bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 2
Exodus 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 3 →
1
यस्तै बेलामा एक जना लेवी कुलका मानिसले आफ्नै कुलकी एउटी नारीलाई विवाह गरे।
2
त्यस नारीले एउटा छोरो जन्माइन्। बालक अत्यन्त सुन्दर देखेर त्यसलाई उनले तीन महिनासम्म लुकाएर राखिन्।
3
बालकलाई अझै लुकाइराख्न नसक्दा उनले एउटा कुशको टोकरी लिइन् र अलकत्राले पोतेर पानी नपस्ने बनाइन्। बालकलाई टोकरीमा हालेर नदीको किनारमा अग्ला घाँस-पातका बीच छोडिदिइन्।
4
बालककी दिदी केही टाढामा उभिएर त्यसलाई के हुन्छ भनी हेरिरहेकी थिई।
5
यसै बीचमा नदीमा नुहाउन राजाकी छोरी आइन्। उनका सुसारेहरू नदीको किनारमा टहलिन लागे। अचानक राजकुमारीले घाँस-पातका बीचका टोकरी देखिन् र एउटी दासीलाई त्यो लिन पठाइन्।
6
राजकुमारीले टोकरी उघारेर हेरिन् र बालकलाई देखिन्। बालक रोइरहेको थियो र राजकुमारीको मनमा दया जाग्यो। उनले भनिन्, “यो कुनै एउटा हिब्रू बालक हो।”
7
दिदीचाहिँले राजकुमारीको छेउमा गएर भनी, “म गएर बालकको निम्ति एउटी हिब्रू स्त्रीलाई धाईआमा हुनलाई ल्याइदिऊँ?”
8
राजकुमारीले भनी, “लौ हुन्छ।” केटी गएर बालककै आमालाई लिएर आई।
9
राजकुमारीले त्यस स्त्रीलाई भनिन्, “यो बालकलाई लगेर मेरो निम्ति दूध खुवाऊ अनि यसको स्याहारसुसार गर। म तिमीलाई ज्याला दिनेछु।” तिनले बालकलाई लगेर हुर्काइन्।
10
बालक निकै हुर्केपछि तिनले राजकुमारीकहाँ पुर्याइन्। राजकुमारीले बालकलाई आफ्नै छोरो बनाई काखमा लिइन्। उनले भनिन्, “मैले यसलाई पानीबाट निकालें र म यसको नाम मोशा राख्दछु।”
11
मोशा ठूलो भएपछि आफ्ना भाइ-बन्धु इस्राएलीहरूकहाँ गए र त्यहाँ तिनीहरूले दु:ख गरेर धेरै काम गरेको देखे। त्यहाँ मोशाले आफ्नै एक जना इस्राएली भाइलाई एउटा मिश्रीले कुटिरहेको देखे।
12
मोशाले चारैपट्टि हेरे, उनलाई कसैले हेरेको थिएन। त्यस मिश्रीलाई मारेर त्यसको लाश उनले बालुवामा पुरिदिए।
13
भोलिपल्ट जाँदा उनले दुई हिब्रूहरूलाई आपसमा झगडा गरिरहेको देखे। अन्याय गर्नेचाहिँलाई उनले भने, “तिमीले किन आफ्नै भाइलाई हिर्काउँदै छौ?”
14
त्यस मानिसले जवाफ दियो, “कसले तिमीलाई हाम्रा हाकिम र न्यायाधीश खटायो? त्यो मिश्रीलाई जस्तै मलाई पनि मार्ने?” मोशा डराए र सोचे, “मेरो कुरा मानिसहरूलाई थाहा भएछ।”
15
[15-16] यो कुरो राजाले पनि चाल पाएर तिनले मोशालाई मार्ने चेष्टा गर्न लागे; तर मोशा भागेर गई मिद्यान देशमा बस्न थाले। एक दिन मोशा एउटा इनारको छेउमा बसिरहेका थिए। मिद्यानको पूजाहारी यित्रोका सात वटी छोरीहरू पानी भर्न आए र आफ्ना बुबाका भेडा-बाख्राले पिउने पानीका डुँडहरू भर्न लागे।
17
तर केही गोठालाहरूले यित्रोका छोरीहरूलाई लघारे। तब मोशाले ती केटीहरूको बचाउ गरे र तिनीहरूका भेडाबाख्राहरूलाई पानी खुवाइदिए।
18
तिनीहरू घर फर्की आएपछि बुबाले सोधे, “आज कसरी तिमीहरू यति चाँडै आयौ?”
19
केटीहरूले भने, “एउटा मिश्रीले गोठालाहरूदेखि हाम्रो बचाउ गरे र हाम्रा पशुहरूलाई पनि पानी तानेर पियाए।”
20
“उनी कहाँ छन्?” बुबाले छोरीहरूलाई सोधे, “किन त्यस असल मानिसलाई त्यहीँ छोडेर आयौ? जाओ, उनलाई हामीसँग खानपान गर्न डाकेर ल्याओ।”
21
मोशा त्यहाँ बास गर्न राजी भए। यित्रोले आफ्नी छोरी सिप्पोरासित मोशाको विवाह गरिदिए।
22
सिप्पोराले एउटा छोरो जन्माइन्। मोशाले, “म यस देशमा परदेशी छु,” भने र त्यसको नाम गेर्शोम राखे।
23
धेरै वर्षपछि मिश्रका राजा मरे तर इस्राएलीहरू कमारा काममा पेलिएर अझै कराइरहेका थिए र सहायताको निम्ति पुकार गर्न लागे। तिनीहरूको पुकार परमेश्वरकहाँ पुग्यो।
24
परमेश्वरले तिनीहरूको विलाप सुन्नुभयो र आफूले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएका करारलाई सम्झनुभयो।
25
उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्ति फिक्री गर्नुभयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40