bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 29
Exodus 29
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 30 →
1
“हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न पूजाहारी बन्न अर्पण गर्दा तैँले यी कुराहरू गर्नू— एउटा निष्खोट साँढे र दुईवटा निष्खोट भेडाहरू लिनू,
2
सबैभन्दा असल गहुँको पिठो लिएर तर खमिर नमिसाई, केही रोटी जैतुनको तेलमा र केही तेलबिना र केही तेल दलेको स-साना सुक्खा रोटी बनाउनू। केही पातलो रोटीजस्तो अनि तेल दलेको बनाउनू।
3
ती एउटा डालोमा हाल्नू र साँढे र भेडाहरू बलि चढाउँदा त्यो डालो पनि मलाई चढाउनू।
4
“हारून र त्यसका छोराहरूलाई म बास गर्ने पवित्र पालको ढोकामा ल्याउनू र विधिअनुसार स्नान गर्न लाउनू।
5
तब हारूनलाई पूजाहारीका पोशाक: अलखा, एपोदभित्र लाउने लबेदा, एपोद, छाती-पाता र पटुका पहिराइदिनू।
6
त्यसलाई फेटा लाइदिनू र त्यसमाथि ‘परमप्रभुलाई अर्पण गरिएको’ भनी खोपिएको अर्पणको पवित्र चिन्ह बाँधिदिनू।
7
त्यसपछि तेल लिएर त्यसको शिरमा खन्याउनू र त्यसलाई अभिषेक गर्नू।
8
“हारूनका छोराहरूलाई ल्याएर अलखा पहिराइदिनू।
9
तिनका कम्मरमा पटुका र शिरमा फेटा लाइदिनू। त्यसरी हारून र त्यसका छोराहरूलाई पूजाहारी नियुक्त गर्नू। तिनीहरू र तिनका सन्तानले सदासर्वदा पूजाहारी भई मेरो सेवा गर्नेछन्।
10
“म बास गर्ने पवित्र पालको सामु साँढे ल्याएर त्यसको टाउको माथि हारून र त्यसका छोराहरूलाई हात राख्न लाउनू।
11
त्यहाँ म बास गर्ने पवित्र पालको ढोकामा साँढेलाई मार्नू।
12
साँढेको रगत अलिकता लिएर औँलाले वेदीका सिङमा छर्कनू। तब उब्रेको सबै रगत वेदीको फेदमा खन्याउनू।
13
त्यसपछि साँढेका भित्री अङ्गहरू ढाकेको बोसो र सबै कलेजोको धेरैजसो भाग र बोसोसितै दुवै मिर्गौलाहरू लिएर मलाई चढाउनू र वेदीमाथि जलाउनू।
14
तर, साँढेको मासु, छाला र आन्द्राहरू तम्बुबाहिर जलाउनू। यो पूजाहारीहरूका पाप मेट्ने बलि हुनेछ।
15
“एउटा भेडा लिएर त्यसको टाउकोमा हारून र त्यसका छोराहरूलाई हात राख्न लाउनू।
16
त्यसलाई मारेर त्यसको रगत वेदीको चारैपट्टि छर्कनू।
17
साँढ-भेडालाई टुक्रा-टुक्रा पार्नू, त्यसको भित्री अङ्ग र पछिल्ला खुट्टाहरू धुनू र त्यसको टाउको र अरू टुक्राहरूमाथि ती सबै राख्नू।
18
सिङ्गै साँढ-भेडा वेदीमाथि बलिको रूपमा जलाउनू। त्यसको मीठो बास्नाले मलाई सन्तुष्ट गराउँदछ।
19
“अर्को साँढ-भेडा लिनू, त्यो साँढ-भेडा अर्पणको निम्ति चलाइनेछ। त्यसको टाउकोमा हारून र त्यसका छोराहरूलाई हात राख्न लाउनू।
20
त्यसलाई मारेर त्यसको रगत अलिकता लिई हारून र त्यसका छोराहरूका दाहिने कानका लोतीमा र दाहिने खुट्टा र हातका बुढी औँलाहरूमा लाइदिनू। उब्रेको सबै रगत वेदीको चारैपट्टि छर्किदिनू।
21
वेदीमाथिको रगत र अभिषेक गर्ने तेल केही लिएर हारून र त्यसका छोराहरूका वस्त्रमा छर्किदिनू। हारून, त्यसका छोराहरू र तिनका वस्त्रहरू, त्यसरी मेरा निम्ति अर्पण गरिनेछन्।
22
“यस साँढ-भेडाको बोसो, बोसेपुच्छर, भित्री अङ्गहरू ढाक्ने बोसो, कलेजोको उत्तम भाग, बोसोसितै दुवै मिर्गौलाहरू र दाहिने फिला काटेर छुट्ट्याउनू।
23
मलाई चढाएको रोटीको डालोबाट सबै थरीको रोटी एक-एक वटा लिनू। जैतुनको तेलसित बनाएको एउटा रोटी, तेलबिनाको एउटा पातलो रोटी लिनू।
24
यी सबै खानेकुराहरू हारून र त्यसका छोराहरूका हातमा दिनू र मेरो लागि विशेष भेटीको रूपमा अर्पण गर्न लाउनू।
25
त्यसपछि त्यो विशेष भेटी तिनीहरूका हातबाट लिएर वेदीमा होमबलिमाथि जलाएर मलाई बलि चढाउनू। त्यसको मीठो बास्नाले मलाई खुसी गराउँछ।
26
“यो साँढ-भेडाको छातीचाहिँ एउटा विशेष भेटीको रूपमा मेरो लागि अर्पण गर्नू। भेडाको यो भाग तिमीहरूको हुनेछ।
27
“जब एउटा पूजाहारी अभिषेक गरिन्छ, अर्पणको लागि चढाइने साँढ-भेडाको छाती र फिला विशेष भेटीको रूपमा मलाई चढाएर पूजाहारीहरूको निम्ति अलग गर्नू।
28
मैले यो निश्चय गरेको छु कि जब मेरा मानिसहरूले मिलापबलि चढाउनेछन्, बलि गरिएको पशुको छाती र फिला पूजाहारीहरूका हुनेछन्। त्यो मानिसहरूले म परमप्रभुलाई चढाएको भेटी हुनेछ।
29
“हारून मरेपछि त्यसको पूजाहारीको पोशाक त्यसका छोराहरूलाई दिनू र तिनीहरू पूजाहारी नियुक्त हुँदा ती वस्त्र प्रयोग गरून्।
30
हारूनपछि पूजाहारी पदमा खटिने त्यसको छोरो, जो म बास गर्ने पालको पवित्रस्थानमा मेरो सेवाकार्य गर्नलाई पस्नेछ, त्यसले ती वस्त्र सात दिनसम्म पहिरिरहनुपर्नेछ।
31
“हारून र त्यसका छोराहरूलाई अभिषेक गर्दा चलाइएको साँढ-भेडाको मासु भाँडोमा लिई एउटा पवित्र पालमा उमालेर पकाउनू।
32
त्यो मासु टोकरीमा उब्रेको रोटीसित म बास गर्ने पवित्र पालको ढोकानिर तिनीहरूले खानेछन्।
33
तिनीहरूको अर्पण गरिँदा पाप कटनीको विधिमा चलाइएका चीजहरू तिनीहरूले खानेछन्। पूजाहारीहरूले मात्र त्यो भोजन खाऊन् किनभने त्यो पवित्र छ।
34
केही मासु वा रोटी बिहानसम्म उब्रियो भने, त्यो डढाइदिनू। त्यो कसैले नखाओस् किनभने त्यो पवित्र छ।
35
“ठीक मैले तँलाई आज्ञा गरेअनुसार हारून र त्यसका छोराहरूलाई अर्पण गर्ने रीति सात दिनसम्म मान्नू।
36
प्रत्येक दिन एउटा साँढे पापबलि चढाउनू र पाप क्षमा गरिनेछ। त्यसले वेदीलाई शुद्ध गर्नेछ। तब त्यसलाई पवित्र गर्न जैतुनको तेलले अभिषेक गर्नू।
37
सात दिनसम्म प्रत्येक दिन त्यसो गर्नू। तब वेदी सम्पूर्णरूपले पवित्र हुनेछ र त्यस वेदीलाई छुने कुनै मानिस वा थोकलाई त्यसको पवित्रताको शक्तिले हानि गर्नेछ।
38
“सधैँभरि दिनहुँ दुईवटा एकवर्षे भेडाको पाठो वेदीमा बलि चढाउने गर्नू।
39
एउटा पाठो बिहान र अर्को पाठो बेलुका बलि गर्नू।
40
बिहानको पाठोसित एक किलो गहुँ, एक लिटर शुद्ध जैतुनको तेल मिसाएर चढाउनू। एक लिटर दाखमद्य पनि भेटी स्वरूप खन्याइदिनू।
41
बेलुकाको पाठो बलि गर्दा पनि त्योसित बिहानको झैँ बराबर मात्राले पिठो, जैतुनको तेल र दाखमद्य चढाउनू। यो म परमप्रभुलाई चढाइएको होमबलि हुनेछ र त्यसको मीठो बास्नाले मलाई सन्तुष्ट गराउनेछ।
42
सधैँभरि मेरो सामु म बास गर्ने पवित्र पालको ढोकामा यो होमबलि चढाउने गर्नू। त्यहाँ म मेरा प्रजासित भेट गर्नेछु र तँसित बोल्नेछु।
43
त्यहाँ म इस्राएलीहरूलाई भेट्नेछु र मेरो उपस्थितिको चम्किलो ज्योतिले त्यस ठाउँलाई पवित्र पार्नेछु।
44
म वेदी र पाललाई पवित्र गर्नेछु र हारून र त्यसका छोराहरूलाई मेरा पूजाहारी भई सेवा गर्न अलग गर्नेछु।
45
म इस्राएलीहरूका माझमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु।
46
म तिनीहरूका माझमा बास गर्न सक्नेछु। मिश्रदेशदेखि तिनीहरूलाई छुटाइल्याउने तिनीहरूका परमेश्वर परमप्रभु म हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→