bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 19
Matthew 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 20 →
1
येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो।
2
मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो।
3
अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्नी पत्नी त्याग्नुहुन्छ कि हुँदैन?”
4
येशूले जवाफ दिँदै भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? सुरुमा सृष्टिकर्ताले मानिसलाई पुरुष र स्त्री गरी बनाउनुभयो।
5
‘त्यसकारण पुरुषले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी पत्नीसँगै बस्छ र ती दुई मिलेर एउटै हुन्छन्।’
6
त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”
7
फरिसीहरूले उहाँलाई सोधे, “त्यसो भए किन मोशाले पत्नी त्याग्नेलाई त्यागपत्र लेखेर त्याग्नू भनेको त?”
8
येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्नी त्याग्न सकिन्छ भनेका हुन्। तर सुरुमा त त्यस्तो थिएन।
9
हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।”
10
उहाँका चेलाहरूले भने, “पति-पत्नीको सम्बन्ध यस्तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।”
11
येशूले भन्नुभयो, “मैले भन्न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्छन्, जसलाई परमेश्वरले दिनुहुन्छ।
12
बिहे नगर्ने बेग्लाबेग्लै कारणहरू हुन्छन् किनभने कति त जन्मैदेखि नपुंसक हुन्छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्छन् अनि कतिचाहिँ परमेश्वरको राज्यको लागि बिहे नगर्ने पनि हुन्छन्। अब मान्न सक्नेले चाहिँ यो कुरा मानोस्।”
13
त्यस बेला येशूले आफ्ना हात राखेर आशिष् देऊन् र प्रार्थना गरून् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हप्काए।
14
तर येशूले भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो।”
15
अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो।
16
एकपल्ट एक जना तन्नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्यू, अजम्मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?”
17
येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्छौ? असल त एउटै मात्र हुनुहुन्छ। तिमीले अजम्मरी जीवन पाउन चाहन्छौ भने परमेश्वरकै व्यवस्था पालन गर।”
18
तिनले सोधे, “कुन आज्ञाहरू भन्नुभएको?” येशूले भन्नुभयो, “यिनै त हुन्— मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू।
19
आमा-बुबाको आदर गर्नू अनि आफ्ना छरछिमेकीलाई पनि आफैंलाई जस्तै प्रेम गर्नू।”
20
तन्नेरी मानिसले भने, “यी सबै आज्ञाहरू त मैले मान्दै आएकै छु। अरू के गर्नुपर्छ?”
21
येशूले तिनलाई भन्नुभयो, “तिमी साँच्चै ठीक हुन खोज्छौ भने गएर भएभरको सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।”
22
यस्तो कुरा सुनेर ती तन्नेरी मानिस अँध्यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो।
23
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न धेरै गाह्रो छ।
24
फेरि म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।”
25
चेलाहरूले छक्क पर्दै भने, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?”
26
येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने कुरा हो, तर परमेश्वरबाट भने सबै कुरा हुन सक्छ।”
27
त्यसपछि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं। हामीले के पाउनेछौं?”
28
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मानव पुत्र त्यस नयाँ राज्यमा आफ्नो जगमगाउँदो राजसिंहासनमा बस्नेछ। त्यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्ना बाह्रवटा सिंहासनमा बस्नेछौ र इस्राएलका बाह्र कुलको न्याय गर्नेछौ।
29
मेरो लागि आफ्नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्गा-जमिन त्याग्नेहरूले योभन्दा सय गुणा बढी र अजम्मरी जीवनसमेत पाउनेछन्।
30
तर अहिले पहिला हुनेहरूमध्ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28