bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 13
Luke 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
1
केही मानिसहरूले येशूलाई भने, “बलि चढाइरहेको बेला पिलातसले कति जना गालीलीहरूलाई मारे र उनीहरूको रगत बलिको रगतसँगै मिसियो!”
2
येशूले तिनीहरूलाई भन्नुभयो, “यसरी मारिने ती गालीलीहरू के अरूभन्दा पापी थिए भन्ने तिमीहरू सम्झन्छौ?
3
त्यसो होइन, म तिमीहरूलाई भन्छु, आ-आफ्ना पापलाई मानिलिएर छोडेनौ भने तिमीहरू पनि त्यसरी नै नष्ट हुनेछौ।
4
फेरि सिलोआमको धरहरा पल्टेर मारिने ती अठार जना मानिसहरू यरूशलेमका अरू मानिसहरूभन्दा पापी थिए भनी सम्झन्छौ?
5
त्यसो होइन, तर म तिमीहरूलाई भन्छु, तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ भने तिमीहरू पनि नष्ट हुनेछौ।”
6
त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसको अङ्गुर बारीमा नेभाराको रूख थियो। ऊ समय-समयमा नेभारा फल्यो कि भनेर हेर्न आउँदा फल पाएन।
7
आखिरमा उसले बारीमा काम गर्ने नोकरलाई भन्यो, ‘हेर, तीन वर्षदेखि यसमा फल फल्छ कि भनेर मैले बाटो हेरें, तर फल्दै फलेन। अब व्यर्थैमा यसलाई किन ठाउँ ओगट्न दिने? यसलाई काटिदेओ।’
8
तर नोकरले भन्यो, ‘हजुर, अझै एक वर्ष बाटो हेरौं। म यसको वरिपरि खनेर मल हालिदिनेछु।
9
कतै फलि पो हाल्छ कि? फलेछ भने ठीक छ, फलेन भने काटिदिउँला’।”
10
एकपल्ट पवित्र विश्रामको दिन येशू सभाघरमा शिक्षा दिँदै हुनुहुन्थ्यो।
11
त्यहाँ एक जना अठार वर्षदेखि भूत लागेर रोगाएकी स्वास्नी मानिस थिइन्। तिनी कुप्रिएर सोझो हुन नसक्ने भएकी थिइन्।
12
येशूले ती स्वास्नी मानिसलाई देखेर अगाडि डाकेर भन्नुभयो, “हे स्त्री, अब तिमीले रोगबाट छुट्कारा पायौ।”
13
उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो अनि तिनी तुरुन्तै सोझो भएर परमेश्वरको प्रशंसा गर्न लागिन्।
14
ती स्त्रीलाई विश्रामको दिनमा निको पारेको देखेर सभाघरको शासक रिसाए। तिनले मानिसहरूलाई भने, “काम गर्न साताका छ दिन छँदैछ! विश्रामको दिनमा निको हुन किन आउँछौ? के यो दिनबाहेक अरू दिन छैन र?”
15
प्रभुले तिनलाई यसरी जवाफ दिनुभयो, “ए कपटीहरू हो, के विश्रामको दिनमा तिमीहरूले गाई, गोरु या गधालाई फुकाएर पानी खुवाउन लाँदैनौ र?
16
यो अब्राहामकी छोरीलाई शैतानले अठार वर्षदेखि पासोमा पारेको थियो, के पवित्र विश्रामको दिन हो भनेर तिनलाई छुट्कारा दिनुहुँदैन र?”
17
उहाँको यस्तो जवाफ सुनेर विरोधीहरू लाजमा परे। मानिसहरू भने उहाँले गर्नुभएको अचम्मको काम देखेर खुसी भए।
18
येशूले अझै भन्दैजानुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? परमेश्वरको राज्य कस्तो हुन्छ भने
19
कुनै मानिसले बारीमा रायो छर्यो भने त्यो उम्रेर बढ्छ र ठूलो भएर त्यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।”
20
येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्यलाई फेरि म केसँग तुलना गरूँ?
21
यो त खमिर हालेको रोटीजस्तो हो। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन डालो पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!”
22
येशू यरूशलेम जाँदाजाँदै सहर-शहर र गाउँ-गाउँमा पसेर मानिसहरूलाई शिक्षा दिनुभयो।
23
त्यति बेला एक जना मानिसले उहाँलाई सोध्यो, “हजुर, के थोरै मानिसले मात्र मुक्ति पाउनेछन्?”
24
येशूले जवाफ दिँदै भन्नुभयो, “साँगुरो ढोकाबाट भित्र पस्न बल गर। म तिमीहरूलाई भन्छु, धेरै जना साँगुरो ढोकाबाट भित्र पस्न खोजे तापनि पस्न सक्नेछैनन्।
25
त्यतिखेर घरको मालिकले उठेर ढोका बन्द गर्नेछ अनि तिमीहरूले चाहिँ बाहिरबाट ढोका ढकढक्याउँदै भन्नेछौ, ‘ढोका खोलिदिनुहोस्।’ उनले भन्नेछन्, ‘तिमीहरू को हौ र कहाँबाट आएको हौ? म चिन्दिनँ!’
26
तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्थ्यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्थ्यो।’
27
तर उनले फेरि भन्नेछन्, ‘तिमीहरू को हौ? म चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’
28
अनि अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्दा र आफैंचाहिँ बाहिर फ्याँकिंदा तिमीहरूले दाह्रा किट्दै रुवाबासी गरिरहनेछौ।
29
मानिसहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्वरको राज्यमा उहाँसँग खान बस्नेछन्।
30
तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।”
31
त्यति नै खेर केही फरिसीहरूले येशूकहाँ आएर भने, “तपाईं यहाँबाट निस्केर अन्त कतै गइहाल्नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न खोज्दै छन्।”
32
येशूले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्नेछु।’
33
तर आज, भोलि र पर्सि म मेरो बाटोमा अघि बढ्नैपर्छ किनभने यरूशलेमबाहेक अरू ठाउँमा अगमवक्ता मारिंदैनन्!
34
“यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्वरका दूतहरूलाई ढुङ्गाले हान्छस्। कुखुरीले चल्लालाई छोपेजस्तै मैले कतिपल्ट तेरा छोरा-छोरीहरूलाई बटुल्न खोजें, तर तैँले चाहिँ मानिनस्।
35
हेर्, परमेश्वरले तेरो मन्दिर त्याग्नुहुनेछ अनि अब म भन्छु, जबसम्म तैँले ‘प्रभु परमेश्वरको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ’ भन्दैनस् तबसम्म तैँले मलाई देख्नेछैनस्।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24