bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 11
Luke 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
1
एकपल्ट कुनै एक ठाउँमा प्रभु येशू प्रार्थना गरिरहनुभएको थियो। प्रार्थना गरिसक्नुभएपछि उहाँका एउटा चेलाले भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्।”
2
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर— हे परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्,
3
दिनहुँ चाहिने खानेकुरा हामीलाई हरेक दिन दिनुहोस्।
4
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्न नसक्ने जाँचमा नपार्नुहोस्।”
5
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्यस साथीकहाँ गएर भन्छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न।
6
मेरो घरमा एक जना साथी धेरै टाढाबाट आएका छन्। तर मसित खानेकुरा केही छैन’।
7
त्यस साथीले भित्रबाटै भन्यो, ‘मलाई दु:ख नदेऊ। ढोका लगाइसकें, बालकहरूसँग सुतिसकेको छु। अहिले म उठेर तिमीलाई केही पनि दिन सक्दिनँ’।”
8
यति भनिसक्नुभएपछि येशूले तिनीहरूलाई सम्झाउनुभयो, “म तिमीहरूलाई भन्छु, उसले साथी सम्झेर नदिए पनि उसले एकोहोरो मागिरह्यो भने ऊ उठ्नेछ र मागे जति सबै उसलाई दिनेछ।
9
“त्यसैले म तिमीहरूलाई भन्छु, माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ
10
किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ।
11
के तिमीहरूमध्ये कोही यस्तो बुबा पनि होला, जसले छोराले माछा माग्दा सर्प दिन्छ,
12
वा फुल माग्दा बिच्छी दिन्छ?
13
तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीलाई असल कुरा दिन जान्दछौ भने झन् स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरी पवित्र आत्मा दिनुहुन्छ।”
14
एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर मानिसहरू छक्कै परे।
15
तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।”
16
कतिले चाहिँ उहाँको जाँच लिन खोज्दै भने, “यो काम परमेश्वरको शक्तिले गरेको हो भने हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्।”
17
तिनीहरूको विचार बुझेर येशूले भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्छ।
18
त्यसैगरी यदि शैतानले आफ्नो विरोध आफैं गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ।
19
त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्छन्।
20
मैले परमेश्वरको शक्तिले भूत निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ।
21
हतियार भिरेको बलियो मानिसले घरको हेरचाहा गर्यो भने सबै मालसामानको रक्षा हुन्छ।
22
तर ऊभन्दा बलियो मानिस आयो भने उसलाई जित्छ र उसले भर परेका सबै हतियारहरू खोस्छ अनि सामान पनि लुटेर लगी आफ्ना सहयोगीहरूसँग बाँड्चुँड् गर्छ।
23
मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले बटुलेको पनि छरपस्ट पारिदिन्छ।
24
“कुनै मानिसबाट भूत निकालेपछि त्यो भूत उजाड-स्थानमा चारैतिर गएर आरामसँग बस्ने ठाउँ खोज्दै हिँड्छ। यस्तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा नै जानुपर्यो’ भनेर त्यो फर्कन्छ।
25
त्यहाँ आइपुग्दा त्यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ।
26
यो देखेर त्यसले अरू सात वटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै भित्र पसेर बसोबास गर्छन्। त्यस मानिसको पहिलेको अवस्थाभन्दा पछिल्लो अवस्था झन् डरलाग्दो हुन्छ।”
27
येशूले कुरा गर्दागर्दै मानिसको हुलबाट एक जना स्त्रीले कराएर भनिन्, “तपाईंलाई जन्म दिने र दूध खुवाउने आमा कति धन्य हुन्!”
28
यो सुनेर येशूले भन्नुभयो, “बरु परमेश्वरको शिक्षा सुनेर पालन गर्नेहरू पो धन्य हुन्!”
29
मानिसको घुइँचो बढ्दैगयो। त्यसै बेला येशूले भन्नुभयो, “हिजो-आज मानिसहरू कति दुष्ट छन्! तिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर परमेश्वरले अगमवक्ता योनाको जीवनमा देखाउनुभएको जस्तो चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्।
30
योना निनवे सहरका मानिसहरूका लागि चिन्ह भएजस्तै हिजो-आजका मानिसहरूका लागि म मानव पुत्र नै चिन्ह हुँ।
31
न्यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाका ज्ञानका कुरा सुन्न उनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो एक जना यहाँ छ।
32
न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर अहिलेका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापलाई मानेर छोडे। तर हेर, योनाभन्दा पनि ठूलो एक जना यहाँ छ।
33
“बत्ती बालेर कसैले पाथीले छोप्दैन अनि लुकाएर पनि राख्दैन। बरु भित्र आउने मानिसलाई उज्यालो होस् भनेर अग्लो ठाउँमा राखिदिन्छ।
34
तिम्रो शरीरको बत्तीचाहिँ तिम्रा आँखा हुन्। आँखा सफा छन् भने पूरै शरीरले त्यसको ज्योतिबाट फाइदा उठाउँछ। तर यदि आँखा धमिला छन् भने त्यसको अँध्यारोले गर्दा पूरै शरीरले दु:ख पाउँछ।
35
त्यसैले होशियार होऊ, तिम्रो हृदयका आँखा धमिला नहोऊन्, नत्र त अँध्यारोले तिमीभित्र भएको उज्यालोलाई छोप्ला।
36
तिम्रो शरीरको कुनै पनि अङ्ग अध्याँरोमा नरहेर पूरा उज्यालो छ भने त्यो पूरै चम्कन्छ, जसरी बत्तीको उज्यालो तिमीमाथि चम्कन्छ।
37
येशूले यो कुरा भनिसकेपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा खान बोलाए। येशू तिनको घरमा गएर खान बस्नुभयो।
38
येशूले आफूलाई नचोख्याई खानुभएको देखेर उहाँलाई निम्त्याउने फरिसी छक्कै परे
39
अनि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू थाल र कचौरा माझेजस्तै आफूलाई बाहिरपट्टि त चोख्याउँछौ, तर भित्र भने तिमीहरू लोभ र दुष्टताले भरिएका छौ।
40
ए मूर्ख हो, के तिमीहरू बुझ्दैनौ? के बाहिरको रूप बनाउनुहुने परमेश्वरले भित्री मन पनि बनाउनुभएको होइन र?
41
थाल कचौरामा भएका कुराहरू गरीबलाई दान गर र तिमीहरूको निम्ति सबै कुरा चोखो हुनेछन्।
42
“तिमी फरिसीहरूलाई धिक्कार! पुदिना, आरूद र अरू जडीबुटीको उब्जनीबाट दशांश परमेश्वरलाई चढाउँछौ, तर न्याय र परमेश्वरलाई प्रेम गर्ने कुरालाई चाहिँ वास्तै गर्दैनौ। ती अरू कुराको साथसाथै तिमीहरूले न्याय र प्रेम पनि गर्ने गर।
43
“तिमी फरिसीहरूलाई धिक्कार! सभाघरमा मुख्य ठाउँमा बस्न र बजारतिर अरूले अभिवादन गरेको चाहन्छौ।
44
तिमीहरूलाई धिक्कार! तिमीहरू त चिन्न नसकिने चिहानजस्ता छौ। त्यस्ता नदेखिने चिहानमाथिबाट त मानिस चालै नपाई हिँड्छन्।”
45
एक जना धर्म-गुरुले येशूलाई भने, “गुरुज्यू, यसो भनेर तपाईंले त हाम्रै पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
46
येशूले जवाफ दिनुभयो, “तिमी धर्म-गुरुहरूलाई पनि धिक्कार! तिमीहरू मानिसलाई धर्म-कर्मको गह्रौँ भारी बोकाउँछौ। तर आफूहरू भने भारी उठाउन त परै जाओस्, औँलालेसम्म पनि छुँदैनौ।
47
“तिमीहरूलाई धिक्कार! तिमीहरूले आफ्नै पिता-पुर्खाले मारेका अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ।
48
यसरी तिमीहरूले तिमीहरूका आफ्ना पिता-पुर्खाले यस्तो काम गरेका छन् भनेर स्वीकार गर्छौ। तिनीहरूले अगमवक्ताहरूलाई मारे अनि तिमीहरूले चाहिँ तिनीहरूका चिहान बनाउँछौ।
49
त्यसैले सबै कुरा जान्नुहुने परमेश्वरले अघिबाट नै भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ता र दूतहरू पठाउनेछु। तर तिनीहरूले कतिलाई खेदो गर्नेछन् र कतिलाई मार्नेछन्।’
50
यसकारण संसारको सुरुदेखि अहिलेसम्म मारिएका अगमवक्ताहरूका रगतको दोषको लेखा यही पुस्ताका मानिसहरूले नै दिनुपर्नेछ।
51
हो, म भन्छु, हाबिल मारिएको बेलादेखि मन्दिर र वेदीको बीचमा मारिएका जकरियासम्मका अगमवक्ताहरूको रगतको दोष जति सबै यही पुस्ताका मानिसहरूको थाप्लोमा नै पर्नेछ।
52
“तिमी धर्म-गुरुहरूलाई धिक्कार! तिमीहरूसँग ज्ञान र बुद्धिको ढोका उघार्ने साँचो छ। तर तिमीहरू आफैं पनि भित्र पसेका छैनौ अनि अरूहरूलाई पनि पस्न दिएका छैनौ।”
53
येशू त्यहाँदेखि जानुभएपछि धर्म-गुरु र फरिसीहरूले उहाँलाई असाध्य विरोध गर्न थाले र उहाँसँग धेरै कुराहरू सोध्न लागे।
54
उहाँले जवाफ दिनुहुँदा कतै कुनै भुल भेटिन्छ कि भनेर तिनीहरूले दाउ हेर्न थाले।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
Luke Commentaries
→
Devotional
Luke Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→