bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 15
Luke 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
1
एकपल्ट धेरै कर उठाउनेहरू र अरू पापीहरू येशूको शिक्षा सुन्न आए।
2
तर फरिसी र धर्म-गुरुहरू यसरी गनगनाउन थाले, “यस मान्छेले त पापीहरूलाई स्वागत गर्छ र तिनीहरू सँगसँगै बसेर खान्छ।”
3
येशूले तिनीहरूलाई एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो,
4
“तिमीहरूमध्ये कसैको सय वटा भेडा होला। अब यी सय वटामा एउटाचाहिँ हरायो भने भेडाको धनीले के गर्ला? उसले उनान्सय वटालाई चरनमै छोडेर हराएको भेडालाई नभेटुञ्जेलसम्म खोजिरहँदैन र?
5
भेटेपछि ऊ एकदम खुसी हुँदै त्यसलाई आफ्नो काँधमा बोकेर घर ल्याउँछ
6
अनि आफ्ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्छ, ‘मेरो हराएको भेडा मैले पाएँ! आओ, हामी खुसी मनाऔं।’
7
म तिमीहरूलाई भन्छु, पश्चात्ताप गर्नुनपर्ने उनान्सय धर्मात्माको लागि भन्दा आफ्नो पापलाई मानिलिएर पछितो गर्ने एक जना पापीको लागि स्वर्गमा बढ्ता खुसी मनाइन्छ।”
8
फेरि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “एक जना स्त्रीसँग दश वटा चाँदीका मोहर थियो। उसले एउटा हराई। अब उसले के गर्छे होली? बत्ती बालेर, कूचो लगाएर त्यो हराएको मोहर नपाएसम्म धुइँधुइँती खोज्छे।
9
मोहर भेटेपछि उसले आफ्ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्छे, ‘मेरो हराएको मोहर मैले पाएँ! अब आओ, हामी खुसी मनाऔं।’
10
म तिमीहरूलाई भन्छु, यस्तै गरी आफ्नो पापलाई मानेर पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा स्वर्गदूतहरूले खुसी मनाउँछन्।”
11
येशूले फेरि भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए।
12
कान्छा छोराले बुबालाई भन्यो, ‘बुबा, मैले पाउनुपर्ने धन-सम्पत्तिको अंश मलाई दिनुहोस्।’ बुबाले पनि आफ्नो सम्पत्ति दुवै भाइलाई बाँडिदिए।
13
“केही दिनपछि कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति लिएर अर्कै देशमा गयो। त्यहाँ उसले मोज-मज्जामा सबै धन उडायो।
14
सबै धन-सम्पत्ति सकेकै बेलामा त्यस देशमा ठूलो अनिकाल पर्यो र उसले धेरै दु:ख पायो
15
अनि ऊ त्यस देशको एक जना मानिसकहाँ काम गर्न भनेर गयो। त्यस मानिसले उसलाई सुँगुर चराउने काममा लगाए।
16
उसले सुँगुरको चारो खाएर भए पनि पेट भर्न चाहन्थ्यो। तर कसैले पनि उसलाई खानेकुरा दिएन।
17
“त्यतिखेर पो बल्ल उसको चेत खुल्यो र उसले भन्यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु।
18
अब म बुबाकहाँ गएर भन्छु— बुबा, मैले परमेश्वर र तपाईंको विरोधमा पाप गरें।
19
अब त मलाई तपाईंको छोरा भन्न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्तै सम्झेर राख्नुहोस्।’
20
त्यसपछि ऊ उठेर बुबाकहाँ फर्क्यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्वाइँ खाए।
21
अनि छोराले भन्यो, ‘बुबा, मैले परमेश्वर र तपाईंको विरोधमा पाप गरेको छु। अब मलाई तपाईंको छोरा भन्न पनि सुहाउँदैन।’
22
तर बुबाचाहिँले नोकरहरूलाई बोलाएर भने, ‘झट्टै सबभन्दा राम्रो लुगा, औँठी र जुत्ता ल्याएर यसलाई लगाइदेओ।
23
अनि भोजको लागि सबै कुरो ठीकठाक पार। मोटो बहर काट र खाएर खुसी मनाऔं।
24
मरेको यो मेरो छोरा बाँचेर आयो, ऊ हराएको थियो अब भेटियो!’ तब खुसीयालीको साथमा भोज सुरु भयो।
25
“त्यति बेला जेठो छोराचाहिँ खेतमा थियो। फर्केर घरनेर आइपुग्दा उसले बाजा बजाएर धुमधामसँग नाच-गान भइरहेको सुन्यो
26
अनि एक जना नोकरलाई बोलाएर, ‘यो सब बाजा-गाजा, नाच-गान केको लागि हो?’ भनेर सोध्यो।
27
नोकरले भन्यो, ‘तपाईंको भाइ फर्केर आउनुभएको छ। उहाँ आरामै आउनुभएकोले तपाईंका बुबाले ठूलो भोज लगाएर खुसीयाली मनाउनुभएको हो।’
28
यो सुनेर दाजुचाहिँ साह्रै रिसायो र घरभित्र जान पनि मानेन। बुबाले आएर उसलाई बिन्ती गर्दै फकाउन लागे।
29
तर उसले बुबालाई यसरी जवाफ दियो, ‘यति वर्षदेखि मैले तपाईंको नोकरजस्तै भएर काम गरें। तपाईंले दिनुभएको सबै आज्ञा मैले मानेको छु। तर मलाई चाहिँ कहिले पनि साथीहरूसँग मिलेर खान एउटा पाठोसम्म पनि दिनुभएन।
30
तर तपाईंको धन-सम्पत्ति वेश्याहरूसँग उडाउने छोरा आउँदाचाहिँ तपाईंले यत्रो ठूलो भोज लाउनुभयो।’
31
बुबाले उसलाई भने, ‘हेर् छोरा, तँ त सधैँभरि मसँगै छस्। मेरो भएभरको सम्पत्ति तेरै हो!
32
हामीले आज भोज लगाएर खुसीयाली मनाउनु नै पर्नेथियो किनभने मरेको त्यो तेरो भाइ जिउँदो पाइयो, त्यो हराएको थियो, अब भेटियो’!”
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
Luke Commentaries
→
Devotional
Luke Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→