bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 2
Matthew 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 3 →
1
येशू यहूदियाको बेथलेहेम भन्ने गाँउमा जन्मिनुभएको थियो। त्यस समयमा हेरोद त्यहाँका राजा भएका थिए। येशू जन्मिनुभएपछि पूर्वबाट ज्योतिषीहरू उहाँलाई खोज्दै यरूशलेममा आए।
2
तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्छ? हामीले उहाँको जन्म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्यौं र उहाँको दर्शन गर्न आएका हौं।”
3
यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्चियो।
4
अनि हेरोद राजाले मुख्य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्टको जन्म कहाँ हुनेछ?”
5
तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्—
6
‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्केर आउनेछन् र उनले नै गोठालाले जस्तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।”
7
यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए।
8
त्यसपछि उनले तिनीहरूलाई बेथलेहेमतिर पठाउँदै भने, “तपाईंहरूले गएर बालकको बारेमा सबै कुरा ठीकसँग पत्ता लगाएर मलाई खबर गर्नुहोस् र म पनि गएर उहाँको दर्शन गर्नेछु।”
9
हेरोद राजाले भनेको मानेर ती ज्योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्यही तारालाई फेरि देखे। त्यो तारा तिनीहरूको अघि-अघि लाग्यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्क अडियो।
10
यो देखेर तिनीहरू खुसीले गदगद भए।
11
त्यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए।
12
पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्ने परमेश्वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्के।
13
ती ज्योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्वरका स्वर्गदूतलाई देखे र स्वर्गदूतले उनलाई भने, “तुरुन्तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्जेल तिमीहरू त्यहीँ नै बस्नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।”
14
यस्तो सपना देखेपछि योसेफ आमा-छोरालाई लिएर राती नै मिश्रदेशतिर लागे।
15
अनि हेरोद नमरुञ्जेल तिनीहरू त्यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्न लाउनुभएको यो कुरा पूरा हुन आएको हो— “मैले मिश्रदेशबाट आफ्नो छोरालाई बोलाएँ।”
16
ज्योतिषीहरूले आफूलाई छकाएछन् भन्ने कुरा थाहा पाएर हेरोद राजा रिसले चुर भए। उनले यसो गर्न लगाए। तारा उदाएको समय ज्योतिषीहरूबाट थाहा पाएअनुसार उनले बेथलेहेम र त्यस वरपरका गाउँहरूमा भएका दुई वर्षसम्मका सबै बालकहरूलाई मार्न लगाए।
17
त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो—
18
“रामामा खैलाबैला सुनिंदै छ, रुवाबासी र बिलौना। राहेल आफ्ना बालकहरूका निम्ति रोइरहेकी छिन्। तिनलाई कसैले पनि शान्त गराउन सकेनन् किनभने सबै बालक मरेका छन्।”
19
हेरोद मरेपछि परमप्रभुका स्वर्गदूतले मिश्रदेशमा योसेफलाई सपनामा देखा परेर भने,
20
“उठ, अब आमा-छोरालाई लिएर इस्राएलमा फर्क किनभने बालकलाई मार्न खोज्ने मानिस मरिसक्यो।”
21
त्यसपछि योसेफ आमा-छोरालाई लिएर इस्राएल देशमा फर्के।
22
तर हेरोदको छोरा अर्खिलाउस यहूदियाका राजा भएका छन् भन्ने सुनेर योसेफलाई त्यहाँ जान डर लाग्यो। अनि फेरि परमेश्वरबाट सपनामा चेतावनी पाएर उनीहरू गालील गए
23
र त्यहीँ नासरत भन्ने सहरमा गएर बसे। यसरी नै अगमवक्ताले “उहाँलाई नासरी भनिनेछ,” भनेको कुरा पूरा भयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28