bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 21
Matthew 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
1
यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्ने ठाउँमा आइपुग्नुभयो। त्यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
2
“तिमीहरू ऊ त्यो पल्लो गाउँमा जाओ। गाउँमा पस्नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ।
3
यदि कसैले तिमीहरूलाई केही कुरा भन्यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्छन्।”
4
अगमवक्ताले धर्मशास्त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्तो हुन आएको हो—
5
“सियोनका बासिन्दाहरूलाई भनिदेओ, ‘हेर, अब तिमीहरूका महाराजा तिमीहरूकहाँ आउँदै हुनुहुन्छ, उहाँ नम्र भएर गधामा चढेर आउँदै हुनुहुन्छ, उहाँको सवारी गधाकै बछेडामाथि हुँदै छ’।”
6
ती दुई चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे।
7
तिनीहरूले गधाको बछेडा माउसँगै लिएर आए र तिनका पिठमा आ-आफ्ना खास्टो ओछ्याइदिए अनि येशू चढ्नुभयो।
8
मानिसहरूले आ-आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्याउलाहरू ल्याएर बाटोमा ओछ्याइदिए।
9
येशूको अघि र पछि हिँड्ने सबै मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ! सबैभन्दा माथि स्वर्गमा हुनुहुने परमेश्वरको जयजयकार होस्!”
10
उहाँ यरूशलेममा पस्नुहुँदा सहरभरि नै हलचल मच्चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?”
11
धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्छ।”
12
येशू पवित्र मन्दिरमा जानुभयो अनि त्यहाँ किनबेच गरेर बस्नेहरू सबैलाई मन्दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका बस्ने आसनहरू पल्टाइदिनुभयो।
13
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ— ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”
14
त्यसपछि अन्धा र लङ्गडाहरू मन्दिरमा येशूकहाँ आए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
15
यी अचम्मका कामहरू देखेर र मन्दिरमा केटा-केटीहरूले कराउँदै “दाऊद पुत्रको जय होस्!” भनेको सुनेर मुख्य पूजाहारी र धर्म-गुरुहरू रिसाए।
16
तिनीहरूले येशूलाई भने, “यी केटा-केटीहरूले के भनिरहेका छन्, तपाईंले सुन्नुहुन्न?” “सुन्दै छु, तर ‘हे प्रभु, केटा-केटी र बालकहरूलाई समेत तपाईंले प्रशंसा गर्न लगाउनुभएको छ’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूले पढेका छैनौ?” येशूले जवाफ दिनुभयो।
17
अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्की बेथानिया गाउँमा जानुभयो र राती त्यहीँ नै बास बस्नुभयो।
18
भोलिपल्ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्यो।
19
बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्यस रूखको नजिक जानुभयो, तर त्यसमा पातबाहेक केही थिएन। उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँमा कहिल्यै पनि फल नफलोस्।” त्यो नेभाराको रूख त त्यतिखेरै सुकिहाल्यो।
20
यो देखेर चेलाहरूले छक्क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्यो?”
21
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्वास गर्यौ भने नेभाराको रूखलाई मैले गरेजस्तै गर्न सक्छौ र त्यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ।
22
यदि विश्वास गर्यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्यो पाउनेछौ।”
23
येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। त्यस बेला मुख्य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?”
24
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ दियौ भने मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु।
25
लौ भन, यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले यूहन्नालाई किन विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्।
26
यदि मानिसबाट भनौं भने हामीहरूलाई मानिसहरूले मार्ने डर हुन्छ किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्छन्।”
27
यसकारण तिनीहरूले येशूलाई भने, “खै, हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।”
28
अनि येशूले अझै भन्नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’।
29
‘म त जान्नँ!’ उसले बुबालाई भन्यो। तर पछि उसको मन फेरियो र काममा गयो।
30
अनि बुबाले गएर अर्को छोरालाई पनि त्यसै भने। ‘हुन्छ, बुबा!’ त्यसले भन्यो। तर काममा चाहिँ गएन।
31
अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कर उठाउने र वेश्याहरू त तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यमा पस्छन्
32
किनभने बप्तिस्मा दिने यूहन्ना सत्य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्वास गरेनौ। बरु कर उठाउने र वेश्याहरूले चाहिँ विश्वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ र उनलाई विश्वास गरेनौ।”
33
येशूले भन्नुभयो, “लौ अब तिमीहरू दृष्टान्तको रूपमा अर्को एउटा कथा सुन। एक समयमा एक जना जमिनदार थिए। उनले दाखबारी लगाए, चारैतिर बारे अनि दाख पेल्न कोल र बारी कुर्न छाप्रो बनाइदिए। उनले त्यो बारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे।
34
दाखबारी थन्क्याउने बेला भएपछि उनले आफ्ना नोकरहरूलाई आफ्नो भागमा आउने दाख लिन मोहीहरूकहाँ पठाए।
35
तर ती मोहीहरू मिलेर नोकरहरूमाथि जाइलागे, कसैलाई पिटे, कसैलाई ढुङ्गाले हाने अनि कसैलाई चाहिँ मारि नै दिए।
36
फेरि जमिनदारले पहिलेका भन्दा धेरै नोकरहरू मोहीहरूकहाँ पठाए। तर तिनीहरूलाई पनि मोहीहरूले पहिलेकाहरूलाई जस्तै गरे।
37
“आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्कै नै आदर गर्नेछन्’ भन्ने ठानेर आफ्नै छोरालाई नै मोहीहरूकहाँ पठाए।
38
तर ती मोहीहरूले छोरोचाहिँ लाई देख्नासाथ मतो गरेर भने, ‘लौ, त्यो त जमिनदारकै छोरो हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति आफ्नो पारौं।’
39
यसो भनेर तिनीहरूले उसलाई पक्रेर बारीबाट घोक्र्याउँदै बाहिर लगी मारे।
40
“लौ भन, अब बारीका मालिकले आएर ती दुष्ट मोहीहरूलाई के गर्लान् त?” येशूले सोध्नुभयो।
41
तिनीहरूले जवाफ दिए, “तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् अनि आफूले पाउनुपर्ने भाग ठीकसँग दिने मोहीहरूलाई त्यो बारी कमाउन दिनेछन्।”
42
तब येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा पढेका छैनौ?— डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा बन्न आयो। त्यस्तो त प्रभु परमेश्वर आफैंले हुन दिनुभएको हो, यो कति अचम्मको काम रहेछ!
43
“त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य अब तिमीहरूबाट खोसेर फल फलाउने अर्को एक जातिलाई दिइनेछ।
44
त्यस ढुङ्गामाथि बजारिने सबै चकनाचुर हुनेछन् अनि कसैमाथि त्यो ढुङ्गा बजारियो भने ऊ धुलोपिठो हुनेछ।”
45
येशूले भन्नुभएका यी दृष्टान्तहरू सुनेर मुख्य पूजाहारी र फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले यो कुरा आफूहरूलाई नै भनेको हो भनी बुझे।
46
त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर तिनीहरू मानिसहरूदेखि डराए किनभने मानिसहरूले येशूलाई अगमवक्ता हुन् भनेर मान्थे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28