bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 35
Exodus 35
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 36 →
1
मोशाले इस्राएलीहरूका सारा जातिलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई यस्तो आज्ञा गर्नुभएको छ,
2
काम गर्नको लागि तिमीहरू छ दिन पाउँछौ, तर सातौँ दिनचाहिँ म परमप्रभुलाई अर्पण गरेको एउटा पवित्र र महत्त्वपूर्ण विश्रामको दिन हुनेछ। जसले त्यो दिन केही काम गर्छ, त्यो मारिनेछ।
3
विश्राम दिनमा तिमीहरूले घरमा आगोसम्म पनि नसल्काउनू।”
4
इस्राएलका सारा प्रजालाई मोशाले भने, “परमप्रभुले यस्तो आज्ञा गर्नुभएको छ:
5
परमप्रभुकहाँ भेटी चढाओ। ज-जसले भेटीहरू चढाउन चाहन्छन्, तिनीहरूले यस्ता कुराका भेटीहरू चढाऊन्: सुन, चाँदी वा काँसा,
6
मिहिन सुती कपडा, नीलो, बैजनी र रातो धागो, बाख्राको भुत्लाले बनेको कपडा,
7
रातो रङ्ग गरेका भेडाको छाला, नरम र राम्रो छाला, बबुल काठ,
8
बत्तीको निम्ति तेल, अभिषेक गर्ने तेल र मीठा बास्ना भएका धूपमा मिलाउने मसलाहरू,
9
मुख्य पूजाहारीका पवित्र एपोद र छाती-पातामा लाउने आनिक्स र अरू दामी रत्नहरू।
10
“तिमीहरूमध्ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ:
11
पवित्र पाल, त्यसका भित्री र बाहिरी पालहरू, अङ्कुसेहरू र फल्याकहरू तेर्सो बार र खम्बाहरू, आसनहरू,
12
करारको सन्दुक, त्यसका डन्डाहरू, प्रायश्चितको ढकना, छोप्ने पर्दा,
13
टेबिल, त्यसका डन्डा र सर-सामानहरू, परमेश्वरलाई भेटी चढाएका रोटी,
14
बत्तीको निम्ति सामदान र त्यसका सर-सामान, पानस र तेल,
15
धूप वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, मीठो बास्ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा,
16
बलि चढाउने वेदी, त्यसमा लगाएको काँसाको जाली, त्यसका डन्डा र सर-सामान, पानी राख्ने बाटा र त्यसका आसन,
17
पवित्र पाल घेर्ने घेराका पर्दाहरू, त्यसका आसन र खम्बाहरू, घेराको ढोकाको पर्दा,
18
पवित्र पाल र घेराको किला र डोरीहरू
19
र पवित्रस्थानमा सेवा गर्दा पूजाहारीहरूले लाउने सुन्दर वस्त्रहरू, पूजाहारी हारून र त्यसका छोराहरूले लाउने पवित्र पोशाकहरू।”
20
इस्राएलका सबै मानिसहरू मोशाबाट बिदा भए।
21
ज-जसले इच्छा गरे, तिनीहरूले परमप्रभुको पवित्र पाल बनाउन उहाँकहाँ भेटी ल्याए। आराधना गर्नका लागि र पूजाहारीका वस्त्र बनाउन चाहिने सबै चीजबीजहरू तिनीहरूले ल्याए।
22
इच्छा गर्ने प्रत्येक पुरुष र स्त्रीले सिङ्गार्नलाई पिन, कुण्डल, औँठी, मालाहरू र हरप्रकारका सुनका गरगहना ल्याए र परमप्रभुलाई अर्पण गरे।
23
जोसँग मिहिन सुती कपडा, नीलो, बैजनी वा रातो रङका ऊन, बाख्राका भुत्लाका कपडा, रातो रङ गरेका भेडाका छाला वा असल छालाहरू थिए, ती सबै तिनीहरूले भेटीस्वरूप ल्याए।
24
ज-जसले चाँदी वा काँसा दिन सक्थे, तिनीहरूले आ-आफ्ना भेटी परमप्रभुकहाँ ल्याए। अनि कुनै पनि काममा लगाउन सकिने बबुल काठ जोसँग थियो, ती काठ तिनीहरूले ल्याए।
25
सीप भएका स्त्रीहरूले आफूले बनाएका मिहिन सुती धागो अनि नीलो, बैजनी र रातो रङका ऊनी धागो लिई आए।
26
तिनीहरूले बाख्राका रौंका धागा पनि बनाए।
27
नाइकेहरूले पवित्र एपोद र छाती-पातामा जड्ने आनिक्स र अन्य दामी रत्नहरू अनि
28
बत्तीको लागि तेल र अभिषेक गर्ने तेल र मीठा बास्ना भएका धूपको निम्ति मसला र तेलहरू ल्याए।
29
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कामको निम्ति इच्छा राख्ने सबै इस्राएलीहरूले आ-आफ्ना भेटी परमप्रभुकहाँ ल्याए।
30
मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्नुभएको छ।
31
परमेश्वरले तिनलाई आफ्नो आत्माले भर्नुभएको छ। समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरका काम गर्ने योग्यता दिनुभएको छ।
32
उहाँले तिनलाई सुन, चाँदी र काँसाको शिल्पकलाको लागि,
33
हीरा आदि मणिहरू काट्ने र जड्ने, काठमा चित्र कप्ने साथै अरू हरप्रकारका कलाका काम गर्ने सीप दिनुभएको छ।
34
तिनलाई र दान कुलका अहीसामाकका छोरा ओहोलीआबलाई परमप्रभुले आफ्नो सीप अरूहरूलाई पनि सिकाउन सक्ने योग्यता दिनुभएको छ।
35
धातु खोप्ने, फूल-बुट्टा भर्ने, चित्र बनाउने अनि मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङको ऊनी र अरू कपडा बुन्ने कारिगरहरूले जानेका सबै थरीका काम गर्ने सीप उहाँले तिनीहरूलाई दिनुभएको छ। तिनीहरू सबै प्रकारका काम गर्न सक्छन् र सिपालु चित्रकार पनि हुन्।
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→