bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 2
Luke 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
1
त्यस बेला रोमी महाराजा अगस्टसले ‘राज्यभरिका सबै मानिसहरूको नाउँ लेखेर दर्ता गर्नुपर्छ’ भन्ने हुकुम दिए।
2
यसरी दर्ता गर्नुपर्छ भनेर हुकुम आएको योचाहिँ पहिलोपल्ट थियो। त्यति बेला कुरेनियस् सिरिया इलाकाका बडा-हाकिम थिए।
3
महाराजाको हुकुमअनुसार सबै आ-आफ्ना गाउँ वा सहरमा नाउँ दर्ता गराउन गएँ।
4
त्यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्ने सहरमा बस्थे। तर उनको सहर भने आफ्ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्तान थिए। यसैकारण उनी आफ्नो नाउँ लेखाउन बेथलेहेम गए।
5
योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्यतिखेर मरियम गर्भवती थिइन्।
6
तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्केरी हुने बेला भयो
7
र तिनले आफ्नो जेठो छोरा जन्माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्न कहीँ पनि ठाउँ पाएनन्।
8
बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए।
9
प्रभुका स्वर्गदूत तिनीहरूको सामुन्ने देखा परे र प्रभु परमेश्वरको उज्यालो तिनीहरूको चारैतिर चम्कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्न लागे।
10
तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्ने आएको छु।
11
सुन, दाऊद जन्मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्ट जन्मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्छ।
12
तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्नेछौ।”
13
त्यति नै खेर अरू धेरै स्वर्गदूतहरू त्यहाँ देखा परे अनि परमेश्वरको प्रशंसा गर्दै यस्तो गीत गाउन लागे,
14
“सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जयजयकार होस्, अनि पृथ्वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्छ, तिनीहरूलाई शान्ति भइरहोस्।”
15
स्वर्गदूतहरू स्वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्वरले हामीलाई भन्नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र
16
तिनीहरू दगुरेर गए। त्यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे।
17
गोठालाहरूले बालकको बारेमा स्वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए।
18
यी कुराहरू सुन्ने जति सबै छक्क परे।
19
तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्।
20
भेडा गोठालाहरूले स्वर्गदूतले भनेजस्तै सुन्न र देख्न पाएकोले परमेश्वरको महिमा र प्रशंसा गर्दै फर्केर गए।
21
आठौँ दिनमा बालकलाई इस्राएली व्यवस्थाअनुसार गरिने खतना गर्दा उहाँको नाउँ येशू राखियो, जुन नाउँचाहिँ उहाँ आमाको कोखमा रहनुभन्दा पहिले नै स्वर्गदूतले राख्नू भनेका थिए।
22
मोशाले दिएको व्यवस्थाअनुसार जब उहाँहरूको चोखिने समय पूरा भयो, उहाँका आमा-बुबाले उहाँलाई यरूशलेमको मन्दिरमा परमेश्वरको सामु ल्याए
23
किनभने प्रभु परमेश्वरको व्यवस्थामा लेखिएको छ, “प्रत्येक जेठा छोरा परमेश्वरको निम्ति पवित्र कहलाइनेछ।”
24
साथै प्रभु परमेश्वरको व्यवस्थाले भनेजस्तै ढुकुर वा परेवाको एक जोर बचेरा पनि बलि चढाउनुपर्थ्यो।
25
त्यस बेला शिमियोन भन्ने मानिस यरूशलेममा बस्थे। उनी धार्मिक मानिस थिए र परमेश्वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो।
26
‘प्रभु परमेश्वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो।
27
पवित्र आत्माबाट अगुवाइ पाएर शिमियोन मन्दिरमा गए। त्यतिखेर नै व्यवस्था पूरा गर्न मरियम र योसेफ पनि येशूलाई लिएर मन्दिरमा आइपुगे।
28
शिमियोनले बालकलाई अँगालोमा लिएर परमेश्वरको प्रशंसा गर्दै भने,
29
“हे प्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, अब आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्
30
किनभने तपाईंले पठाउनुभएको मुक्तिदातालाई मैले आफ्नै आँखाले देख्न पाएँ।
31
तपाईंले उहाँलाई सबै जातिका मानिसहरूले देखून् भनेर पठाउनुभएको हो,
32
उहाँ नै अरू जातिका मानिसहरूलाई तपाईंको बाटो देखाउने ज्योति हुनुहुन्छ र उहाँ नै तपाईंका इस्राएलीहरूको महिमा गराउनुहुने हुनुहुन्छ।”
33
बालकको बारेमा शिमियोनले भनेका कुरा सुनेर उहाँका आमा र बुबा छक्क परे।
34
शिमियोनले उहाँहरूलाई आशीर्वाद दिएर बालककी आमा मरियमलाई भने, “सुन, इस्राएलमा धेरैको उद्धार वा नाश होस् भनेर परमेश्वरले तिम्रा बालकलाई नै छान्नुभएको छ। उहाँ परमेश्वरले देखाउनुहुने चिन्ह हुनुहुन्छ, जसलाई धेरैले विरोध गरेर आफ्ना हृदयका विचारहरू प्रकट गर्नेछन्
35
अनि तिम्रो हृदय भने तिखो तरवारले घोचेजस्तै दु:खले भरिएर छियाछिया हुनेछ।”
36
मन्दिरमा हन्ना भन्ने एक जना बुढी अगमवादिनी थिइन्। उनी आशेर कुलका फनुएलकी छोरी थिइन्। विवाह भएको सात वर्षपछि नै उनी विधवा भएकी थिइन्
37
र अब उनी चौरासी वर्ष जति भएकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइनन, उपवास र प्रार्थनासाथ रातदिन तिनी परमेश्वरलाई पुज्थिन्।
38
उनले पनि मरियम र योसेफको छेउमा आएर परमेश्वरलाई धन्यवाद चढाइन् र यरूशलेमको छुट्काराको बाटो हेर्नेहरूलाई येशूको बारेमा बताइन्।
39
प्रभु परमेश्वरको व्यवस्थाले भनेअनुसार गर्नुपर्ने जति सबै काम गरिसकेर योसेफ र मरियम बालक येशूलाई लिएर आफ्नै सहर नासरतमा फर्के।
40
बालक येशू बढ्दै बल, बुद्धि र ज्ञानले भरिंदै जानुभयो र परमेश्वरको आशीर्वाद उहाँमाथि रहेको थियो।
41
येशूका आमा-बुबा वर्षेनी मुक्ति-दिवस भनिने चाड मनाउन यरूशलेममा जाने गर्थे।
42
येशू बाह्र वर्षको हुनुहुँदा उनीहरूले येशूलाई सँगै लिएर चाड मनाउन गए।
43
चाड मानिसकेपछि उनीहरू घर फर्के। येशूचाहिँ यरूशलेममा नै बस्नुभयो। तर उहाँका आमा-बुबालाई यो कुरा थाहै भएन।
44
येशू अरू साथीहरूसँगै हुनुहुन्छ भन्ने सम्झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्न लागे।
45
छोरालाई कहीँ पनि नपाउँदा उनीहरू येशूलाई खोज्न यरूशलेमतिर फर्के।
46
खोज्दाखोज्दै तीन दिन बितेपछि बल्ल उनीहरूले छोरालाई मन्दिरमा भेट्टाए। उहाँ धर्म-गुरुहरूसँग बसेर तिनीहरूको कुरा सुन्दै र प्रश्न गर्दै हुनुहुन्थ्यो।
47
उहाँको ज्ञान-बुद्धि र उत्तर देखेर सबै छक्क परे।
48
त्यसरी छोरालाई त्यहाँ देख्दा उहाँका आमा-बुबाले अचम्म पनि माने। मरियमले सोधिन्, “बाबु, तिमीले यो के गरेको? हेर, तिम्रा बुबा र म आत्तिएर तिमीलाई खोजिरहेका थियौं!”
49
“तपाईंहरूले मलाई किन खोज्नुभएको? म आफ्ना पिताको घरमा रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो।
50
तर उहाँले भन्नुभएका कुरा मरियम र योसेफले बुझ्नै सकेनन्।
51
त्यसपछि येशू आमा-बुबासँग नासरतमा फर्किनुभयो र उनीहरूको आज्ञा मानेर बस्नुभयो। उहाँकी आमा मरियमले चाहिँ यी सबै कुराहरू नबिर्सीकन मनैमा राखिन्।
52
येशू भने परमेश्वर र मानिस दुवैको अनुग्रह पाएर शरीर र बुद्धिमा बढ्दै-बढ्दै जानुभयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24