bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 23
Exodus 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 24 →
1
“झूटो हल्ला नफैलाओ र झूटो साक्षी दिएर एउटा अपराधीलाई मद्दत नगर।
2
धेरै मानिसहरूले खराबी गरे वा गवाही दिएर न्याय बिगारे भन्दैमा तिमीहरूले पनि त्यसै नगर।
3
गरीब भनेर मुद्दामा त्यसको पक्ष नलेओ।
4
“तिमीहरूले शत्रुको गाई वा गधालाई खुला दगुरेको देख्यौ भने त्यो पक्रेर त्यसकहाँ पुराइदेओ।
5
त्यसको गधा भारीमुनि लडेर थिचिएको देख्यौ भने त्यसलाई आफ्नो गधा उठाउन मद्दत गर, त्यसलाई त्यहीँ छोडेर नहिँड।
6
“गरीबको मुद्दामा त्यसको न्याय नखोस।
7
झूटो दोष नलगाओ र निर्दोषलाई प्राणदण्ड नदेओ। त्यस्तो दुष्ट काम गर्नेलाई म दोषी ठहराउनेछु।
8
घुस नलेओ किनभने घुसले मानिसलाई अन्धो बनाउँछ र त्यसले उचित कुरा चिन्दैन। त्यसले गर्दा निर्दोषले न्याय पाउँदैन।
9
“परदेशीसँग खराब व्यवहार नगर। परदेशी छँदा आफूलाई कस्तो लाग्छ, त्यो तिमीहरू जान्दछौ किनभने तिमीहरू मिश्रमा परदेशी थियौ।
10
“छ वर्षसम्म आफ्नो खेतबारीमा बिउ छर र त्यसको उब्जनी उठाओ।
11
तर सातौँ वर्षमा त्यसलाई बाँझो राख र त्यहाँ उम्रेको अन्न नबटुल। गरीबहरूले ती अन्न खाऊन् र उब्रेकोचाहिँ जङ्गली जन्तुले खाऊन्, तिमीहरूले आफ्ना दाख र जैतुनका बारीहरूमा पनि त्यसै गर।
12
“छ दिनसम्म काम गर; तर सातौँ दिनमा काम नगर। त्यसो भए, तिम्रा कमारा-कमारीहरू र तिम्रा काम गर्ने परदेशीहरू र पशुहरूले आराम पाउनेछन्।
13
“म परमप्रभुले तिमीहरूलाई भनेका सबै कुरा सुनेर ती मान। अरू देवताहरूलाई प्रार्थना नगर, तिनीहरूको नाम पनि नलेओ।
14
“मेरो आदर गर्न वर्षेनी तीनवटा चाडहरू मनाओ।
15
आबीब महिनामा तिमीहरूले मिश्र छोडेका थियौ। यसकारण मैले आज्ञा गरेबमोजिम यही महिनामा अखमिरी रोटीको चाड मनाओ। चाडको साताभरि खमिरे रोटी नखाओ। मेरो आराधना गर्न आउँदा कोही पनि रित्तै हात नआओस्।
16
“अन्न कटनी गर्दा कटनी पर्व मनाओ। “वर्षको दिन बितेपछि शरद् ऋतु लाग्छ। जब तिमीहरू आफ्ना दाख र जैतुनका बारीहरूबाट फल बटुल्छौ, तब तिमीहरूले “छाप्रोका चाड” मनाओ।
17
हरेक वर्ष यी तीन चाडहरूमा तिम्रा लोग्नेमानिसहरू म परमप्रभु तिमीहरूका परमेश्वरलाई पुज्न आउनुपर्नेछ।
18
“मलाई पशु-बलि चढाएको रगतसँग खमिरे रोटी नचढाउनू। यी चाडहरूमा बलि चढाएका पशुहरूको बोसो भोलिपल्ट बिहानसम्म रहन नदिनू।
19
“हरेक वर्ष तिम्रो उब्जनीको पहिलो फल परमप्रभु परमेश्वरको भवनमा ल्याउनू। “बाख्रा वा भेडाको पाठालाई त्यसको माऊको दूधमा नपकाउनू।
20
“तिमीहरूले यात्रा गर्दा तिमीहरूलाई रक्षा गर्न र मैले तयार पारेको देशमा पुर्याउन म तिमीहरूको अघिअघि मेरो एउटा दूत पठाउनेछु।
21
ध्यान दिएर तिनको कुरा सुन र मान। तिनको विरोध नगर किनभने तिनलाई मैले पठाएको हुँ र तिमीहरूको त्यस्तो अपराध तिनले क्षमा गर्नेछैनन्।
22
तर तिमीहरूले तिनका कुराहरू मान्यौ र सबै काम मेरा आज्ञाअनुसार गर्यौ भने म तिम्रा सबै शत्रुहरूसँग लड्नेछु।
23
मेरो दूतले तिमीहरूका अघिअघि गएर तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूका देशमा पुर्याउनेछन् र म तिनीहरूलाई नाश पार्नेछु।
24
तिनीहरूका देवताहरूलाई नपुज्नू वा नभज्नू र तिनीहरूका धार्मिक रीतिहरू नमान्नू। तिनीहरूका देवताहरूलाई नष्ट गर। तिनीहरूले पवित्र मानेका खम्बाहरू भाँचिदेओ।
25
म परमप्रभु परमेश्वरलाई तिमीहरूले पुज्यौ भने म तिमीहरूलाई अन्न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु।
26
तिम्रा देशमा कुनै स्त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु।
27
“तिम्रो विरोध गर्ने मानिसहरूलाई म मेरो डर मान्न लाउनेछु। जोसँग तिमीहरू युद्ध गर्छौ, तिनीहरूका बीचमा खैलाबैला ल्याउनेछु र तिम्रा सबै शत्रुहरू तिमीहरूदेखि भाग्नेछन्।
28
तिम्रा शत्रुहरूलाई आतङ्कमा पार्नेछु। तिमीहरू अगाडि बढ्दैजाँदा हित्ती, कनानी, हिव्वीहरूलाई म धपाउनेछु।
29
म तिनीहरूलाई एकै वर्षभित्रमा धपाउनेछैनँ, मैले त्यसो गरें भने देश उजाड हुनेछ र जङ्गली जन्तुहरू तिमीहरूका लागि सङ्ख्यामा धेरै हुनेछन्।
30
पूरा देश कब्जा गर्न तिमीहरूको सङ्ख्या नपुगेसम्म म तिनीहरूलाई अलिअलि गरी धपाउनेछु।
31
म तिमीहरूका देशको सिमाना लाल समुद्रदेखि यूफ्रेटिस नदीसम्म अनि भूमध्य सागरदेखि मरुभूमिसम्म फैलाइदिनेछु। त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूको अधिकार दिनेछु। तिनीहरूलाई तिमीहरूले लखेट्नेछौ।
32
तिनीहरूसँग वा तिनीहरूका देवताहरूसित तिमीहरूले कुनै कुरामा मेलमिलाप नगर्नू।
33
ती मानिसहरूलाई तिम्रा देशमा बास गर्न नदिनू, बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई मेरो विरुद्ध पाप गर्न लाउनेछन्। तिनीहरूका देवताहरू पुज्यौ भने तिमीहरू मृत्युको जालमा फस्नेछौ।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→