bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 18
Luke 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
त्यसपछि येशूले चेलाहरूलाई ‘सधैँ प्रार्थना गर्नुपर्छ र हरेस खानुहुँदैन’ भनेर बुझाउन यसो भन्नुभयो,
2
“कुनै सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको डर मान्दैनथे र मान्छेको पनि वास्ता गर्दैनथे।
3
त्यसै सहरमा एउटी विधवा पनि थिइन्। तिनी घरीघरी न्यायाधीशकहाँ गएर भन्थिन्, ‘मेरो झगडिया र मेरो बीचमा न्याय गरिदिनुहोस्।’
4
केही दिनसम्म त उनले विधवाको कुरै सुनेनन्। तर पछि तिनले मनमनै भने, ‘हुन त मलाई परमेश्वरको डर पनि छैन र मानिसको वास्ता पनि छैन!
5
तर यस विधवाले साह्रै दु:ख दिएकीले यसको कुरा विचार गरिदिनुपर्ला। नत्र यसले एकोहोरो आएर मलाई कचकच गरिरहन्छे र वाक्कै पार्छे’।”
6
अनि प्रभुले भन्नुभयो, “त्यो कठोर अन्यायी न्यायाधीशको कुरा याद राख।
7
त्यसरी नै दिन-रात परमेश्वरलाई पुकार्ने आफ्ना जनहरूलाई उहाँले अन्यायबाट जोगाउनुहुन्न र? के उहाँले आफ्नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र?
8
म तिमीहरूलाई भन्छु, उहाँले आफ्नाहरूलाई चाँडै अन्यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउला?”
9
आफैंलाई मात्र धर्मी सम्झिने र अरूलाई हेला गर्ने मानिसहरूलाई येशूले दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो,
10
“फरिसी र कर उठाउने दुई मानिस मन्दिरमा प्रार्थना गर्न गए।
11
फरिसीले अलग्गै उभिएर यसरी प्रार्थना गर्यो, ‘हे पिता, म तपाईंलाई धन्यवाद चढाउँछु किनकि म अरू मानिसजस्तो लोभी र बेइमानी छैनँ। मैले व्यभिचार गरेको छैनँ। म यो कर उठाउने मानिसजस्तो छैनँ।
12
म सातामा दुईपल्ट उपवास बस्छु र मैले पाएका सबै कुराको दश भागको एक भाग तपाईंलाई चढाउँछु।’
13
तर कर उठाउने मानिसले चाहिँ टाढै उभिएर स्वर्गतिर हेर्ने आँटसम्म नगरी छाती पिट्दै भन्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्’!”
14
अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्छु, त्यो फरिसी होइन बरु कर उठाउने मानिसचाहिँ परमेश्वरको सामुन्ने ठीक ठहरिएर घर फर्कियो। आफैं ठूलो हुन खोज्नेहरू सबै होच्याइनेछन् र आफैंलाई होच्याउनेहरू उच्च पारिनेछन्।”
15
येशूले आफ्नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्ना साना बाल-बालिकाहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
16
तर येशूले तिनीहरूलाई बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो।
17
साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई बालकहरूले जस्तै ग्रहण नगरेसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैनन्।”
18
कुनै एक जना इस्राएली शासकले येशूलाई सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?”
19
येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वरबाहेक कोही पनि असल छैन।
20
परमेश्वरका व्यवस्थाका आज्ञाहरू त तिमीलाई थाहै छ, व्यभिचार नगर्नू, मान्छे नमार्नू, नचोर्नू, झूटो साक्षी नदिनू अनि आमा-बुबाको आदर गर्नू।”
21
तिनले जवाफ दिए, “यी सबै आज्ञा त मैले सानैदेखि मान्दै आएको छु।”
22
यो सुनेर येशूले तिनलाई भन्नुभयो, “तिमीले अझै एउटा काम गर्न बाँकी छ, तिमीसँग भएका सबै कुरा बेचेर गरीबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।”
23
यो कुरा सुनेर तिनी साह्रै खिन्न भए किनभने तिनी असाध्यै धनी थिए।
24
तिनी खिन्न भएको देखेर येशूले भन्नुभयो, “देख्यौ त, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदो रहेछ।
25
धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!”
26
यो कुरा सुन्नेहरूले उहाँलाई सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?”
27
येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम भए पनि परमेश्वरबाट चाहिँ हुन सक्छ।”
28
तब पत्रुसले भने, “हेर्नुहोस्, हामीले घरबार नै छोडेर तपाईंलाई पछ्याएका छौं।”
29
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यको निम्ति आफ्ना आमा-बुबा, दाजुभाइ, जहान, छोरा-छोरी र घरबार छोड्नेले
30
अहिले नै त्योभन्दा बढी पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ।”
31
येशूले बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर भन्नुभयो, “सुन, हामी यरूशलेम जाँदै छौं। अगमवक्ताहरूले मानव पुत्रको बारेमा लेखेका सबै कुराहरू अब त्यहाँ पूरा हुनेछन्।
32
ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, बेइज्जत गर्नेछन्, थुक्नेछन्,
33
कोर्रा लाउनेछन् र मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”
34
तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। यो त तिनीहरूको लागि रहस्य नै भयो। उहाँले के भन्नुभएको हो, तिनीहरूले विचारै गर्न सकेनन्।
35
येशू यरीहो सहरमा पुग्न लाग्नुहुँदा एक अन्धो बाटोको छेउमा बसेर मागिरहेथ्यो।
36
धेरै मानिसहरू गइरहेको थाहा पाएर त्यस अन्धो माग्नेले सोध्यो, “हैन, के हुँदै छ हँ?”
37
मानिसहरूले उसलाई भने, “नासरतका येशू जाँदै हुनुहुन्छ।”
38
यो सुनेर त्यो अन्धाले चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
39
अघिअघि जानेहरूले उसलाई चुप लाग् भनेर हकारे। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
40
हिँड्दाहिँड्दै टक्क अडिएर येशूले ‘उसलाई यहाँ ल्याओ’ भन्नुभयो। त्यो अन्धो माग्ने आयो र येशूले सोध्नुभयो,
41
“तिम्रो लागि मैले के गर्नुपर्छ?” “हजुर, म आँखा देख्न पाऊँ!” अन्धाले बिन्ती चढायो।
42
येशूले भन्नुभयो, “तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।”
43
त्यति नै खेर ऊ आँखा देख्नेभयो र परमेश्वरको गुण गाउँदै येशूको पछि लाग्यो। यो देखेर अरू मानिसहरूले पनि परमेश्वरको महिमा गरे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24