bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 16
Luke 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
1
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कुनै धनी मानिसको काम गर्नेहरूको एक जना नाइके थियो। ‘त्यस नाइकेले तपाईंको सम्पत्ति उडाउँदै छ’ भन्ने कुरा मानिसहरूले ती धनी मानिसलाई सुनाए।
2
तिनले त्यस नाइकेलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा यो के सुन्दै छु? तिम्रो सबै हिसाबकिताब मलाई बुझाऊ। अबदेखि तिमी नाइके हुन सक्दैनौ।’
3
त्यसो हुँदा नाइकेले मनमनै सोच्यो, ‘मेरो मालिकले मलाई नोकरीबाट निकाल्ने भए। अब म के गरूँ? खनजोत गरेर खाऊँ भने खन्ने बल नै छैन, भिक्षा मागूँ भने मलाई लाज लाग्छ।
4
अँ, अब मलाई युक्ति आयो! मेरो नोकरी छुटे तापनि साथी बनाइराखें भने त उनीहरूले त हेर्लान् नि!’
5
त्यसपछि उसले मालिकको सबै असामीलाई एक-एक गरी बोलायो। उसले पहिलोलाई सोध्यो, ‘मेरो मालिकको ऋण तिमीलाई कति छ?’
6
उसले भन्यो ‘तीन हजार लिटर जैतुनको तेल।’ नाइकेले भन्यो, ‘ल, तिम्रो तमसुकमा अब पन्ध्र सय लिटर मात्र लेख।’
7
अनि अर्कोलाई सोध्यो, ‘तिमीले कति बुझाउनुछ?’ उसले जवाफ दियो, ‘एक हजार बोरा गहुँ।’ नाइकेले भन्यो ‘लौ तिम्रो तमसुकमा आठ सय बोरा लेख।’
8
“यो कुरा थाहा पाएपछि त्यस मालिकले बेइमान नाइकेको चलाखीको तारिफ गरे किनभने यस संसारका मानिसहरू आफ्ना साथीहरूसँग गर्ने व्यवहारमा उज्यालोका सन्तानभन्दा धेरै चलाख हुन्छन्।
9
म तिमीहरूलाई भन्छु, संसारको धनले मित्रहरू बनाओ र जब त्यो धन सिद्धिन्छ तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरिनेछ।”
10
येशूले फेरि भन्नुभयो, “सानो कुरामा भरपर्दो मानिसचाहिँ ठूलो कुरामा पनि भरपर्दो हुन्छ। त्यस्तै सानो कुरामा बेइमान हुने मानिस ठूलो कुरामा पनि बेइमान नै हुन्छ।
11
संसारको धनको कारोबारमा विश्वास गर्न नसकिनेलाई सत्यको धनको निम्ति कसरी विश्वास गर्न सकिन्छ र?
12
तिमीहरू अर्काको धनमा विश्वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र?
13
“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन। उसले एउटालाई हेला गर्छ र अर्कोलाई माया गर्छ कि उसले एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
14
यी सबै कुराहरू सुनेर फरिसीहरूले येशूलाई ठट्टामा उडाए। किनभने तिनीहरूको लागि त पैसा नै प्यारो थियो।
15
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको दृष्टिमा धर्मी देखिन त खोज्छौ, तर परमेश्वरले तिमीहरूको हृदय जान्नुहुन्छ। मानिसले उच्च ठानेका त्यस्ता कुराहरूलाई परमेश्वरले घिन मान्नुहुन्छ।
16
“बप्तिस्मा दिने यूहन्नाको बेलासम्म मोशाले दिएका व्यवस्था र अगमवक्ताहरूको शिक्षा चल्दैआएको थियो। त्यस बेलादेखि यताचाहिँ परमेश्वरको राज्यको सुसमाचार सुनाइँदै छ अनि सबैले त्यसमा पस्न जोड गर्दै छन्।
17
आकाश र पृथ्वी हराएर जान सक्छ तर परमेश्वरको व्यवस्थाको एउटै कुरा पनि खारेज हुन सक्दैन।
18
आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्ने लोग्ने मानिसले व्यभिचार गर्छ अनि अर्काले त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ।”
19
येशूले फेरि भन्नुभयो, “कुनै समय एक जना धनी मानिस थियो। ऊ सधैँ दामी-दामी लुगा लाउँथ्यो र ऐश-आरामको जीवन बिताउँदथ्यो।
20
तर उसको ढोकामा भने एक जना लाजरस भन्ने जिउभरि घाउ नै घाउ भएको गरीब मानिस बस्थ्यो।
21
धनी मानिसले खाँदा खसेका टुक्राटाक्री खान पाउँछु कि भनेर उसले हेरिरहन्थ्यो। कुकुरहरूले पनि वरिपरि आएर उसका घाउहरू चाटिदिन्थे।
22
“एक दिन त्यो गरीब लाजरस मर्यो। स्वर्गदूतहरूले उसलाई लगेर अब्राहामको छेवैमा राखिदिए अनि त्यो धनी मानिस पनि मरेर गाडियो।
23
नरकमा असाध्यै पीडा भोग्नुपरेकोले उसले मास्तिर हेर्यो र अब्राहामको छेवैमा लाजरसलाई देख्यो।
24
उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्। लाजरसलाई उनको हातबाट एक थोपा पानी भए पनि मेरो मुखमा चुहाइदिनू भनेर पठाइदिनुहोस्। म यस आगोमा छटपटाइरहेको छु।’
25
तर अब्राहामले उसलाई भने, ‘छोरा, के तिमीलाई सम्झना छैन? जीवनमा तिमीले सबै सुखका कुरा पाएका थियौ, तर लाजरसले चाहिँ दुखै-दु:ख पाएको थियो। अहिलेचाहिँ लाजरसले यहाँ सुख र शान्ति पाएको छ र तिमीले चाहिँ त्यहाँ दु:ख पाइरहेका छौ।
26
फेरि तिम्रो र हाम्रो बीचमा ठूलो खाडल छ। त्यसो हुँदा चाहेर पनि कोही वारिपारि आउने-जाने गर्न सक्दैन।’
27
त्यो धनी मानिसले भन्यो, ‘त्यसो भए हे पिता, बिन्ती छ, लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्।
28
तिनले गएर मेरा पाँच जना दाजुभाइहरूलाई यहाँ भएका सबै कुरा सुनाएर चेतावनी देऊन् र तिनीहरू यस नरकमा नआऊन्।’
29
अब्राहामले भने, ‘उनीहरूसँग मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्त्र छँदैछन्, तिम्रा दाजुभाइहरूले त्यही माने त पुगिहाल्यो नि!’
30
धनी मानिसले भन्यो, ‘होइन पिता अब्राहाम, त्यतिले तिनीहरूलाई पुग्दैन। तर कोही मरेको मानिस फेरि जिउँदो भएर तिनीहरूकहाँ गयो भने त तिनीहरूले आ-आफ्नो पापलाई मानिलिएर छोड्नेथिए।’
31
तर अब्राहामले जवाफ दिएर भने, ‘मोशा र अगमवक्ताहरूको कुरा नसुन्नेले मरेकै मानिस बिउँतिएर गए पनि विश्वास गर्नेछैनन्’।”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24