bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 19
Luke 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
1
येशू यरीहो सहर भएर जाँदै हुनुहुन्थ्यो।
2
त्यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए।
3
उनले येशूलाई हेर्न खोज्दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्न सकेनन्।
4
त्यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्यही बाटो भएर आउँदै हुनुहुन्थ्यो।
5
त्यस ठाउँमा आइपुगेपछि येशूले मास्तिर हेरेर जखायसलाई भन्नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्नुपरेको छ।”
6
जखायसले खुसी हुँदै तुरुन्तै ओर्लेर येशूको स्वागत गरे।
7
यो देखेर सबै जना यसो भन्दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्न जाँदै छन्!”
8
तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्नुहोस् हजुर, अब म आफ्नो धन-सम्पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।”
9
येशूले तिनलाई भन्नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्तान हुन्।
10
म मानव पुत्र हराएकालाई नै खोज्न र बचाउन भनेर आएको हुँ।”
11
येशू यरूशलेमको नजिकै आइपुग्नुभएको थियो। मानिसहरू परमेश्वरको राज्य अब चाँडै आउँछ भन्ने सम्झेर उहाँका कुरा सुनिरहेका थिए। त्यसो हुँदा उहाँले एउटा दृष्टान्त दिएर तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा यस्तो कथा भन्नुभयो,
12
“कुनै एक जना ठूला मानिसले निकै टाढा देशमा गएर आफ्नो देशको राजा बनेर फर्कने विचार गरे।
13
जानुभन्दा अघि तिनले आफ्ना दश जना नोकरहरूलाई बोलाए अनि हरेकलाई एक-एक वटा असर्फी दिएर भने, ‘म फर्केर नआउञ्जेल यस असर्फीले व्यापार गरेर नाफा निकाल।’
14
तर आफ्नो देशका मानिसहरूले चाहिँ तिनलाई मन पराउँदैनथे। त्यसैले तिनी गएपछि उनीहरूले यसो भनेर बिन्ती पठाए, ‘यो मानिस राजा भएको हामी चाहँदैनौं।’
15
“तर ती मानिस राजा भएर नै फर्किए। आउनेबित्तिकै उनले नोकरहरूलाई व्यापार गरेर कति कमाए भनी सोध्न बोलाए।
16
पहिलो नोकरले आएर भन्यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले दश वटा असर्फी कमाएर ल्याएको छु।’
17
राजाले तिनलाई भने, ‘स्याबास! तिमी असल नोकर रहेछौ! तिमी सानो कुरामा भरपर्दो भएकोले म तिमीलाई दश सहरको हाकिम बनाउनेछु।’
18
दोस्रो नोकरले आएर भन्यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले पाँच वटा कमाएर ल्याएको छु।’
19
राजाले त्यसलाई भने, ‘तिमी पाँच सहरको हाकिम हुनेछौ।’
20
अर्को नोकरले आएर भन्यो, ‘हजुर, मैले तपाईंको असर्फी रुमालमा लुकाएर राखें, यो यहीँ छ।
21
मलाई तपाईंदेखि डर लाग्यो किनभने तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्नुहुन्छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्छ।’
22
राजाले त्यसलाई भने, ‘ए बदमाश नोकर, तेरै मुखको बोलीले म तँलाई दोषी ठहराउँछु। म कठोर मानिस छु, आफूले लगानी नगरेको ठाउँबाट नाफा खोज्ने र आफूले नलगाएको बाली काटेर लिने भनेर तँलाई थाहै रहेछ।
23
त्यसो भए तैँले मेरो पैसा किन ब्याजमा लगाइनस् त? ब्याजमा लगाइदिएको भए म फर्केर आउँदा केही नभए पनि ब्याजसम्म त पाउने थिएँ।’
24
तिनले त्यहाँ उभिनेहरूलाई भने, ‘लौ, अब त्यसबाट त्यो असर्फी खोसेर दश वटा हुनेलाई देओ।’
25
तिनीहरूले भने, ‘हजुर, उसको त दश वटा छँदैछ नि!’
26
राजाले भने, ‘म तिमीहरूलाई भन्छु, जोसँग छ, उसलाई अझै दिइन्छ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ।
27
अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्याएर मेरै सामुन्ने मार’!”
28
यो दृष्टान्त भन्नुभएपछि येशू तिनीहरूको अघिअघि यरूशलेमको बाटो लाग्नुभयो।
29
बेथफागे र बेथानिया गाउँ छेउको जैतुन डाँडामा आइपुग्नुहुँदा येशूले दुई चेलाहरूलाई यसो भनी पठाउनुभयो,
30
“ऊ त्यो पल्लो गाउँमा जाओ। त्यहाँ तिमीहरूले कहिल्यै कोही पनि नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ।
31
यदि कसैले ‘यसलाई किन फुकाएको’ भनी सोध्यो भने, ‘प्रभुलाई चाहिएको छ’ भन।”
32
ती दुई चेला गाउँमा गए र येशूले भन्नुभएजस्तै गधाको बछेडा भेटाए।
33
त्यसलाई फुकाउन लाग्दा त्यसका धनीहरूले सोधे, “किन फुकाएको हँ?”
34
“प्रभुलाई यो चाहिएको छ,” तिनीहरूले जवाफ दिए।
35
तिनीहरूले गधाको बछेडालाई लगेर त्यसको पिठ्युँमा आफ्ना खास्टो ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो।
36
येशू अघि बढ्दै गर्नुहुँदा मानिसहरूले पनि आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए।
37
येशू यरूशलेमको नजिकै जैतुन डाँडाको ओह्रालोमा आइपुग्नुभयो। त्यस बेला येशूले गर्नुभएका शक्तिशाली कामहरू सम्झेर सबै चेलाहरूले रमाउँदै ठूलो सोरमा परमेश्वरको जयजयकार गाउन थाले—
38
“प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!”
39
मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।”
40
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने त ढुङ्गाहरू पो कराउनेछन्।”
41
यरूशलेम नजिक आइपुग्नुहुँदा सहरलाई आफ्नो अगाडि देखेर येशू रुनुभयो र भन्नुभयो,
42
“तैँले आज शान्तिको लागि के चाहिन्छ भनेर जानेको भए हुन्थ्यो। तर तैँले यो देख्नै सकिनस्!
43
अब त यस्तो समय आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिरबाट मोर्चा बाँधी सबैतिरबाट तँलाई घेर्नेछन्
44
र तँ अनि तेरा बालकहरूलाई नाश गर्नेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी राख्नेछैनन् किनभने परमेश्वरले तँलाई बचाउन आएको समयलाई तैँले चिन्दै चिनिनस्।”
45
त्यसपछि येशू मन्दिरमा जानुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्नेहरूलाई यसो भन्दै धपाउनुभयो,
46
“धर्मशास्त्रमा यस्तो लेखिएको छ— ‘मेरो घर प्रार्थनाको घर हुनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।”
47
त्यसपछि येशूले दिनदिनै मन्दिरमा शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारी, धर्म-गुरु र अरू शासकहरू मिलेर उहाँलाई मार्न खोज्थे,
48
तर तिनीहरूले मौकै पाएनन् किनभने सबै मानिसहरूले उहाँको शिक्षा सुन्न ज्यादै मन पराउँथे।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24