bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 4
Matthew 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 5 →
1
त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो।
2
उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।
3
त्यसै बेला शैतानले उहाँकहाँ आएर भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्नुहोस्।”
4
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ— खानेकुराले मात्रै मानिस बाँच्तैन, तर ऊ परमेश्वरको मुखबाट निक्लेको हरेक बोलीले बाँच्दछ।”
5
त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो,
6
“यदि साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने लौ यहाँबाट तल हाम फाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ— ‘परमेश्वरले तिम्रो लागि आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्’।”
7
येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ— ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।”
8
फेरि शैतानले येशूलाई एउटा अग्लो पहाडमा लग्यो र संसारका सबै राज्य र तिनीहरूको चमक देखाउँदै भन्यो,
9
“मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।”
10
येशूले भन्नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्त्रमा लेखिएको छ— ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्’।”
11
शैतानले येशूलाई छोडेर गयो अनि स्वर्गदूतहरू आएर येशूको सेवा गरे।
12
यूहन्ना थुनामा परेका छन् भन्ने कुरा सुनेर येशू गालीलतिर जानुभयो।
13
तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्ताली कुलका क्षेत्रमा पर्थ्यो।
14
यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो।
15
“यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्ने अरू जातिका मानिसहरू हो!
16
अन्धकारमा बस्नेहरूले ठूलो उज्यालो देख्नेछन्। मृत्यु र अन्धकारमा परेकाहरू, तिमीहरूमाथि त्यो ठूलो उज्यालो चम्कनेछ।”
17
त्यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्नुभयो, “आ-आफ्नो पापलाई मानिलिएर त्यसलाई छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।”
18
एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियास थिए।
19
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्छे समात्ने जलाहारी बनाउनेछु।”
20
यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे।
21
त्यसपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई भेट्नुभयो। तिनीहरू आफ्ना बुबा जब्दियासँग नाउमा बसेर जाल तुन्दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो।
22
तब तिनीहरूले तुरुन्तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे।
23
येशू गालील क्षेत्रभरि घुम्नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्वरको राज्य आइसक्न लाग्यो भन्ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो।
24
त्यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्यो। मानिसहरूले सबै किसिमका रोग र व्यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्याए। तिनीहरूमध्ये कसैलाई दुष्टात्मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो।
25
धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28