bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 23
Luke 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 24 →
1
त्यसपछि महासभाका सबै सदस्यहरूले येशूलाई रोमी बडा-हाकिम पिलातसकहाँ लगे।
2
तिनीहरूले उहाँलाई दोष लगाउँदै भने, “यसले आफैंलाई ‘म मुक्ति दिने राजा ख्रीष्ट हुँ भनेको र रोमी सरकारलाई कर तिर्नुपर्दैन’ भनेर हाम्रो देशका मानिसहरूलाई भड्काइरहेको हामीले भेट्यौं।”
3
तिनीहरूको कुरा सुनेर पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।”
4
पिलातसले मुख्य पूजाहारीहरू र त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।”
5
तर तिनीहरूले कराएर भने, “यसले गालीलबाट सुरु गरेर पूरै यहूदिया र यहाँ पनि आफ्नो शिक्षा दिएर मानिसहरूलाई भड्काउँदै छ।”
6
यो सुनेर पिलातसले सोधे, “के यी मानिस गालीली हुन्?”
7
येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्यस बेला हेरोद यरूशलेमै थिए।
8
येशूलाई देख्न पाउँदा हेरोद खुसी भए किनभने उनले येशूको बारेमा सुनेका थिए र धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा थियो। उनी येशूले केही अचम्मको काम गर्नुभएको हेर्न पाउँछु भन्ने आशा लिएर बसेका थिए।
9
उनले येशूलाई धेरै कुरा सोधे, तर येशूले कुनै पनि उत्तर दिनुभएन।
10
मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूको विरोधमा अनेक दोष लगाए।
11
त्यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए।
12
पहिले हेरोद र पिलातसको बीचमा शत्रुता थियो, तर त्यस दिनदेखि तिनीहरूको मेलमिलाप भयो।
13
त्यसपछि पिलातसले मुख्य पूजाहारी, अगुवा र जनताहरूलाई बोलाएर भने,
14
“मानिसहरूलाई भड्काए भनेर तपाईंहरूले यिनलाई मकहाँ ल्याउनुभयो। अहिले यिनलाई तपाईंहरूकै सामुन्ने केरकार गरें, तर तपाईंहरूले लगाउनुभएको कुनै पनि दोष मैले यिनमा पाइनँ।
15
हेरोदले पनि केही दोष नभेटेर यिनलाई हामीकहाँ नै फर्काइदिए। हेर्नुहोस्, यिनले मृत्युदण्ड पाउने कुनै अपराध गरेका छैनन्।
16
अब म यिनलाई कोर्रा लाएर छोडिदिन्छु।”
17
[अब त्यहाँको चलनअनुसार निस्तार चाडमा पिलातसले एउटा कैदीलाई छोडिदिनुपर्थ्यो।]
18
तर सबै मानिसहरूले चिच्च्याएर भने, “यसलाई चाहिँ मार्नैपर्छ, बरु बारब्बालाई छोडिदिनुहोस्।”
19
बारब्बाचाहिँ सहरमा उत्पात मच्चाएको र अरूको हत्या गरेको हुनाले झ्यालखानमा थुनिएको थियो।
20
येशूलाई छोडिदिने विचारले पिलातसले मानिसहरूलाई फेरि सम्झाए।
21
तर तिनीहरू सबैले एकै चोटि चिच्च्याएर भने, “त्यसलाई झुण्ड्याउनुहोस्, क्रूसमा झुण्ड्याउनुहोस्!”
22
फेरि तेस्रोपल्ट पिलातसले तिनीहरूलाई भने, “किन? यिनले के अपराध गरेका छन् र? मैले त यिनमा मृत्युदण्ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। भइगयो, म यिनलाई कोर्रा लगाएर छोडिदिन्छु।”
23
तर तिनीहरूले झन् ठूलो सोर निकाल्दै भने, “त्यसलाई झुण्ड्याउनै पर्छ!” यसरी मानिसहरूले कराएरै जिते।
24
पिलातसले येशूलाई तिनीहरूले भनेजस्तै गर्ने हुकुम दिए।
25
उनले उत्पात मच्चाउने ज्यानमारा कैदी बारब्बालाई चाहिँ छोडिदिए र येशूलाई चाहिँ तिनीहरूकै इच्छामा सुम्पिदिए।
26
येशूलाई लिएर गइरहँदा तिनीहरूले कुरेनी देशको सिमोनलाई भेटे। उनी गाउँबाट सहरतिर आइरहेका थिए। तिनीहरूले उनलाई पक्रे र येशूको क्रूस बोक्न लगाए।
27
मानिसहरूको ठूलो भीड येशूको पछि-पछि लागेको थियो। स्वास्नी मानिसहरू पनि येशूको लागि रुँदै र विलाप गर्दै पछि लागिरहेका थिए।
28
तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति होइन, बरु आफ्नै र आफ्ना बालबच्चाहरूको निम्ति रोओ!
29
हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्वास्नी मानिसहरू धन्यका हुन्’ भन्नेछन्।
30
त्यस बेला मानिसहरूले पहाडहरूलाई पनि ‘हामीमाथि खस्’ र डाँडाहरूलाई ‘हामीलाई पुर्’ भन्छन्।
31
रूख हरियो हुँदा त यिनीहरूले यसो गर्छन् भने झन् रूख सुक्दा के गर्लान्?”
32
तिनीहरूले दुई जना अपराधीहरूलाई पनि येशूसँगै मार्न लैजाँदै थिए।
33
तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्ड्याए।
34
त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।
35
मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्वरले छानेको मुक्ति दिने राजा ख्रीष्ट नै हो भने आफैंलाई पनि बचाओस्।”
36
सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्ला गर्दै भने,
37
“यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।”
38
क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्ड्याइएको थियो।
39
येशूसँगै झुण्ड्याइएका दुई अपराधीहरूमध्ये एउटाले येशूलाई खिसी गर्दै भन्यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्ट होइनस्? त्यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!”
40
तर अर्को अपराधीले त्यसलाई हप्काउँदै भन्यो, “तिमीलाई परमेश्वरको डर लाग्दैन? तिमीले पनि त उहाँकै जस्तो दण्ड भोगिरहेका छौ।
41
हामीले त नराम्रो काम गरेकोले उचित दण्ड पायौं, तर हेर, उहाँले त कुनै नराम्रो काम गर्नुभएको थिएन।”
42
त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्झिनुहोस्!”
43
येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।”
44
मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो।
45
घामले पनि उज्यालो दिएन। तीन बजेतिर मन्दिरभित्र टाँगिएको पर्दा दुई भाग भएर च्यातियो।
46
अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंकै हातमा सुम्पँदै छु।” यति भनेर उहाँले प्राण त्याग्नुभयो।
47
यस्तो भएको देखेर रोमी सिपाहीहरूका कप्तानले परमेश्वरको प्रशंसा गर्दै भने, “साँच्चै यी मानिस धर्मी रहेछन्।”
48
यी सबै भएको हेर्न आउने मानिसहरू रुँदै र विलाप गर्दै घरतिर फर्के।
49
उहाँलाई चिन्नेहरू अनि गालील क्षेत्रबाट आएका उहाँको भक्ति गर्ने स्त्रीहरूले टाढैबाट उभिएर यी सबै घटना हेरिरहेका थिए।
50
[50-51] महासभाका सदस्यहरूमध्ये यहूदिया क्षेत्रको अरिमाथिया सहरबाट आएका एक जना योसेफ नाउँ गरेका मानिस थिए। तिनी असल र इमानदार मानिस थिए र तिनले परमेश्वरको राज्यलाई पर्खिरहेका थिए। महासभाका मानिसहरूले येशूलाई मार्ने विचार गर्दा तिनले विरोध गरेका थिए।
52
अब तिनले पिलातसकहाँ गएर येशूको लाश लैजाने अनुमति मागे।
53
अनुमति पाएपछि तिनले लाशलाई क्रूसबाट झारे अनि असल सुती कपडाले बेरी पहरामा कोपेर गुफाजस्तै बनाइराखेको चिहानमा राखे। त्यो चिहानमा पहिले कसैको लाश राखिएको थिएन।
54
त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो अनि विश्राम दिन सुरु हुन लागेको थियो।
55
गालील क्षेत्रबाट येशूलाई पछ्याएर आउने स्त्रीहरू पनि योसेफसँगै गए र चिहानमा लाश राखेको हेरे।
56
त्यसपछि तिनीहरूले घर फर्किएर लाशमा लगाउने सुगन्धित मलम र अत्तर ठीक पारे। तर भोलिपल्ट पवित्र विश्राम दिन भएको हुनाले तिनीहरूले यहूदी नियम मानेर विश्राम गरे।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24