरू काँसाका र अङ्कुसे र डन्डीहरू चाँदीका बनिएका थिए। खम्बाका टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए। घेराका चारैपट्टिका खम्बाहरू चाँदीका डन्डीहरूले जोडिएका थिए।
18
घेराका मूल-ढोकाको पर्दा नीलो, बैजनी र रातो रङ्गको ऊनले बुनेर जोडेको अनि फूलबुट्टा भरेको मिहिन सुती कपडाको बनेको थियो। त्यो पर्दा घेराका पर्दाजस्तै ९ मिटर लामो र २ मिटर अग्लो थियो।
19
काँसाका चार आसनमाथि खडा चार खम्बाहरूबाट त्यो झुन्ड्याइएको थियो। खम्बाको अङ्कुसे र डन्डीहरू चाँदीका बनेका थिए र टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए।
20
पवित्र पाल र त्यसका घेराका खुट्टीहरू काँसाका बनेका थिए।
21
परमप्रभुको पवित्र पाल बनाउन लागेका धातुहरूको सूची यस्तो छ। पवित्र पालमा दश आज्ञाहरू लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू राखिएका थिए। त्यो सूची मोशाको आज्ञाले लेवीहरूले तयार गरेका थिए। ती लेवीहरूले पूजाहारी हारूनका छोरा ईतामारका आदेशमा काम गर्थे।
22
परमप्रभुले आज्ञा गरेका हरेक चीज बजलेलले बनाए। तिनी यहूदा कुलका ऊरीका छोरा र हूरका नाति थिए।
23
तिनलाई मद्दत गर्ने अहीसामाकका छोरा ओहोलीआब दान कुलका थिए अनि तिनी धातु खोपी बुट्टा काट्ने, चित्र बनाउने र मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङ्गका ऊनी कपडा बुन्ने काममा सिपालु थिए।
24
पवित्र पालको निम्ति परमप्रभुलाई अर्पण गरिएका सारा सुनको तौल एक हजार किलोग्राम थियो, त्यो तौल सरकारी तौलअनुसार थियो।
25
इस्राएली समाजका मानिसहरूका जनगणनाको समयमा बटुलेका चाँदीको तौल ३,४३० किलोग्राम थियो। त्यो तौल तोकिएको तौलअनुसार थियो।
26
जनगणनामा परेका सबै मानिसहरूले तिरेका मोलको मोठ बराबर त्यो चाँदी थियो। जनगणनामा पाइएका २० वा बढी उमेरका पुरुषहरूको सङ्ख्या ६,०३,५५० थियो।
27
पाइएका चाँदीबाट ३,४०० किलोग्राम पवित्र पाल र पर्दाहरूका सय वटा आसनहरू बनाउन हरेक आसनको निम्ति ३४ किलोग्रामको हिसाबले चलाइयो।
28
उब्रेका ३० किलोग्राम चाँदीबाट बजलेलले डन्डी र खम्बाका अङ्कुसेहरू बनाए र खम्बाका टुप्पा मोहोर्ने काम गरे।
29
परमप्रभुलाई अर्पण गरिएका काँसाको तौल २,४२५ किलोग्राम थियो।
30
ती काँसाले तिनले परमप्रभुको पवित्र पालको मूलढोकाका आसनहरू, जालीसहित काँसाको वेदी, वेदीका सारा सर-सामान,
31
घेरा र त्यसका मूल-ढोकाका आसनहरू अनि पवित्र पाल र त्यसको घेराका खुट्टीहरू बनाए।
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 39 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→