bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 14
Luke 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
1
एक पवित्र विश्राम दिनमा येशू निम्तो पाएर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूका अगुवाको घरमा खान जानुभयो। त्यहाँ भेला भएका मानिसहरूले उहाँको चियो गर्दै थिए।
2
एक जना हात-खुट्टा सुनिएको मानिस येशूको अगाडि बसिरहेको थियो।
3
येशूले धर्म-गुरु र फरिसीहरूलाई सोध्नुभयो, “व्यवस्थाअनुसार पवित्र विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?”
4
तर तिनीहरूले केही भनेनन्। उहाँले त्यस बिरामीलाई छोएर निको पारी पठाइदिनुभयो।
5
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसैको छोरा-छोरी वा गाई-गोरु पवित्र विश्रामको दिन कुवामा परे भने के त्यसलाई झट्टै निकाल्दैनौ र?”
6
फेरि पनि तिनीहरूले केही पनि भन्न सकेनन्।
7
त्यहाँ आउने पाहुनाहरूले मुख्य-मुख्य ठाउँ छानेको देखेर येशूले दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो,
8
“तिमीहरू कसैको विवाहमा जाँदा मुख्य ठाउँ छानेर नबस। तिमीहरूभन्दा कोही ठूलो मानिसलाई पनि निम्तो होला।
9
ऊ आइपुग्दा निम्तो दिनेले ‘यहाँलाई ठाउँ देओ’ भनेर तिमीलाई बसेको ठाउँबाट उठाउलान्। त्यस बेला तिमी लाजले रातो भएर सबैभन्दा तल बस्नुपर्ला।
10
बरु विवाहमा जाँदा पछिल्तिर गएर बस र निम्त्याउने आएर तिमीलाई ‘भित्र आउनुहोस्, माथि पाल्नुहोस्’ भनेर मुख्य ठाउँमा बसाउला। त्यस बेला सबैको सामुन्ने तिम्रो ठूलो इज्जत हुनेछ
11
किनभने आफैं ठूलो हुन खोज्नेहरू सबै होच्याइनेछन् र आफूलाई होच्याउनेहरूचाहिँ ठूलो बनाइनेछन्।”
12
येशूले आफूलाई निम्त्याउने अगुवालाई भन्नुभयो, “भोज लाउँदा तिमीले खालि आफन्त, दाजुभाइ, इष्टमित्र अनि धनी छरछिमेकीहरूलाई मात्र ननिम्त्याऊ। तिनीहरूले पैंचो तिर्न तिमीलाई पनि बोलाइहाल्छन्।
13
बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई निम्त्याऊ।
14
तब तिमी धन्य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्वरले नै तिमीलाई इनाम दिनुहुनेछ।”
15
येशूको कुरा सुनेर उहाँसँगै खान बस्ने एक जनाले भने, “परमेश्वरको राज्यमा भोज खान पाउनेहरू कति धन्य हुन्छन्।”
16
येशूले तिनलाई दृष्टान्त दिँदै यसरी जवाफ दिनुभयो, “कुनै एक जना मानिसले ठूलो भोजको तयारी गरेर धेरै मानिसहरूलाई निम्तो दिए।
17
भोज खाने बेला भएपछि उनले आफ्ना निम्तालुहरूलाई ‘खाने बेला भयो’ भनेर डाक्न आफ्ना नोकरहरू पठाए।
18
तर ती निम्तालुहरूले एक-एक वटा बहाना गरेर आउन मानेनन्। एउटाले भन्यो, ‘मैले खेत किनेको छु, त्यो हेर्न जानुछ। मलाई माफ गर्नुहोस्, म आउन सक्दिनँ।’
19
अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र आजै तिनीहरूको काम जाँची हेर्न जाँदै छु। मलाई माफ गर्नुहोस्।’
20
तेस्रोले भन्यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्यसकारण म आउन सक्दिनँ।’
21
नोकरले फर्केर सबै कुरा मालिकलाई सुनायो। रिसले झोकिएर मालिकले भने, ‘झट्टै सहरका बाटो-घाटो र गल्लीहरूमा जाऊ। त्यहाँबाट गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई बोलाएर यहाँ ल्याऊ।’
22
“यति गरेपछि नोकरले मालिकलाई भन्यो, ‘हजुर, तपाईंले भन्नुभएका सबैलाई मैले बोलाएर ल्याएँ। तैपनि अझै ठाउँ त खाली छ।’
23
फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्!
24
“पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्’।”
25
एक दिन मानिसहरूको ठूलो हुल येशूसँग जाँदै थियो। येशूले तिनीहरूतिर फर्केर भन्नुभयो,
26
“मेरो पछि लाग्न चाहनेले आफ्ना आमा-बुबा, जहान, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी र आफैंलाई भन्दा बढी मलाई प्रेम गर्नुपर्छ नत्र ऊ मेरो चेला हुन सक्दैन।
27
आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्नेचाहिँ मेरो चेला हुन सक्दैन।
28
“यदि कसैले धरहरा बनाउन चाहन्छ भने पैसाले पुग्छ कि पुग्दैन, कति खर्च लाग्छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र?
29
यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्ला गर्दै भन्नेछन्,
30
‘यो मान्छेले बनाउन त थाल्यो, तर पूरा गर्नै सकेन!’
31
फेरि, कुनै राजाले अर्को राजासँग लडाइँ गर्न जाँदा ‘दश हजार सेना लिएर म बीस हजार सेना हुनेसँग लड्न सक्छु कि सक्दिनँ’ भनेर पहिले नै बसेर सोच्छन्!
32
लड्न नसक्ने भए पहिले नै तिनले आफ्ना दूतहरूलाई के गरी मेलमिलाप हुन सक्छ भनी बुझ्न पठाउनेछन्।
33
त्यसरी नै तिमीहरूमध्ये जसले मेरो लागि सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन।
34
“नुन असल चीज हो, तर नुनको स्वाद गयो भने त्यो फेरि केले नुनिलो पार्ने?
35
त्यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्छ। मानिसले त्यसलाई फ्याँकिदिन्छन्। जसको कान छ, त्यसले सुनोस्।”
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
Luke Commentaries
→
Devotional
Luke Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→