bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 25
Matthew 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 26 →
1
येशूले अझै भन्नुभयो, “परमेश्वरको राज्यचाहिँ दुलहा भेट्न जाने दश वटी कन्याको कुराजस्तै हुनेछ। दश वटी कन्या आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न गए।
2
ती दश वटीमा पाँच वटी बुद्धिमती र पाँच वटीचाहिँ मूर्ख थिए।
3
मूर्खहरूले बत्ती त लिएर गए, तर फाल्तु तेल भने लगेनन्।
4
तर बुद्धिमतीहरूले चाहिँ फाल्तु तेल पनि लगे।
5
पर्खिरहँदा दुलहा आउन ढीलो भएकोले तिनीहरू सबै झुलेर निदाउन थाले।
6
“आधा रातमा तिनीहरूले ‘हेर, अब दुलहा आउन लागेछन्, स्वागत गर्न उठ’ भनेको सुने।
7
कन्याहरू सबै जर्याकजुरुक उठेर आ-आफ्ना बत्तीहरू ठीकठाक पारे।
8
मूर्ख कन्याहरूले चाहिँ बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेल हामीहरूलाई पनि अलिकति देओ न, हाम्रा बत्तीहरू त निभ्नै लागेछन्।’
9
तर बुद्धिमतीहरूले जवाफ दिए, ‘तिमीहरूलाई समेत पुग्ने फाल्तु तेल हामीसँग छैन, तिमीहरू पसलमा गएर किनेर ल्याओ न।’
10
“अनि ती मूर्ख कन्याहरू तेल किन्न जाँदा दुलहा आइपुगिहाले। तयार भएर बसेका पाँच वटी बुद्धिमती कन्याहरूचाहिँ दुलहाको साथमा विवाहको भोज मनाउन भित्र पसे र ढोका पनि बन्द भयो।
11
“अलिबेरपछि ती मूर्ख कन्याहरू पनि आइपुगे र भन्न लागे, ‘हजुर, हे हजुर, हामीलाई भित्र पस्न ढोका खोलिदिनुहोस्!’
12
तर दुलहाले भित्रैबाट भने, ‘अहँ, साँच्चै म तिमीहरूलाई चिन्दिनँ!’
13
“यसकारण तिमीहरू चनाखो भएर बस किनभने मानव पुत्र कुन दिन र कुन बेला आउनेछन्, त्यो तिमीहरूलाई थाहा हुनेछैन।
14
“मानव पुत्र आउने बेलामा चाहिँ एक जना मालिक परदेश गएर घर फर्कने बेलामा भएजस्तै हुनेछ। त्यस मालिकले परदेश जानुभन्दा पहिले आफ्ना नोकरहरूलाई बोलाएर आफ्नो पैसा जिम्मा लगाइदिए।
15
उनले नोकरको खुबीअनुसार एउटालाई पाँच वटा, अर्कोलाई दुई वटा र अर्को एक जनालाई एउटा सुनको सिक्का जिम्मा लगाएर परदेशतिर लागे।
16
पाँच वटा सुनको सिक्का जिम्मा लिने नोकरचाहिँ तुरुन्तै गएर त्यो पैसा व्यापारमा लगाइहाल्यो र उसले त्यसबाट अरू पाँच वटा सुनको सिक्का कमायो।
17
त्यसै गरी दुई वटा सिक्का जिम्मा लिने नोकरले पनि अरू दुई वटा सुनको सिक्का कमायो।
18
तर एउटा सुनको सिक्का जिम्मा लिने नोकरले चाहिँ खाडल खनेर त्यसलाई लुकाएर राख्यो।
19
“धेरै वर्ष बितेपछि ती नोकरहरूको मालिक फर्केर आए र तिनीहरूबाट आफ्नो हिसाब लिए।
20
पाँच वटा सुनको सिक्का पाउनेले आएर मालिकलाई भन्यो, ‘हेर्नुहोस्, हजुरले मलाई पाँच वटा सुनको सिक्का दिनुभएको थियो, त्यसबाट मैले अरू पाँच वटा कमाएर ल्याएको छु।’
21
मालिकले भने, ‘स्याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी थोरै कुरामा पनि भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्मा दिन्छु। तिमी आएर मसँग रमाऊ।’
22
त्यसपछि दुई वटा सुनको सिक्का पाउनेले आएर भन्यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्याएको छु।’
23
मालिकले भने, ‘स्याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्मा दिन्छु। तिमी पनि आएर मसँगै रमाऊ।’
24
“त्यसपछि एउटा सुनको सिक्का पाउनेले आएर भन्यो, ‘हजुर, तपाईं कठोर मानिस हुनुहुन्छ, तपाईंले आफूले नलगाएको बाली काटेर लिनुहुन्छ र आफूले ननिफनेको अन्न पनि बटुल्नुहुन्छ भन्ने कुरा मलाई थाहा थियो।
25
यसकारण तपाईंको डरले गर्दा मैले त तपाईंको सिक्का खाडलमा लुकाएर राखें। अब लिनोस् तपाईंको सिक्का।’
26
तब मालिकले त्यसलाई भने, ‘ए बदमाश र अल्छी नोकर! म आफूले नलगाएको बाली काटेर लिने र आफूले ननिफनेको अन्न बटुल्ने कठोर मानिस हुँ भन्ने तँलाई थाहा थियो भने
27
तैँले मेरो पैसा लगेर ब्याजमा लगाउनुपर्दैन थियो त? अनि म फर्केर आउँदा केही नभए पनि ब्याजसम्म त पाउने थिएँ!
28
त्यसबाट यो सुनको सिक्का खोसेर त्यही दश वटा सुनको सिक्का हुनेलाई देओ
29
किनभने जोसँग छ, उसलाई अझै दिइन्छ र ऊसँग झन् प्रशस्त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिनेछ।
30
अब यो बेकामेलाई लगेर बाहिर अन्धकारमा फ्याँकिदेओ। त्यहाँ यसले दाह्रा किट्दै रुवाबासी गरिरहोस्!’
31
“मानव पुत्र ठूलो महिमामा स्वर्गदूतहरूसँग आएर आफ्नो सिंहासनमा बस्नेछन्।
32
त्यस बेला पृथ्वीका सबै जातिहरू उनको अगाडि उभिनेछन् अनि गोठालाले बाख्रा र भेडाहरूलाई छुट्ट्याएजस्तै उनले ती मानिसहरूलाई पनि छुट्ट्याउँनेछन्।
33
उनले भेडाहरू जतिलाई आफ्नो दाहिने हातपट्टि र बाख्राहरू जतिलाई आफ्नो देब्रे हातपट्टि छुट्ट्याएर राख्नेछन्।
34
उनले आफ्ना दाहिने हातपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘ए मेरा पिता परमेश्वरबाट आशीर्वाद पाएका मानिसहरू हो! आएर संसारको सृष्टिदेखि नै तिमीहरूको लागि तयार पारेर राखेको राज्यमा बस
35
किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्वागत गर्यौ।
36
म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्यौ, झ्यालखानमा पर्दा मलाई भेट्न आयौ।’
37
“यो सुनेर परमेश्वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्यौं र खुवायौं? कहिले तिर्खाएको देख्यौं र पानी दियौं?
38
कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्वागत गर्यौं? कहिले तपाईंलाई नाङ्गो देख्यौं र लुगा लगाइदियौं?
39
कहिले तपाईंलाई बिरामी देख्यौं र हेरचाहा गर्यौं? अनि कहिले झ्यालखानमा पर्नुभयो र हामी भेट्न आयौं?’
40
तब सिंहासनमा बस्ने राजाले जवाफ दिएर भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्यौ, त्यो मलाई नै गरेका हौ।’
41
“त्यसपछि उनले आफ्ना देब्रे हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘ए परमेश्वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्यै ननिभ्ने आगोमा जाओ!
42
किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवाएनौ, तिर्खाउँदा पानी दिएनौ।
43
म परदेशी भएर आउँदा तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेनौ, नाङ्गो हुँदा लुगा लगाइदिएनौ। म बिरामी हुँदा र झ्यालखानमा पर्दा तिमीहरू मलाई भेट्न आएनौ।’
44
“अनि तिनीहरूले सोध्नेछन्, ‘प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको, तिर्खाउनुभएको, परदेशी हुनुभएको, नाङ्गो हुनुभएको, बिरामी हुनुभएको अनि झ्यालखानमा पर्नुभएको देखेर पनि तपाईंको वास्ता गरेनौं?’
45
त्यस बेला सिंहासनमा बस्ने राजाले तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’
46
अनि तिनीहरूले चाहिँ सधैँभरिको दण्ड पाउनेछन्, तर परमेश्वरको आज्ञापालन गर्नेहरूले चाहिँ अजम्मरी जीवन पाउनेछन्।”
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28