bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 4
Luke 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
1
येशू पवित्र आत्माले भरपूर भएर यर्दन नदीबाट फर्कनुभयो। पवित्र आत्माले उहाँलाई उजाड-स्थानतिर लानुभयो।
2
त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म परीक्षामा पारेर पापमा फसाउन खोज्यो। ती चालीसै दिनसम्म येशूले केही पनि खानुभएको थिएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।
3
त्यति बेला नै शैतानले येशूलाई भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी होइजा भन्नुहोस् अनि रोटी हुनेछ।”
4
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ— खानेकुराले मात्र मानिस बाँच्दैन।”
5
त्यसपछि शैतानले येशूलाई अग्लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्यहरू देखाउँदै उहाँलाई भन्यो,
6
“म तपाईंलाई यी सबै राज्यको राजा र यी सबै धन-दौलतको मालिक बनाउन सक्छु किनभने यी जम्मै मेरा हातमा छन् र मैले चाहेकालाई दिन सक्छु।
7
मलाई ढोग्नुहोस् र यी सबै थोक तपाईंकै हुनेछन्।”
8
येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा के लेखिएको छ, सुन्— तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै आदर गर्।”
9
अब शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्दिरको टुप्पामा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरकै पुत्र हुनुहुन्छ भने लौ तपाईं यहाँबाट तल हामफाल्नुहोस्
10
किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ— तिम्रो हेरचाहा गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ
11
र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्।”
12
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि भनिएको छ— तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्।”
13
शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्जेलसम्मको लागि छोडेर गयो।
14
पवित्र आत्माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्यो।
15
उहाँले सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे।
16
येशू आफू हुर्केको सहर नासरतमा आइपुग्नुभयो। सधैँजस्तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्त्र पढ्न उभिनुभयो।
17
उहाँलाई यशैयाले लेखेको पुस्तक पढ्न दिइयो र पुस्तक खोलेर उहाँले यस्तो लेखिएको ठाउँ निकालेर पढ्नुभयो—
18
प्रभु परमेश्वरले आफ्ना आत्मा ममाथि खन्याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्कारा दिन, अन्धाहरूलाई देख्ने बनाउन, अत्याचारमा परेकाहरूलाई उठाउन
19
र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ।
20
त्यसपछि येशूले पुस्तक बन्द गरी फिर्ता दिएर बस्नुभयो। त्यहाँ भएका सबैले मक्ख परेर उहाँलाई हेरिरहेका थिए
21
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रको यो कुरा आज तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।”
22
सबै मानिसहरूले उहाँको प्रशंसा गरे। अनुग्रहले भरिएको उहाँको कुरा सुनेर तिनीहरू छक्कै परे। “के यिनी योसेफकै छोरा होइनन् र?” तिनीहरूले भने।
23
तब येशूले भन्नुभयो, “अब पक्का पनि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य! तिमी आफैंलाई निको पार।’ तिमीहरूले मलाई ‘कफर्नहुममा गरेजस्तै आफ्नै गाउँमा पनि अचम्मको काम गर’ भन्नेछौ।”
24
कुरा टुङ्ग्याउँदै उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कुनै अगमवक्तालाई पनि आफ्ना गाउँ-सहरका मानिसहरूले ग्रहण गर्दैनन्।
25
अर्को एउटा कुरा पनि म तिमीहरूलाई भन्छु, एलियाको पालामा साढे तीन वर्षसम्म पानी नपरेर ठूलो अनिकाल परेको थियो। त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए।
26
तर सीदोन क्षेत्रमा पर्ने सारपत गाउँकी विधवाकहाँ मात्र परमेश्वरले एलियालाई पठाउनुभयो।
27
त्यस्तै एलीशा अगमवक्ता हुँदा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए। तर तिनीहरूमध्ये सिरिया देशको नामान भन्ने मानिसबाहेक अरू कोही पनि निको भएनन्।”
28
यो कुरा सुनेर सभाघरका सबै मानिसहरू रिसले चुर भए।
29
जर्याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्स्याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्यो र तिनीहरूले उहाँलाई भीरको टुप्पाबाट फाल्न खोजे।
30
तर उहाँ मानिसको घुइँचोबाट छिरेर आफ्नो बाटो लाग्नुभयो।
31
त्यसपछि येशू गालील क्षेत्रको कफर्नहुम भन्ने सहरमा आउनुभयो। पवित्र विश्रामको दिनमा उहाँले मानिसहरूलाई शिक्षा दिनुहुन्थ्यो।
32
उहाँको शिक्षा सुनेर तिनीहरू छक्कै परे किनभने उहाँले तिनीहरूलाई अधिकारसँग शिक्षा दिनुहुन्थ्यो।
33
सभाघरमा एक जना भूत लागेको मानिस थियो। त्यस मानिसले चिच्च्याएर भन्यो,
34
“हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्वरले पठाउनुभएको पवित्र जन हुनुहुन्छ भनेर म चिन्दछु।”
35
यो सुनेर येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” त्यस मानिसलाई सबैको सामु पछारेर भूत निस्कियो, तर उसलाई कुनै चोट पटक लागेन।
36
सबै जना छक्क परेर कुरा गर्न लागे, “यो मानिसको बोलीमा कस्तो अधिकार रहेछ, यिनले हकार्नेबित्तिकै भूतहरू पनि निक्लेर भाग्दा रहेछन्!”
37
अनि कफर्नहुम सहरका चारैतिर येशूको चर्चा फैलियो।
38
सभाघरबाट निस्केर येशू सिमोनको घरमा जानुभयो। त्यस बेला सिमोनकी सासू ज्वरोले थला परेकी थिइन्। घरका मानिसहरूले “तिनलाई निको पारिदिनुहोस्” भनी येशूलाई बिन्ती गरे।
39
उहाँले तिनको नजिकै गएर ज्वरोलाई हकार्नुभयो र ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँहरूको सेवा गर्न लागिन्।
40
घाम अस्ताएपछि मानिसहरूले धेरै किसिमका बिमारीहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरूमाथि हात राखेर सबैलाई निको पार्नुभयो।
41
धेरै जनाबाट भूत पनि चिच्च्याएर यसो भन्दै निस्किए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर येशूले ती भूतहरूलाई पटक्कै बोल्न दिनुभएन किनभने उहाँ मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले चिन्दथे।
42
उज्यालो हुनेबित्तिकै येशू एकान्त ठाउँतिर जानुभयो। तर मानिसहरू उहाँलाई खोज्दै गए। उहाँलाई भेट्टाएपछि तिनीहरूले “हामीलाई छोडेर नजानुहोस्,” भनी रोक्ने कोसिस गरे।
43
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू ठाउँमा पनि सुनाउनुपर्छ
44
किनभने परमेश्वरले मलाई यही काम गर्न पठाउनुभएको हो।” यसरी उहाँले सारा यहूदिया क्षेत्रका सभाघरहरूमा गएर प्रचार गर्नुभयो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24