bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 12
Matthew 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 13 →
1
त्यस समयमा येशू विश्रामको दिन गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्थ्यो। भोक लागेको हुनाले उहाँका चेलाहरूले गहुँको बाला चुँडाएर खान लागे।
2
यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले चाहिँ पवित्र विश्रामको दिनमा व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि गरिरहेका छन्।”
3
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? तिमीहरूले पढेका छैनौ?
4
उनले परमेश्वरको भवनमा पसेर उहाँलाई चढाएको रोटी साथीहरूसँगै मिलेर खाए। व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो।
5
फेरि के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि मन्दिरमा पूजाहारीले विश्रामको दिनमा सधैँ काम गर्छन्। यसरी तिनीहरूले विश्राम दिनको नियमलाई भङ्ग गर्छन्! तैपनि तिनीहरू दोषी मानिंदैनन्।
6
म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि ठूलो यहाँ कोही छ।
7
‘म पशु बलि होइन, तिमीहरूले दया गरेको पो चाहन्छु’ भनेर परमेश्वरले भन्नुभएको कुरा बुझेका भएदेखि तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ।
8
म मानव पुत्र विश्राम दिनको पनि मालिक हुँ।”
9
त्यहाँबाट येशू तिनीहरूको सभाघरमा जानुभयो।
10
त्यहाँ एक जना हात सुकेको मानिस थियो। अनि येशूलाई दोष लगाउने विचारले फरिसीहरूले सोधे, “विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?”
11
येशूले जवाफ दिनुभयो, “तिमीहरूमध्ये कसैको भेडा विश्रामको दिन खाडलमा पर्यो भने त्यसलाई झट्टै बाहिर निकाल्दैनौ र?
12
भेडाभन्दा त मानिस धेरै मूल्यवान् हो। यसकारण व्यवस्थाअनुसार पनि विश्रामको दिनमा राम्रो काम गर्नु ठीक ठहरिन्छ।”
13
त्यसपछि येशूले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” त्यस मानिसले हात तन्कायो र त्यो हात निको भइहाल्यो।
14
तब फरिसीहरू सभाघरबाट निस्केर गए र येशूलाई कसरी मारौं भनी सल्लाह गर्न लागे।
15
आफ्नो विरुद्धमा सल्लाह गरेको थाहा पाएर येशू त्यहाँबाट हिँड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए र उहाँले तिनीहरूको बीचमा भएका सबै बिरामीलाई निको पार्नुभयो।
16
तर उहाँले तिनीहरूलाई ‘यस विषयमा कसैलाई केही नभन्नू’ भन्ने आज्ञा दिनुभयो।
17
यसरी परमेश्वरले यशैया अगमवक्ताद्वारा भन्नुभएको यो कुरा पूरा हुन आएको हो—
18
हेर, मैले चुनेको मेरो प्यारो सेवक यिनी नै हुन्। यिनीदेखि म धेरै खुसी छु, यिनमा म आफ्नो आत्मा खन्याउँछु अनि यिनले नै सबै जातिका मानिसहरूलाई न्यायको प्रचार गर्नेछन्।
19
यिनले न झगडा गर्नेछन्, नता चिच्च्याएर हल्ला गर्नेछन्, न सडकहरूहुँदो कराउँदै हिँड्नेछन्।
20
नुहेको निगालो पनि यिनले भाँच्नेछैनन् र धिपधिप गरिरहेको बत्ती पनि निभाउनेछैनन्। यिनले न्यायलाई जितमा पुर्याउनेछन्
21
र सबै जातिका मानिसहरूले आफ्नो आशा यिनकै नाउँमा राख्नेछन्।
22
मानिसहरूले भूत लागेर अन्धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्न र बोल्न सक्ने भयो।
23
यो देखेर सबै मानिसहरू छक्क पर्दै यसरी कुरा गर्न लागे, “के यिनी नै दाऊदका सन्तान, मुक्ति दिनुहुने राजा हुन् कि?”
24
यो सुनेर फरिसीहरूले भने, “यसले त भूतकै राजा बालजिबुलको शक्तिले पो भूत निकाल्ने गर्छ।”
25
तिनीहरूले यस्तो विचार गरेको बुझेर येशूले तिनीहरूलाई भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो देश आफैं नाश हुन्छ। त्यसै गरी कुनै सहर वा घरानामा फुट भएर मारकाट चल्यो भने त्यो पनि नाश हुन्छ।
26
यदि शैतानले आफैंलाई धपाएर आफ्नै विरोध गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र?
27
तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? त्यसो भए तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूलाई दोषी ठहराउनेछन्।
28
बालजिबुलको शक्तिले होइन, तर म परमेश्वरको आत्माले भूत निकाल्छु र यसैबाट परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ भन्ने कुरा तिमीहरूले थाहा पाउन सक्छौ।
29
फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्दैन। उसलाई बाँधेपछि मात्र घर लुट्न सकिन्छ।
30
“मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले मैले बटुलेको पनि छरपस्ट गरिदिन्छ।
31
यसकारण म तिमीहरूलाई भन्छु, मानिसले गरेको सबै पाप र निन्दाहरू मेटिन सक्छ, तर पवित्र आत्माको निन्दा गर्ने पापचाहिँ मेटिनेछैन।
32
म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्यै पनि माफ गरिनेछैन।
33
“सप्रेको फल फल्न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्छ।
34
हे विषालु सर्पका सन्तानहरू हो! दुष्ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्छौ? जे मनमा छ, त्यही नै मानिसले बोल्दछ।
35
असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ।
36
म तिमीहरूलाई भन्छु, नचाहिँदो कुरा बोल्नेले न्यायको दिनमा त्यसको एक-एक लेखा दिनुपर्नेछ।
37
तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।”
38
केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्ह देखाउनुहोस्, हामी हेर्न चाहन्छौं।”
39
येशूले भन्नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्ट र व्यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर अगमवक्ता योनाको चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्
40
किनभने जसरी योनाले ठूलो माछाको पेटभित्रै तीन दिन र तीन रात बिताए, त्यसरी नै मानव पुत्रले पनि तीन दिन र तीन रात माटोमुनि बिताउनेछ।
41
न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापबाट पश्चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ।
42
न्यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाको ज्ञानको कुरा सुन्न तिनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो यहाँ कोही छ।
43
“कुनै मानिसबाट भूत निकालेपछि त्यो भूत ओबानो पाखामा चारैतिर गएर आरामसँग बस्न सक्ने ठाउँ खोज्दै हिँड्छ।
44
यस्तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा जानुपर्यो’ भनेर त्यो फर्किन्छ। त्यहाँ आइपुग्दा त्यसले अघिको घर खाली, सफा र सजिसजाउ भएको भेट्टाउँछ।
45
यो देखी त्यसले गएर सातवटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै त्यसभित्र पसेर बसोबास गर्छन्। त्यो मानिसको पहिलेको भन्दा पछिल्लो दशा झन् नराम्रो हुन्छ। हिजो-आजका दुष्ट मानिसहरूको दशा पनि त्यस्तै हुनेछ।”
46
येशूले मानिसहरूको झुण्डलाई यी कुराहरू भन्दाभन्दै उहाँका आमा र भाइहरू आइपुगे। उनीहरू ‘येशूसँग कुरा गर्नु छ’ भनेर बाहिरै पर्खेर बसे।
47
एक जनाले येशूलाई भने, “गुरुज्यू, तपाईंका आमा र भाइहरू तपाईंसँग कुरा गर्नु छ भनेर बाहिर पर्खिरहेका छन्।”
48
येशूले खबर ल्याउने मानिसलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
49
त्यसपछि चेलाहरूलाई औंल्याएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्
50
किनभने स्वर्गमा हुनुहुने मेरा पिताको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28