bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 24
Matthew 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
1
येशू मन्दिरबाट निस्केर जाँदै हुनुहुन्थ्यो। त्यति बेलै चेलाहरू आएर उहाँलाई मन्दिरको सुन्दरता देखाए।
2
अनि येशूले भन्नुभयो, “तिमीहरूले यी सब देख्नेछौ? साँच्चै म तिमीहरूलाई भन्छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ।”
3
केही समयपछि येशू जैतुन डाँडामा बसिरहनुभएको बेलामा चेलाहरूले सुटुक्क आएर उहाँलाई सोधे, “गुरुज्यू, हामीलाई भन्नुहोस् न, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईं फर्की आउन लाग्नुभएको र संसारको अन्त हुन आँटेको छ भनी हामीले कसरी थाहा पाउन सक्छौं?”
4
येशूले जवाफ दिनुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस्
5
किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्ट मै हुँ’ भन्दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्।
6
तिमीहरूले लडाइँ भयो भन्ने र लडाइँ हुने हल्लाहरू सुन्नेछौ। तर त्यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन।
7
जाति-जातिको बीचमा लडाइँ चल्नेछ। अनि एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ।
8
यी कुराहरू त दु:खको सुरु मात्रै हो।
9
“त्यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्।
10
त्यस बेला धेरैले आफ्नो विश्वासलाई त्याग्नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्।
11
धेरै झूटा अगमवक्ताहरू निस्केर धेरै मानिसहरूलाई छकाउनेछन्।
12
जताततै दुष्टता बढ्ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ।
13
तर आखिरसम्मै स्थिर रहनेहरूचाहिँ बचाइनेछ।
14
सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्वरको राज्यको सुसमाचार संसारभरि सुनाइनेछ। त्यसपछि संसारको अन्त हुनेछ।
15
“अगमवक्ता दानिएलले ‘मन्दिरको पवित्र ठाउँमा घिनलाग्दो कुरा राखिएको हुनेछ’ भनेको तिमीहरूले देख्नेछौ। (यसको अर्थ पढ्नेहरूले बुझून्)।
16
त्यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्।
17
घरका छतमा हुनेहरू सामान लिन भित्र जाँदैनजाऊन्।
18
खेत-बारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन फर्केर घरमा नजाऊन्।
19
त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् बिजोग हुनेछ।
20
जाडो महिना र विश्रामको दिनमा भाग्नुनपरोस् भनेर तिमीहरूले परमेश्वरसँग प्रार्थना गर
21
किनभने ती दिनहरूमा आइपर्नेजस्तो आपत् र हाहाकार त संसारको सुरुदेखि अहिलेसम्म भएकै छैन र पछि पनि हुनेछैन।
22
परमेश्वरले ती आपत्का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्न सक्ने थिएनन्। तर आफ्ना छानेका मानिसहरूको कारणले गर्दा उहाँले ती दिन घटाइदिनुहुनेछ।
23
“ ‘हेर, मुक्ति दिनुहुने राजा ख्रीष्ट त यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ’ भनेर तिमीहरूलाई कसैले भन्दैमा त्यो कुरा नपत्याओ
24
किनभने यस्ता झूटा ख्रीष्ट र झूटा अगमवक्ताहरू देखापर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्ह र अचम्मका कामहरू देखाएर सकेसम्म परमेश्वरले छानेका मानिसहरूलाई पनि झुक्याउनेछन्।
25
“हेर, मैले तिमीहरूलाई यो कुरा अघिबाटै भनिदिएको छु है।
26
मानिसहरूले तिमीहरूलाई ‘उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भने पनि तिमीहरू त्यहाँ नजाओ। तिनीहरूले ‘हेर, उहाँ त भित्र कोठामा बस्नुभएको छ’ भने पनि तिमीहरू त्यो कुरा नपत्याओ
27
किनभने आकाशमा पूर्वदेखि पश्चिमसम्म बिजुली चम्किएजस्तै म मानव पुत्र आउँदा हुनेछ।
28
जहाँ सिनु छ, त्यहीँ नै गिद्धहरू धुरिन्छन्!
29
“ती आपत्का दिनहरू बितेपछि घाम तुरुन्तै अँध्यारो हुनेछ, जूनले उज्यालो दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन् अनि आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
30
त्यसपछि आकाशमा मानव पुत्र आउने चिन्ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्।
31
तुरही फुकिनेछ अनि मानव पुत्रले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनेछन् र परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।
32
“नेभाराको रूखबाट केही कुरा सिक। यसका हाँगाहरू टुसाएर पालुवा हालेपछि गर्मी चढेछ भनेर थाहा हुन्छ।
33
त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा मेरो आउने बेला आइपुग्नै आँटेको छ भनी तिमीहरूले जान्नेछौ।
34
साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो पुस्ता बित्नेछैन।
35
आकाश र पृथ्वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्नेछैनन्।
36
“त्यो दिन र बेला कहिले आइपुग्ने हो, त्यो ठीकसँग कसैलाई पनि थाहा छैन। त्यो त स्वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्यो कुराचाहिँ खालि परमेश्वर पितालाई मात्र थाहा छ।
37
म मानव पुत्र आउन लाग्ने दिनहरूमा नोआको पालामा भएजस्तै हुनेछ।
38
त्यस बेला नोआ जहाजमा पसुञ्जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्त थिए।
39
बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्यस्तै हुनेछ।
40
त्यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्ये एउटा लगिनेछ र अर्कोचाहिँ त्यहीँ छोडिनेछ।
41
जाँतो पिंधिरहेका दुई जना स्त्रीमध्ये एउटी लगिनेछ अर्कीचाहिँ छोडिनेछ।
42
“यसकारण तिमीहरू चनाखो भएर बस किनभने तिमीहरूका प्रभु कुन दिन आउने हो, त्यो तिमीहरूलाई थाहा नै हुँदैन।
43
तर यो कुरा सम्झिराख, चोर आउने बेला थाहा पाएको भए त घर धनी जागा भएर बस्ने थिए र चोरलाई घरमा पस्न दिने थिएनन्।
44
यसकारण तिमीहरू पनि चनाखो भएर बस! म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछु।
45
“बुद्धिमान् र भरपर्दो भण्डारेचाहिँ कस्तो मानिस होला त? जस्तै: मालिकले आफ्नो घरको सबै कामकाजको जिम्मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खान दिन्छ।
46
मालिक फर्की आएर त्यो भण्डारेलाई त्यस्तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्य हुनेछ।
47
साँच्चै म तिमीहरूलाई भन्छु, मालिकले त्यस भण्डारेलाई आफ्नो सबै धन-सम्पत्तिको जिम्मा दिनेछ।
48
तर यदि भण्डारे नराम्रो छ र उसले ‘मेरो मालिक ढीलो गरी फर्की आउँछ’ भन्ने ठानेर
49
जँड्याहाहरूसँग जथाभाबी खाई मातेर अरू नोकरहरूलाई पिट्न थाल्यो भने
50
त्यसको मालिकचाहिँ त्यसले नचिताएको दिन र घडीमा आइपुग्नेछन्
51
अनि त्यसलाई दण्ड दिनेछन् र नरकमा त्यसको गति कपटीहरूको जस्तै हुनेछ। त्यहाँ त्यसले दाह्रा किट्दै रुवाबासी गर्नेछ!”
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28