bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 24
Luke 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
1
आइतबार बिहानै ती स्त्रीहरू आफूले तयार पारेको अत्तर र मलम लिएर येशूको चिहानमा गए।
2
त्यहाँ आइपुग्दा तिनीहरूले चिहानको मुख छोप्ने ढुङ्गा पन्छाइएको भेट्टाए।
3
चिहानभित्र पस्दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्।
4
अलमल्ल परेर उभिरहेको बेलामा अचानक चम्किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए।
5
स्त्रीहरू डराएर घोप्टो परे। तब ती दुई जना मानिसले भने, “जिउँदो हुनुभएकोलाई मरेकाहरूको चिहानमा किन खोज्दै छौ? येशू यहाँ हुनुहुन्न।
6
उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, थाहा छैन?
7
‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्नुभएको कुरालाई के तिमीहरूले सम्झेका छैनौ?”
8
त्यतिखेर तिनीहरूले येशूले भन्नुभएको कुरा सम्झे।
9
स्त्रीहरूले चिहानबाट फर्केर आफूले देखेका सबै कुरा एघार चेलाहरू र अरू सबै चेलाहरूलाई सुनाइदिए।
10
ती स्त्रीहरूचाहिँ मरियम मग्दलिनी, याकूबकी आमा मरियम, योअन्ना र अरू केही स्त्रीहरू थिए। यिनीहरूले नै यो कुरा एघार प्रेरितहरूलाई सुनाएका थिए।
11
तर “तिमीहरूले भनेका कुरा त व्यर्थका हुन्!” भन्दै प्रेरितहरूले स्त्रीहरूका कुरा पत्याएनन्।
12
तर पत्रुसचाहिँ जुरुक्कै उठेर दगुर्दै चिहानतिर गए। त्यहाँ पुगेर भित्र निहुरिएर हेर्दा त उनले कात्रोबाहेक अरू केही देखेनन्। यो देखेर उनी अचम्म मान्दै घरतिर फर्के।
13
त्यही दिन येशूका दुई चेलाहरू यरूशलेमबाट एघार किलोमिटर जति टाढामा पर्ने इम्माउस भन्ने गाउँतिर जाँदै थिए।
14
तिनीहरूले हालै भएका घटनाको बारेमा कुरा गरिरहेका थिए।
15
यसरी कुरा गर्दै हिँडिरहँदा येशू आएर तिनीहरूसँगै हिँड्न लाग्नुभयो।
16
तर तिनीहरूले उहाँलाई चिन्न सकेनन्।
17
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्थ्यो।
18
ती दुईमध्ये क्लेओपास भन्नेले उहाँलाई सोधे, “बाहिरबाट आउने परदेशीहरूमा तपाईंलाई मात्र यो कुरा थाहा रहेनछ। हिजोआज यरूशलेममा भएका कुरा के तपाईंले सुन्नुभएको छैन?”
19
येशूले सोध्नुभयो, “कस्तो कुरा?” तिनीहरूले भने, “नासरतको येशूको बारेमा भएको कुरा। उहाँ परमेश्वर र मानिसका सामुन्ने शक्तिशाली काम गर्ने र गहकिलो शिक्षा दिने अगमवक्ता हुनुहुन्थ्यो।
20
तर हाम्रा मुख्य पूजाहारी र नेताहरूले उहाँलाई मृत्युदण्ड दिएर क्रूसमा झुण्ड्याउन लगाए।
21
उहाँले नै इस्राएलीहरूलाई छुट्कारा दिनुहुन्छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्ड्याइएको पनि आज तीन दिन भइसक्यो।
22
फेरि हाम्रा कति जना दिदी-बहिनीहरूले भनेका कुरा सुनेर हामी त छक्कै पर्यौं। तिनीहरू बिहानै चिहानमा गए,
23
तर त्यहाँ उनीहरूले प्रभुको लाश भेट्टाएनन् अनि तिनीहरूकहाँ स्वर्गदूत देखा परेर ‘येशू त जिउँदै हुनुहुन्छ’ भने रे।
24
यो सुनेर हाम्रा कोही-कोही साथीहरू पनि चिहानमा हेर्न गए, उनीहरूले पनि ती स्त्रीहरूले भनेजस्तै पाए तर उहाँलाई चाहिँ देखेनन्।”
25
येशूले भन्नुभयो, “तिमीहरू त कस्ता मानिसहरू रहेछौ। अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्नसमेत तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ।
26
आदर र महिमा पाउनुभन्दा अघि ख्रीष्टले दु:ख भोग्नुपर्दैनथ्यो र?”
27
येशूले मोशादेखि लिएर सबै अगमवक्ताहरूले धर्मशास्त्रमा उहाँको बारेमा लेखेका कुरा तिनीहरूलाई बुझाइदिनुभयो।
28
इम्माउस गाउँको नजिकै आइपुग्दा येशूचाहिँ अझै अघिअघि जान खोज्नुभयो।
29
तर ती दुई चेलाले उहाँलाई भने, “रात पर्न लागिसक्यो, आज तपाईं हामीसँगै बस्नुहोस्।” तब येशू तिनीहरूसँगै बास बस्न जानुभयो।
30
खान बस्नुहुँदा उहाँले रोटी लिएर धन्यवाद चढाउनुभयो अनि रोटी भाँचेर तिनीहरूलाई दिनुभयो।
31
तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्यति नै खेर उहाँ अदृश्य हुनुभयो अनि तिनीहरूले आपसमा यस्तो कुरा गरे,
32
“उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्दले गद्गद् भएको थिएन र!”
33
त्यसपछि तिनीहरू तुरुन्तै उठेर यरूशलेमतिर लागे। त्यहाँ पुग्दा तिनीहरूले एघार चेलाहरू अनि उनीहरूसँग एकसाथ भेला भएका अरू मानिसहरूले
34
यसो भन्दै गरेका भेटे, “साँच्चै प्रभु मरेकोबाट बिउँतनुभएको छ, उहाँ सिमोनकहाँ देखा पर्नुभएछ!”
35
अनि ती दुई चेलाले बाटोमा घटेको घटना र येशूले रोटी भाँचेर दिनुहुँदा कसरी उहाँलाई चिनेको कुरा अरू चेलाहरूलाई सुनाए।
36
यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्नुभयो र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
37
भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए।
38
तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्तो शङ्का गर्छौं?
39
मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्नेछौ। आफ्नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!”
40
यसो भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो।
41
तिनीहरू यति धेरै खुसी र आश्चर्यचकित भए कि तिनीहरूले पत्याउनै सकेनन्। त्यसो हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित केही खानेकुरा छ कि?”
42
तिनीहरूले उहाँलाई पकाएको माछा दिए।
43
उहाँले त्यो माछा लिएर तिनीहरूकै सामु खाइदिनुभयो
44
र भन्नुभयो, “मैले तिमीहरूसँग हुँदा भनेका कुराहरू अब पूरा हुन आएका छन्। ‘मेरो बारेमा मोशाको व्यवस्था, अगमवक्ताका पुस्तकहरू र भजनसंग्रहमा लेखिएका सबै कुरा पूरा हुनुपर्दछ’ भनेर मैले तिमीहरूलाई भनेको थिएँ!”
45
त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्त्रमा लेखिएका कुराहरू बुझ्ने शक्ति दिनुभयो र भन्नुभयो,
46
“धर्मशास्त्रमा यसरी लेखिएको छ— मुक्ति दिने ख्रीष्टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ।
47
ख्रीष्टको नाममा आफ्नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्छ भन्ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ।
48
तिमीहरू नै यी सबै कुराका साक्षी हौ।
49
तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्यो शक्तिले नभरिएसम्म यही सहरमा नै पर्खेर बसिरहो।”
50
त्यसपछि येशूले चेलाहरूलाई सहरबाट बेथानिया गाउँतिर लैजानुभयो, त्यहाँ पुगेर उहाँले आफ्ना हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51
आशीर्वाद दिइरहँदा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो।
52
तिनीहरूले उहाँलाई दण्डवत् गरे अनि अति खुसी हुँदै यरूशलेम सहरतिर फर्के।
53
तिनीहरू सधैँ मन्दिरमा भेला हुन्थे र परमेश्वरलाई स्तुति चढाउँथे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24