bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 6
Luke 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
1
येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे।
2
यो देखेर फरिसीहरूले चेलाहरूलाई भने, “पवित्र विश्रामको दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तिमीहरू किन गर्दै छौ?”
3
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद राजा र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ?
4
उनले त परमेश्वरको मन्दिरभित्र पसेर परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।”
5
अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म मानव पुत्र त पवित्र विश्राम दिनको पनि मालिक हुँ।”
6
फेरि अर्को एक पवित्र विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिनुभयो। त्यहाँ दाहिने हात सुकेको मानिस पनि थियो।
7
धर्म-गुरुहरू र फरिसीहरूले येशूलाई दोष लाउने कुरा खोजिरहेका थिए। त्यसो हुँदा तिनीहरूले येशूले त्यस मानिसको हात पवित्र विश्रामको दिनमा निको पार्नुहुन्छ कि भनेर हेर्दै थिए।
8
तिनीहरूको मनको कुरा बुझेर येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “तिमी उठेर यहाँ आऊ त!” तुरुन्तै त्यो मानिस उठेर अघिल्तिर गयो
9
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अब भन्नुहोस्, हाम्रो व्यवस्थाले पवित्र विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नु भन्छ कि हानि गर्नु? बचाउनु भन्छ कि मार्नु?”
10
अनि उहाँले तिनीहरू सबैलाई सरसरती हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” उसले हात तन्कायो र उसको हात निको भइहाल्यो।
11
यो देखेर फरिसीहरू रिसले चुर भई येशूलाई के गर्नुपर्ने हो भनेर मतो गर्न थाले।
12
एक दिन येशू डाँडामा गएर रातभरि परमेश्वरसँग प्रार्थना गर्नुभयो।
13
बिहान भएपछि उहाँले चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो अनि तिनीहरूलाई प्रेरित भन्ने उपनाम दिनुभयो।
14
यसरी छानिएका बाह्र जना यिनै हुन्— सिमोन, जसलाई येशूले पत्रुस नाउँ पनि राखिदिनुभयो, सिमोनका भाइ अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ,
15
मत्ती, थोमा, अल्फयसका छोरा याकूब, देशभक्त भनिने सिमोन
16
र याकूबका छोरा यहूदा अनि यहूदा इस्करियोत, जसले पछिबाट धोखाबाजी गर्यो।
17
येशू चेलाहरूसँगै डाँडाबाट ओर्लनुहुँदा उहाँहरू एउटा चउरमा आइपुग्नुभयो। त्यहाँ धेरै चेला र अरू मानिसहरूको समेत ठूलो घुइँचो लागेको थियो। यहूदिया क्षेत्रका सबैतिरबाट, यरूशलेम सहरबाट अनि समुद्रको किनारमा परेका टुरोस र सीदोन सहरबाट अनगिन्ती मानिसहरू आएर त्यहाँ जम्मा भएका थिए।
18
तिनीहरू उहाँको शिक्षा सुन्न र रोगहरूबाट निको हुन आएका थिए। भूत लागेर दु:ख पाएका मानिसहरू पनि निको भए।
19
सबै मानिसहरूले उहाँलाई छुन खोजे किनभने उहाँबाट निक्लेको शक्तिले सबै जना निको भए।
20
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई हेरेर भन्नुभयो, “हे गरीब हो! तिमीहरू कति धन्य हौ किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21
हे भोकाउनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू अघाउनेछौ। हे रुनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू रमाउनेछौ।
22
“म मानव पुत्रमाथि विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई हेला गरे, समाजबाट निकाले, निन्दा गरे र तिमीहरूको बदनाम गरे भने तिमीहरू धन्य हौ।
23
त्यति बेला खुसीले नाच्दै रमाओ किनभने हेर, तिमीहरूका लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि तिमीहरूलाई सताउनेका पिता-पुर्खाहरूले ठीक त्यस्तै गरी सताएका थिए।”
24
“तर धिक्कार, अहिले धनी हुनेहरू हो! किनभने तिमीहरूले सुखको जीवन बिताइसक्यौ।
25
धिक्कार, अहिले अघाउनेहरू हो! किनभने तिमीहरू भोकै रहनेछौ। धिक्कार, अहिले हाँस-खेल गर्नेहरू हो, किनभने तिमीहरूले दु:ख पाउनेछौ र रोइ-कराइ गर्नेछौ।
26
धिक्कार, अहिले मानिसको प्रशंसा पाउनेहरू हो किनभने यस्तो प्रशंसा त ती मानिसहरूका पिता-पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई पनि दिएका थिए।
27
“तर मेरा शिक्षा सुन्ने तिमीहरूलाई म भन्छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर।
28
तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।
29
कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्नेलाई कमिज पनि लान देओ।
30
माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग।
31
अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर।
32
“माया गर्नेहरूलाई मात्र माया गर्छौ भने तिमीहरूलाई के स्याबासी छ? पापीहरूले पनि त आफूलाई माया गर्नेहरूलाई त्यसै गर्छन्।
33
फेरि आफूलाई भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्छौ भने तिमीहरूले के भलाइ गर्यौ र? पापीहरूले पनि त त्यसै गर्छन्!
34
यदि तिर्न सक्नेलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ र? पापीहरूले पनि त तिर्न सक्ने पापीलाई ऋण दिन्छन्!
35
त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ।
36
परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ।
37
“अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्ती खोज्ने नगर अनि परमेश्वरले पनि तिमीहरूको गल्ती खोज्नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।
38
अरूलाई देओ अनि परमेश्वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ।”
39
येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्नुभयो, “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? यदि डोर्यायो भने ती दुवै खाडलमापर्नेछन्?
40
कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन, तर सिकिसकेपछि भने ऊ गुरुजस्तै हुन्छ।
41
“अर्काको आँखाको सिन्का देख्नेले आफ्नो आँखाको मुढो किन देख्दैनौ?
42
आफ्नो आँखाको मुढो पनि नदेख्नेले आफ्नो दाजुभाइलाई कसरी भन्न सक्छौ, ‘खै-खै, तिम्रो आँखाको सिन्का निकालिदिऊँ।’ ए कपटीहरू हो! पहिले आफ्नो आँखाको मुढो निकाल अनि पो अर्काको आँखाको सिन्का निकाल्न छर्लङ्गै देख्न सक्नेछौ।
43
“असल रूखमा खराब फल फल्दैन नता खराब रूखमा असल फल फल्न सक्छ।
44
कुनै पनि रूख त्यसको फलबाट चिनिन्छ। काँडाका झ्याङबाट नेभारा टिपिंदैन नता अङ्गुर नै बटुलिन्छ।
45
असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले आफ्नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ किनभने जे मनमा छ, त्यही कुरा मानिसले बोल्दछ।
46
“मैले भनेका कुरा मान्दैनौ भने तिमीहरू किन मलाई प्रभु भन्छौ?
47
मकहाँ आएर मेरा कुरा सुन्ने र मैले भनेको मान्ने मानिसचाहिँ कस्तो हुन्छ, म तिमीहरूलाई भन्छु।
48
ऊ एउटा घर बनाउने मानिसजस्तै हुन्छ, जसले गहिरो गरी खनेर आफ्नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्यो घर पक्का गरी बनाइएको हुनाले बाढीले त्यसलाई भत्काउन सकेन।
49
तर मेरो कुरा सुनेर नमान्नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्तै हुन्छ। बाढी आउँदा त्यसको घर ढलेर भताभुङ्गै भयो।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24