bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 32
Exodus 32
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 33 →
1
मानिसहरूले मोशालाई धेरै दिनसम्म पर्वतबाट नओर्ली ढिलो गरेको देखेर हारूनका चारैतिर भेला भएर तिनलाई भने, “हामीलाई मिश्रदेशबाट निकाली ल्याउने मोशालाई के भयो, हामी जान्दैनौं र अब हाम्रो अगुवाइ गर्न एउटा देवता बनाइदेऊ।”
2
हारूनले तिनीहरूलाई भने, “तिमीहरूका स्वास्नी, छोरा-छोरीहरूले कानमा लाएका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”
3
तब सबै मानिसहरूले आफ्ना कानका सुनका कुण्डलहरू हारूनकहाँ ल्याए।
4
हारूनले ती कुण्डलहरू गलाए र सुनलाई एउटा साँचोमा ढाले अनि एउटा बाछो बनाए। मानिसहरूले भने, “हे इस्राएली हो! हामीलाई मिश्रबाट निकाली ल्याउने देवता यिनै हुन्।”
5
तब हारूनले सुनको बाछोको अघि एउटा वेदी बनाएर भने, “भोलि परमप्रभुको आदरमा एउटा चाड मनाइनेछ।”
6
भोलिपल्ट बिहानै केही पशुहरू ल्याई तिनीहरूले होमबलि चढाए। अनि कति पशुहरूलाई खानाको निम्ति मेलबलि चढाइयो। मानिसहरूले भोज खाए र मनमोज गर्न लागे।
7
परमप्रभुले मोशालाई भन्नुभयो, “तल ओर्लेर झट्टै गइहाल्। तैँले मिश्रबाट निकाली ल्याएका तेरा मानिसहरूले पाप गरेर मलाई मान्न छोडेका छन्।
8
मैले तिनीहरूलाई आज्ञा गरेको बाटो तिनीहरूले छोडिसके। सुन पगालेर तिनीहरूले एउटा बाछो बनाएका छन् र त्यसलाई पुजेर बलि चढाएका छन्। हामीहरूलाई मिश्रबाट निकाली ल्याउने देवता यही हो भनेर तिनीहरूले भन्दै छन्।
9
मलाई थाहा छ कि यी मानिसहरू कति ढिट छन्।
10
मलाई तिनीहरूसित रिस उठेको छ र अब म तिनीहरूलाई नाश गर्नेछु र तँ र तेरा सन्तानबाट एउटा महान् जाति बनाउनेछु।”
11
मोशाले परमप्रभु परमेश्वरलाई बिन्ती गरी भने, “परमप्रभु आफ्ना प्रजामाथि किन यस्तो क्रोध प्रकट गर्नुहुन्छ, जसलाई तपाईंले आफ्नो महान् शक्ति र प्रतापले मिश्रबाट निकाली ल्याउनुभयो?
12
आफ्ना प्रजालाई पर्वतमाथि नाश पार्ने विचारले मिश्रबाट तपाईंले ल्याएको हो भन्ने मौका मिश्रीहरूलाई किन दिनु? रिस थाम्नुहोस्; आफ्नो मन बद्लनुहोस् र आफ्ना प्रजालाई विनाश नगर्नुहोस्।
13
आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई याद गर्नुहोस्। तपाईंले आकाशका तारा जतिकै सन्तान दिनेछु अनि तिमीहरूका वंशलाई प्रतिज्ञाको देश दिनेछु भनी जुन पवित्र प्रतिज्ञा गर्नुभएको थियो, त्यो सम्झनुहोस्।”
14
तब परमप्रभुले आफ्नो मन बदल्नुभयो र जुन सङ्कष्ट पठाउँछु भनी सोच्नुभएको थियो, त्यो आफ्नो प्रजामाथि ल्याउनुभएन।
15
दुई हातमा परमेश्वरका आज्ञाहरू लेखिएका दुईवटा ढुङ्गाका पाटीहरू बोकेर मोशा पर्वतबाट ओर्लि आए।
16
परमेश्वर आफैंले ती पाटीहरू बनाएर तिनमा ती आज्ञाहरू लेख्नुभएको थियो।
17
यहोशूले मानिसहरू कराएका सुने र मोशालाई भने, “छाउनीमा लडाइँ भएको आवाज म सुन्दै छु।”
18
मोशाले भने, “यो होहल्ला जित वा हारको आवाज होइन, यो त गीत गाएको पो हो।”
19
जब मोशाले डेराको छेउ आउँदा बाछो र त्यसको सामुन्ने मानिसहरू नाच्दै गरेका देखे, तब तिनी रिसले चुर भए। त्यहाँ पर्वतको फेदनिर तिनले आफूले बोकेका ढुङ्गाका पाटीहरू फ्याँकिदिए र ती फुटे।
20
तिनीहरूले बनाएका सुनको बाछो उठाएर तिनले गलाए र मिहिन गरी धुलोपिठो पारे र पानीसित मिसाए। त्यसपछि तिनले इस्राएलीहरूलाई त्यो पिउन लाए।
21
तिनले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे र तपाईंले तिनीहरूलाई यस्तो घिनलाग्दो पाप गर्न लगाउनुभयो?”
22
हारूनले जवाफ दिए, “मसँग नरिसाउनुहोस्। तपाईं यी मानिसहरूलाई चिन्नुहुन्छ, यिनीहरूले दुष्ट काम गर्ने सङ्कल्प गरेका छन्।
23
तिनीहरूले मलाई ‘हामीलाई मिश्रबाट ल्याउने, मोशालाई के भयो हामी जान्दैनौं र अब हाम्रो अगुवाइ गर्नलाई एउटा देवता बनाइदेऊ’ भने।
24
मैले तिनीहरूलाई आफूले लाएका सुनका गहनाहरू ल्याउन लगाएँ। ज-जसका गहना थिए, ती तिनीहरूले फुकालेर मलाई दिए, मैले ती गहनाहरू आगोमा हालिदिएँ र यो बाछो निस्क्यो!”
25
हारूनले मानिसहरूलाई छाडा भई खुसी गर्न दिएछन् र तिनीहरूले बैरीहरूका अघि आफैंलाई मूर्ख बनाइसकेका रहेछन् भनी मोशाले थाहा पाए।
26
यसकारण तिनी छाउनीको मूल-ढोकामा उभिए र जोडले कराएर भने, “परमप्रभुको पक्षमा हुनेहरू यतातिर आओ!” सबै लेवीहरू तिनकहाँ गएर चारैपट्टि उभिए।
27
तिनले लेवीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको यो आज्ञा छ: तिमीहरू हरेकले आ-आफ्ना तरवार लिएर छाउनीको यो ढोकादेखि पल्लो छेउसम्म जानू र आ-आफ्ना भाइ, मित्र र छिमेकीहरूलाई मार्न लाउनू।”
28
लेवीहरूले त्यसै गरे र त्यो दिन तीन हजार जति मानिसहरूलाई मारे।
29
मोशाले लेवीहरूलाई भने, “आज तिमीहरूले आफ्ना छोरा र भाइहरूलाई मारेर आफैंलाई परमप्रभुको सेवाको लागि पूजाहारीको रूपमा अर्पण गर्यौ। यसकारण परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।”
30
भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले घिनलाग्दा पाप गरेका छौ। अब म फेरि पर्वतमा परमप्रभुकहाँ जानेछु र तिमीहरूका पाप क्षमाको निम्ति बिन्ती गरिदिनेछु।”
31
त्यसपछि परमप्रभुकहाँ फर्केर मोशाले भने, “यी मानिसहरूले एउटा डरलाग्दो पाप गरेका छन्। तिनीहरूले सुनको मूर्ति बनाएर पुजेका छन्।
32
कृपा गरी तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। तर क्षमा गर्नुहुन्न भने तपाईंले आफ्ना प्रजाका नाम लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटिदिनुहोस्।”
33
परमप्रभुले भन्नुभयो, “म मेरो पुस्तकबाट ती मानिसहरूका नाम मेटिदिनेछु, जसले मेरो विरुद्धमा पाप गरेका छन्।
34
अब जा र मैले भनेको ठाउँमा मानिसहरूलाई अगुवाइ गरेर लैजा। याद राख्, मेरो दूतले तेरो अगुवाइ गर्नेछ तर त्यो समय आउँदै छ, जब म यी मानिसहरूलाई तिनीहरूका पापको निम्ति दण्ड दिनेछु।”
35
अनि मानिसहरूले हारूनलाई सुनको बाछो बनाउन कर लगाएका कारणले परमप्रभुले तिनीहरूमा एउटा रुढी पठाउनुभयो।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40