bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 8
Luke 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
केही दिनपछि येशू परमेश्वरको राज्यको बारेमा सुसमाचार सुनाउँदै सहर-शहर र गाउँ-गाउँमा जानुभयो। बाह्र चेला पनि उहाँसँगै गए।
2
भूतहरू र रोगबाट निको भएका अरू कति जना स्त्रीहरू पनि उहाँको पछि लागे। तिनीहरूमध्ये सात वटा भूत लागेर निको पारिएकी मरियम मग्दलिनी पनि थिइन्।
3
हेरोद राजाको भण्डारे खुजासकी जहान योअन्ना साथै सुसन्ना र अरू पनि धेरै स्त्रीहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई धन दिएर सघाउँथे।
4
गाउँ-गाउँबाट धेरै मानिसहरू आइ नै रहे। मानिसहरू जम्मा भएपछि येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो,
5
“एक जना मानिसले गएर बारीमा बिउ छर्यो। बिउ छर्दाछर्दै केही बिउ बाटामा पर्यो र मानिसहरूले कुल्चिए अनि चराहरूले आएर खाइदिए।
6
कति बिउचाहिँ ढुङ्गा मात्रै भएको जमिनमा पर्यो। त्यहाँ उम्रन त उम्रियो, तर चिसो माटो नभएकोले सुकिहाल्यो।
7
कति बिउचाहिँ काँडाहरूका घारीमा पर्यो, तर काँडाहरू झ्याँगिएर उम्रिएका बिरुवाहरूलाई नाश गरिदियो।
8
तर कति बिउ भने राम्रो मलिलो माटोमा पर्यो र लहलह भएर बढ्यो अनि एक-एक दानाबाट सय-सय गुणा भएर फल्यो।” यति भनेपछि येशूले भन्नुभयो, “हे सुन्नेहरू हो, मेरो शिक्षालाई मन लगाएर सुन!”
9
येशूका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हो भनेर सोधे।
10
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्वरको राज्यको भित्री भेद जान्न दिइएको छ। तर अरूलाई चाहिँ यी कुराहरू दृष्टान्त दिएर नै भनिन्छ र तिनीहरूले हेर्न त हेर्छन् तर देख्दैनन् र सुन्न त सुन्छन् तर बुझ्दैनन्।
11
“यस दृष्टान्तको अर्थ हो, बिउ भनेको परमेश्वरको वचन हो।
12
बाटोमा परेको बिउले बुझाउँछ कि तिनीहरूले वचन सुन्न त सुन्छन् तर मनमा राख्न सक्दैनन्, कारण विश्वास गरेर बाँच्न नपाऊन् भनेर शैतान आउँछ अनि सुनेका कुरा टिपेर लैजान्छ।
13
ढुङ्गामा परेका बिउले बुझाउँछ कि तिनीहरूले परमेश्वरको वचन सुनेर खुसीसाथ लिन्छन्, तर त्यो वचन राम्ररी मनमा राख्न सक्दैनन्। त्यसो हुँदा तिनीहरूको विश्वास छिनभरिको लागि मात्र हुन्छ अनि अप्ठ्यारो र दु:खको समयमा विश्वास हराउँछ।
14
काँडा घारीहरूमा परेको बिउले बुझाउँछ कि तिनीहरूले परमेश्वरको वचन त सुन्छन्, तर संसारको चिन्ता, धन-सम्पत्ति र सुख-विलासले गर्दा विश्वासलाई बढ्न र हुर्किन नै दिँदैनन् र तिनीहरूबाट केही फल फल्दैन।
15
मलिलो माटोमा परेको बिउले बुझाउँछ कि कति जनाले वचन सुन्छन् र आज्ञाकारी भएर सुनेको वचनलाई असल रूपले मनमा राख्छन् र समयमा धेरै फल फलाउँछन्।
16
“कसैले पनि बत्ती बालेर पाथीले छोप्दैन, नता खाटमुनि लुकाएर राख्छ। बरु घरभित्र आउनेहरूलाई उज्यालो होस् भनेर बत्ती अग्लो ठाउँमा राखिन्छ।
17
यसरी नै गुप्त राखिएका कुरा जे जति छन्, ती सबै खुल्ला पारिनेछन् र बुझ्नलाई गाह्रो भएका कुरा जे जति छन्, ती सबै स्पष्ट हुनेछन् र सबैले बुझ्नेछन्।
18
त्यसो हुँदा तिमीहरूले सुनेका कुरालाई राम्ररी ध्यान देओ किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिन्छ।”
19
एक दिन येशूका भाइहरू र आमा उहाँलाई भेट्न आए। तर मानिसको घुइँचोले गर्दा तिनीहरूले उहाँलाई भेट्न सकेनन्।
20
कसैले येशूलाई भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट्न बाहिर पर्खिरहेका छन्।”
21
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरका कुरा सुन्ने र मान्नेहरू नै मेरी आमा र मेरा भाइहरू हुन्!”
22
एक दिन येशू चेलाहरूसँग नाउमा चढ्नुभयो र उनीहरूलाई “हामी तालको पारिपट्टि जाऔं भन्नुभयो।” उहाँहरू गइहाल्नुभयो।
23
जाँदाजाँदै येशू निदाउनुभयो। तालमा ठूलो आँधीबेहरी चल्न लाग्यो, नाउ पानीले भरिन लाग्यो र तिनीहरू ठूलो आपत्मा परे।
24
त्यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्न लागे, “गुरुज्यू, हे गुरुज्यू, हामीहरू त मर्न आँटिसक्यौं।” यो सुनेर येशू उठ्नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्यति नै खेर आँधीबेहरी थामियो र सबै शान्त भइहाल्यो।
25
येशूले चेलाहरूलाई भन्नुभयो, “खै, तिमीहरूको विश्वास?” तिनीहरू छक्कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्दा रहेछन्।”
26
येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्नुभयो।
27
नाउबाट ओर्लंदा त्यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्न आयो। त्यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्ने गर्थ्यो।
28
येशूलाई देखेर ऊ जोडले चिच्च्यायो र उहाँको अगाडि घोप्टो पर्दै भन्यो, “हे येशू, महान् परमेश्वरका पुत्र, तपाईं मलाई के गर्न लाग्नुभएको? बिन्ती छ, मलाई दु:ख नदिनुहोस्।”
29
येशूले भूतलाई निस्कने आज्ञा दिनुभएको हुनाले त्यस मानिसले यस्तो भनेको थियो। धेरैपल्ट त्यस भूतले उसलाई पक्रेको थियो। साङ्लाले उसका हात-खुट्टा बाँधेर राख्दा पनि ऊ भूतको शक्तिले साङ्ला छिनाएर उजाड-स्थानतिर भाग्थ्यो।
30
येशूले उसलाई सोध्नुभयो, “तेरो नाम के हो?” “फौज!” उसले भन्यो किनभने उसलाई धेरै भूतहरू लागेका थिए।
31
भूतहरूले येशूसँग बिन्ती गरे, “हामीलाई गहिरो भड्खालामा जाने आज्ञा नदिनुहोस्।”
32
त्यस डाँडाको पाखामा एक हुल सुँगुरहरू चरिरहेका थिए। अनि भूतहरूले येशूसँग त्यो सुँगुरको हुलमा पस्ने आज्ञा मागे। येशूले तिनीहरूलाई भन्नुभयो, “जाओ।”
33
ती भूतहरू त्यो मान्छेबाट निस्केर सुँगुरहरूभित्र पसे। त्यत्तिकैमा सुँगुरको हुल नै भीरबाट तालतिर हुरमुरिंदै डुबेर मर्यो।
34
यस्तो घटना देखेर सुँगुर चराउनेहरू भागे र त्यो कुरा गाउँ र सहरभरि फैलाए।
35
धेरै मानिसहरू के भयो भनेर हेर्न येशूकहाँ आए। पहिले भूतले सताएको मान्छेलाई अहिले ठीक भई लुगा लगाएर येशूको पाउनेर बसिरहेको तिनीहरूले देखे। यो देखेर तिनीहरू ज्यादै छक्क परे।
36
त्यस मानिस निको भएको देख्नेहरूले सबै कुरा अरूहरूलाई सुनाए।
37
त्यसपछि त्यो क्षेत्रका सबै मानिसहरूले येशूलाई ‘यहाँबाट गइहाल्नुहोस्’ भनी बिन्ती गरे किनभने तिनीहरू साह्रै डराएका थिए। त्यसो हुँदा येशू फर्केर जान नाउमा चढ्नुभयो।
38
त्यतिखेर भूत निकालिएको त्यो मानिसले येशूलाई बिन्ती गर्यो, “हजुर मलाई पनि तपाईंसँगै लैजानोस्।” तर येशूले उसलाई भन्नुभयो,
39
“तिमी आफ्नै घरमा जाऊ र परमेश्वरले तिम्रो लागि के गर्नुभयो, त्यो कुरा अरूहरूलाई सुनाऊ।” येशूले आफ्नो लागि गर्नुभएको कामको बारेमा त्यो मानिसले सहरभरि सुनाउँदै हिँड्यो।
40
येशू तालको वारिपट्टि आइपुग्नुहुँदा मान्छेको हुलले उहाँलाई पर्खेर बसिरहेको थियो। तिनीहरूले उहाँको स्वागत गरे।
41
एक छिनपछि सभाघरका याइरस भन्ने शासक आएर येशूको पाउमा पर्दै ‘मेरो घरमा आइदिनुहोस्’ भनी बिन्ती गरे
42
किनभने उनकी एकमात्र बाह्र वर्षकी छोरी मर्न लागेकी थिई। तिनको बिन्ती सुनेर येशू तिनीसँग जान लाग्नुभयो। येशू जान लाग्नुभएको देखेर मानिसहरू चारैतिरबाट खचाखच गरी ओइरन लागे।
43
त्यही हुलमा बाह्र वर्षदेखि रगत बग्ने व्यथाले दु:ख पाएकी एउटी स्त्री पनि थिइन्। तिनले आफ्नो भएभरको सम्पत्ति उपचारमा खर्च गर्दा पनि कसैले तिनलाई निको पार्न सकेका थिएनन्।
44
तिनले मानिसको घुइँचोमा पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन्। उहाँको लुगा छुनेबित्तिकै तिनको रगत बग्ने व्यथा निको भइहाल्यो।
45
येशूले सोध्नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्तै छ।”
46
तर येशूले भन्नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
47
अब लुकिरहनुनहुने रहेछ भन्ने थाहा पाएर ती स्त्री डरले काम्दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्ने भनिन्।
48
येशूले तिनलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, अब शान्तिसित जाऊ।”
49
येशूले यसो भन्दाभन्दै याइरसका घरबाट एक जना मानिस आएर याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी, अब गुरुलाई दु:ख नदिनुहोस्।”
50
तर यो कुरा सुनेर येशूले याइरसलाई भन्नुभयो, “हरेस नखाऊ, विश्वास मात्र गर, तिम्री छोरी बाँच्नेछे।”
51
याइरसको घर पुगेर येशूले पत्रुस, याकूब, यूहन्ना र केटीका आमा-बुबालाई बाहेक अरू कसैलाई पनि भित्र पस्न दिनुभएन।
52
त्यहाँ जम्मा भएका सबैले केटी मरेकोमा रोएर बिलौना गरिरहेका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “नरोओ, ऊ त निदाएकी मात्र छे, मरेकी छैन।”
53
यो कुरा सुनेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए किनभने तिनीहरूलाई केटी मरेकै हो भनेर पक्का थाहा थियो।
54
तर येशूले केटीको हात समातेर भन्नुभयो, “ए नानी, उठ!”
55
केटीको आत्मा फेरि फर्केर आयो र ऊ तुरुन्तै उठी अनि येशूले ‘यस केटीलाई केही खानेकुरा दिनू’ भन्नुभयो।
56
केटीका आमा-बुबा छक्कै परे। तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्नू!’ भनेर कडा आज्ञा दिनुभयो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24