bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Luke 21
Luke 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
1
मन्दिरमा येशूले हेर्नुहुँदा धनी मानिसहरूले मन्दिरको दान हाल्ने बाकसमा भेटी चढाइरहेका र
2
एउटी गरीब विधवाले पनि तामाको दुई सिक्का चढाएको देख्नुभयो।
3
यो देखेर येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबैले भन्दा धेरै भेटी चढाएकी छिन्
4
किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका छन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि आफूमा भएको पूरा जीविका चलाउने खर्च नै चढाएकी छिन्।”
5
एकपल्ट चेलाहरूले, “राम्रा-राम्रा ढुङ्गाहरूले बनाइएको र चढाइएका भेटीहरूद्वारा सिङ्गारिएको यो मन्दिर कति सुन्दर छ!” भन्दै कुरा गरिरहेका थिए। येशूले भन्नुभयो,
6
“यस्तो समय आउनेछ, जुन समयमा अहिले यहाँ देखिएका घरहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ!”
7
तिनीहरूले भने, “गुरुज्यू, यो कहिले हुनेछ? अनि यस्तो हुन लाग्यो भनी हामीले कसरी थाहा पाउने?”
8
येशूले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्ट मै हुँ’ भन्दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्नेछन् तर तिनीहरूको पछि नलाग।
9
घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्यति नै खेर त संसारको अन्त हुँदैन!”
10
येशूले फेरि भन्नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ।
11
ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्नेछ। आकाशमा डरलाग्दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्हहरू देखिनेछन्।
12
“यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्यालखानमा हाल्नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्याउनेछन्।
13
त्यस बेला तिमीहरूलाई मेरो बारेमा साक्षी दिने मौका मिल्नेछ।
14
तर आफ्नो बचाउको लागि के भन्ने हो भनेर पटक्कै चिन्ता नगर
15
किनभने म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्नेछ।
16
आफ्नै आमा-बुबा, दाजुभाइ, आफन्त र साथीहरूले समेत तिमीहरूलाई पक्राइदिनेछन्। तिमीहरूमध्ये कतिलाई त तिनीहरूले मार्नेछन्।
17
मेरो कारणले सबैले तिमीहरूलाई घृणा गर्नेछन्।
18
तर एउटै केश पनि तिमीहरूको टाउकोबाट झर्नेछैन।
19
डटेर बस र तिमीहरूले जीवन पाउनेछौ।
20
‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्ने कुरा तिमीहरूले बुझ।
21
त्यस बेला यहूदिया क्षेत्रमा हुनेहरू पहाडतिर भागून्, सहरभित्र हुनेहरूले सहर छोडून् र गाउँतिर हुनेहरू सहरमा नपसून्
22
किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्।
23
त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्ठ्यारोपर्नेछ। देशभरि डरलाग्दो दु:ख आइपर्नेछ। परमेश्वरको दण्ड यस जातिका मानिसहरूमाथि खनिनेछ।
24
शत्रुहरूले मानिसहरूलाई कि त तरवारले टुक्र्याउनेछन् कि त कैद गरेर देश-देशमा लैजानेछन्। अरू जातिका मानिसहरूको दिन पूरा नहुञ्जेल तिनीहरूले यरूशलेमलाई कुल्ची-मिल्ची गर्नेछन्।
25
“घाम, जून र ताराहरूमा अनौठा चिन्हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्दा छालहरूले गर्दा पृथ्वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्।
26
पृथ्वीमा आइलाग्ने कुराहरूको डरले मानिसहरू मुर्च्छा पर्नेछन् किनभने आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
27
त्यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ।
28
त्यस्ता कुराहरू हुनेबित्तिकै साहसी भएर माथितिर हेर किनभने तिमीहरूको उद्धार चाँडै हुनेछ।”
29
त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “नेभारा र अरू रूखहरूलाई हेर,
30
तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले गर्मीको याम लागेछ भनेर जान्दछौ।
31
त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा परमेश्वरको राज्य आइसक्न लागेछ भनेर तिमीहरूले जान्नेछौ।
32
साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो जाति नाश हुनेछैन।
33
आकाश र पृथ्वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्नेछैनन्।
34
“चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ।
35
एक्कासि पासोमा परेजस्तै “त्यो दिन” पृथ्वीका सबै मानिसहरूमाथि आइपर्नेछ।
36
त्यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्ने उभिन सक्ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्वरसँग सधैँ प्रार्थना गर।”
37
ती दिनहरूमा येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र रातीचाहिँ सहरबाट निस्केर जैतुन भन्ने डाँडामा बास बस्न जानुहुन्थ्यो।
38
सबै मानिसहरू बिहानै उहाँको शिक्षा सुन्न मन्दिरमा आउँथे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24