bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 1
Matthew 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 2 →
1
अब्राहाम र दाऊदका सन्तान येशू ख्रीष्टको वंशावली–
2
अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए।
3
यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम,
4
आरामका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा नहशोन, नहशोनका छोरा सल्मोन,
5
सल्मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै
6
र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्वास्नी थिइन्।
7
सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा,
8
आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्जियाह,
9
उज्जियाहका छोरा योताम, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया,
10
हिजकियाका छोरा मनश्शे, मनश्शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए।
11
बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्मे।
12
बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्मे, शालतिएलका छोरा यरुबाबेल,
13
यरुबाबेलका छोरा अबिउद, अबिउदका छोरा एल्याकीम, एल्याकीमका छोरा आजोर,
14
आजोरका छोरा सादोक, सादोकका छोरा आखिम, आखिमका छोरा एलिउद,
15
एलिउदका छोरा एलाजार, एलाजारका छोरा मत्तान, मत्तानका छोरा याकूब,
16
र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्टकी आमा मरियमका लोग्ने थिए। यिनै मरियमले ख्रीष्ट भनिने येशूलाई जन्माइन्।
17
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता हुन्छ अनि दाऊददेखि इस्राएलीहरू बेबिलोनमा लगिएको बेलासम्म चौध पुस्ता नै हुन्छ। अनि त्यस समयदेखि ख्रीष्ट जन्मिने समयसम्म फेरि चौध पुस्ता नै हुन आउँछ।
18
अब येशू ख्रीष्टको जन्म यसरी भयो— उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्माबाट गर्भवती भएकी थिइन्।
19
योसेफ धर्मी मानिस थिए। त्यसो हुँदा उनले मानिसको सामुन्ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्क त्याग्ने विचार गरे।
20
यस्तो विचार गरिरहँदा परमप्रभुका स्वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्याउन नडराऊ। उनको गर्भ त पवित्र आत्माबाट रहेको हो।
21
उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्नू किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।”
22
परमेश्वरले अगमवक्ताबाट बोल्नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो–
23
“हेर, कन्येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्मानुएल भन्नेछन्।” इम्मानुएल भनेको चाहिँ परमेश्वर हामीसित हुनुहुन्छ।
24
योसेफ निद्राबाट बिउँझे र स्वर्गदूतले सपनामा भनेका कुरा मानेर मरियमलाई विवाह गरी आफूकहाँ ल्याए।
25
तर मरियमले छोरो नजन्माउञ्जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्माएपछि योसेफले ती बालकको नाउँ येशू राखे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28