bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 1
Luke 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
1
धेरैले हाम्रो बीचमा घटेर पूरा भएका कुराहरूको बयान लेख्ने काम गरेका छन्।
2
ती घटनाहरूचाहिँ सुरुदेखि नै आफ्नै आँखाले देख्ने र यसैको बारेमा सुसमाचार प्रचार गर्नेहरूले बताएका छन्।
3
अनि हे माननीय थियोफिलसज्यू, मैले पनि यसबारे सुरुदेखि नै राम्ररी खोजी गरें र तपाईंलाई यो विषयमा मेलैसँग लेख्न ठीक होला भनी लेख्दै छु।
4
अब यो पुस्तक पढेर तपाईंलाई सिकाएका कुराहरू कति साँचा रहेछन् भन्ने तपाईंलाई थाहा हुनेछ।
5
यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्।
6
ती दुवैले परमेश्वरको सामु असल जीवन बिताउँथे। उनीहरूले प्रभु परमेश्वरका सबै आज्ञा र नियमहरू नबिराई मान्थे।
7
एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए।
8
एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए।
9
पूजाहारीको चलनअनुसार चिट्ठा हाल्दा वेदीमा धूप बाल्ने पालो जकरियाकै नाउँमा पर्यो। त्यसैले उनी प्रभु परमेश्वरको मन्दिरभित्र धूप बाल्न गए।
10
धूप बाल्ने समयमा बाहिरपट्टि भेला भएका मानिसहरू प्रार्थना गरिरहेका थिए।
11
त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए।
12
स्वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए।
13
तर स्वर्गदूतले उनलाई भने, “ए जकरिया, नडराऊ, परमेश्वरले तिम्रो बिन्ती सुन्नुभएको छ। तिम्री पत्नी एलीशिबाले एउटा छोरो जन्माउनेछिन्। तिमीले तिनको नाउँ यूहन्ना राख्नू।
14
त्यस बेला तिमीलाई हर्ष र आनन्द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्ममा रमाउनेछन्
15
किनभने तिनी प्रभु परमेश्वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्माले भरिनेछन्।
16
तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्ना प्रभु परमेश्वरतिर फर्काउनेछन्।
17
तिनले आत्मा र शक्तिमा एलियाजस्तै भई प्रभुको अघि आएर उहाँको बाटो तयार पार्नेछन्। तिनले बुबा र छोरा-छोरीहरूको बीचमा मेलमिलाप ल्याउनेछन् र अट्टेरीहरूलाई परमेश्वरको आज्ञापालन गर्ने मानिसको ज्ञानतिर डोर्याउनेछन्। यसरी तिनले प्रभुका जनलाई उहाँकै निम्ति तयार पार्नेछन्।”
18
जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पक्का हुन्छ भनेर मैले कसरी पत्याउने? म त बुढो भइसकेको छु र मेरी जहान पनि बुढी भइसकेकी छिन्।”
19
स्वर्गदूतले जवाफ दिए, “म परमेश्वरसँग रहने गब्रिएल हुँ। उहाँले नै मलाई तिमीसँग कुरा गर्न र यो सुसमाचार सुनाउन पठाउनुभएको हो।
20
मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्वास नगरेकोले यो कुरा पूरा नहुञ्जेल तिमी बोल्न सक्नेछैनौ।”
21
बाहिर मानिसहरू पर्खिरहेका थिए र जकरियाले ढीलो गरेकोमा अचम्म मानिरहेका थिए।
22
जकरिया बाहिर आउँदा त उनी मानिसहरूसँग बोल्नै सकेनन्। त्यसो हुँदा तिनीहरूले मन्दिरभित्र उनले दर्शन पाए भन्ने कुरा थाहा पाए। उनले बोल्नै नसकेर बाहिर पर्खेर बसेका मानिसहरूलाई हातले इशारा गरे।
23
जकरियाको पूजा गर्ने पालो सकिएपछि उनी घर गए।
24
केही दिनपछि नै उनकी जहानको कोखमा गर्भ रह्यो। त्यसपछि उनकी जहान पाँच महिनासम्म कतै निस्किनन्।
25
तिनले भनिन्, “यो काम प्रभु परमेश्वरले नै मेरो लागि गर्नुभएको हो। उहाँले ममाथि दया गरेर मलाई मानिसको निन्दाबाट जोगाउनुभयो!”
26
एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो।
27
दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो।
28
स्वर्गदूतले त्यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्वरको शान्ति होस्! प्रभु परमेश्वरले तिमीलाई ज्यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्छ।”
29
स्वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्न नसकेर अलमल्ल परिरहिन्
30
अनि स्वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्वरले तिमीलाई ठूलो दया गर्नुभएको छ।
31
अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू।
32
उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्वरका पुत्र भन्नेछन्। प्रभु परमेश्वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्तै राजा बनाउनुहुनेछ।
33
उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”
34
यो सुनेर मरियमले स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, तब यो कुरा कसरी हुन सक्छ?”
35
स्वर्गदूतले भने, “परमेश्वरको पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। महान् परमेश्वरको शक्तिको छायाँ तिमीमाथिपर्नेछ। त्यसैकारण जन्मिनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्वरको पुत्र कहलाइनुहुनेछ।
36
फेरि सुन, अब तिम्रो नातेदार एलीशिबा पनि छोरा पाउने भएकी छन्। तिनी बुढी भइसकेकी भए पनि अहिले तिनको कोखमा छ महिनाको बालक छ। तिनका त छोरा-छोरी नै हुँदैन भनिएको थियो।
37
तर हेर, परमेश्वरले गर्न नसक्ने कुरा केही छैन।”
38
तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्वरकी दासी हुँ, तपाईंले भन्नुभएको कुरा मलाई पुगोस्।” त्यसपछि स्वर्गदूत त्यहाँबाट बिदा भए।
39
केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्।
40
त्यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्।
41
मरियमले अभिवादन भनेको सुन्नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्यसै बेला एलीशिबा पवित्र आत्माले भरिइन्।
42
अनि तिनले सोर उचालेर भनिन्, “स्त्रीजातिमा तिमी कति धन्य रहिछौ। धन्य हुन्, तिमीबाट जन्मिनुहुने बालक!
43
म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ?
44
तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो।
45
प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!”
46
अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्वरको प्रशंसा गर्छु
47
र मेरो आत्मा मलाई मुक्ति दिनुहुने परमेश्वरसँग रमाउँछ
48
किनभने उहाँले मजस्तो तुच्छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्य भन्नेछन्।
49
शक्तिशाली परमेश्वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्वरको नाउँ पवित्र छ
50
र उहाँको डर राख्नेहरूमाथि उहाँले पुस्तौं-पुस्तासम्म दया गर्नुहुन्छ।
51
उहाँले आफ्नो शक्तिशाली हातले घमण्डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ।
52
उहाँले घमण्डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्च पार्नुभएको छ।
53
उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ।
54
परमेश्वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्ना दास इस्राएललाई सहायता गर्नुभएको छ,
55
उहाँले अब्राहाम र उनका सन्तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।”
56
त्यति बेला मरियम तीन महिना जति एलीशिबासँग बसिन् र त्यसपछि घर फर्किन्।
57
एलीशिबाको सुत्केरी हुने समय आयो र तिनले छोरा पाइन्।
58
प्रभु परमेश्वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्त र छरछिमेकीहरू पनि रमाए।
59
बालक आठ दिन पुगेपछि उनको शरीरको खतना गर्न तिनीहरू जम्मा भए। तिनीहरूले बुबाको जस्तै छोराको नाउँ पनि जकरिया राख्न लागेका थिए।
60
तर उनकी आमाले भनिन्, “होइन, यसको नाउँ त यूहन्ना राख्नुपर्छ।”
61
तिनीहरूले एलीशिबालाई भने, “तिम्रा आफन्तहरूमा त यस्तो नाउँ भएको कोही पनि छैनन्!”
62
त्यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्ने हो भनी इशारा गरे।
63
जकरियाले लेख्ने पाटी मागे र “यसको नाउँ यूहन्ना नै हुनुपर्छ,” भनेर लेखिदिए। यो देखेर तिनीहरू सबै छक्क परे।
64
त्यति नै खेर जकरियाको जिब्रो खुल्यो र उनी बोल्न सक्ने भए अनि उनले परमेश्वरको प्रशंसा गर्न लागे।
65
यी सबै कुरा देखेर छरछिमेकीहरूले छक्क पर्दै परमेश्वरको डर माने। त्यसपछि यी कुराहरूको चर्चा यहूदियाका पहाडी भागतिर फैलियो।
66
यस्तो चर्चा सुन्ने जति सबैले मनमनै भने, “यो बालक पछि कस्तो हुने होला?” किनभने प्रभु परमेश्वरको शक्ति उनीमाथि परेको थियो।
67
जकरिया पवित्र आत्माले भरिए र आत्माले भन्न लगाएझैँ भने,
68
“इस्राएलीहरूका प्रभु परमेश्वरको प्रशंसा होस्। उहाँले आफ्ना जनहरूलाई सहायता गरेर छुट्कारा दिनुभयो।
69
उहाँले आफ्नो दास दाऊदको एउटा सन्तान खडा गरेर मुक्ति दिनुहुने हाम्रा शक्तिशाली राजा बनाउनुभयो।
70
[70-71] उहाँले हामीलाई हाम्रो शत्रुको हातबाट र हामीलाई घृणा गर्नेहरूको शक्तिबाट बचाउनुहुनेछ भन्ने कुरा आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अघि नै उहाँले प्रतिज्ञा गरिसक्नुभएको थियो।
72
अब उहाँले हाम्रा पिता-पुर्खाहरूसँग बाँध्नुभएको पवित्र वाचालाई सम्झेर हामीलाई दया गर्नुभएको छ।
73
उहाँले हाम्रा पुर्खा अब्राहामसँग म साँच्चै प्रतिज्ञा पूरा गर्नेछु भनी वाचा गर्नुभयो।
74
र हामीलाई शत्रुको हातबाट छुट्कारा दिनुहुनेछ
75
अनि हामी नडराई उहाँको सामु ठीक र पवित्रतासँग जीवनभरि उहाँको सेवा गर्न सक्छौं।
76
अब हे मेरो छोरा, तिमी त महान् परमेश्वरको वक्ता कहलाइनेछौ। तिमी प्रभुको बाटो तयार पार्नलाई उहाँको अघि-अघि जानेछौ।
77
‘पापबाट क्षमा पाएर मुक्ति पाउनेछौ’ भन्ने कुरा तिमीले प्रभुका जनहरूलाई सिकाउनेछौ।
78
किनभने हाम्रा परमेश्वर दयालु र मायालु हुनुहुन्छ। त्यसैले उहाँले मुक्तिको उज्यालो स्वर्गबाट हामीकहाँ पठाउनुहुनेछ
79
अनि अँध्यारोमा बस्ने र कालको मुखमा पर्न लागेकाहरूलाई उज्यालो दिनुहुनेछ। अनि त्यस उज्यालोले नै हामीलाई शान्तिको बाटोमा डोर्याउनेछ।”
80
बालक शरीर र आत्मामा बढ्दै गए। तर इस्राएलीहरूका बीचमा प्रचार सुरु नगरुञ्जेल उनी उजाड-स्थानमा नै बसे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24