bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 13
Matthew 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
1
त्यसै दिन येशू त्यस घरबाट निस्कनुभयो र तालको छेउमा गएर शिक्षा दिन बस्नुभयो।
2
धेरै मानिसहरू ओइरिएर आए र उहाँको वरिपरि ठूलो घुइँचो लाग्यो। त्यसैले उहाँ एउटा नाउमा चढेर बस्नुभयो। मानिसहरूको घुइँचोचाहिँ तालको किनारामा नै उभिरह्यो।
3
येशूले ती मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो। यसरी सिकाउँदै उहाँले भन्नुभयो, “एक जना मानिस बारीमा बिउ छर्न गयो।
4
बिउ छर्दा केही बिउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए।
5
कति बिउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। अलिअलि मात्रै माटो भएकोले बिउ उम्रिन त चाँडै उम्रियो,
6
तर गहिरोसँग जरा हाल्न नसकेकाले घाम लाग्दा बिरुवा ओइलाएर सुक्यो।
7
कति बिउचाहिँ काँडाको घारीमा पर्यो, तर काँडाको झ्याङ बढ्दा उम्रेका बिरुवाहरू पहेंलिएर मरे।
8
तर कति बिउ भने मलिलो माटोमा पर्यो अनि बढेर कुनैबाट सय गुणा, कुनैबाट साठी गुणा र कुनैबाट तीस गुणा बढी उब्जाउ भयो।
9
जसको कान छ, त्यसले सुनोस्!”
10
चेलाहरूले येशूकहाँ आएर सोधे, “किन तपाईं मानिसहरूलाई शिक्षा दिनुहुँदा दृष्टान्तको रूपमा सिकाउनुहुन्छ?”
11
उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, परमेश्वरको राज्यको भित्री भेद तिमीहरूलाई जान्न दिइएको छ, तर तिनीहरूलाई चाहिँ जान्न दिइएको छैन
12
किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ र ऊसँग झन् प्रशस्त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ।
13
त्यसैले मैले तिनीहरूलाई शिक्षा दिँदा दृष्टान्तको रूपमा सिकाएको हुँ किनभने तिनीहरूले हेरेर पनि देख्दैनन्, सुनेर पनि सुन्दैनन् र बुझ्दैनन् पनि।
14
तिनीहरूसँग चाहिँ यशैया अगमवक्ताले भनेको यो कुरा ठ्याक्कै मिल्न आउँछ— तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, देख्न त देख्छौ तर थाहा पाउँदैनौ।
15
‘यी मानिसहरूको मन नै बोधो छ। तिनीहरूका कान नै बहिरा भएका छन् र तिनीहरूले आँखा चिम्लिएका छन्। नत्रता तिनीहरूले देख्ने र सुन्ने थिए र मनले बुझ्नेथिए अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ।’
16
“तर तिमीहरूचाहिँ कति धन्य हौ। तिमीहरूका आँखाले देख्छन् र कानले सुन्छन्।
17
साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले देखेका र सुनेका यी कुराहरू धेरै अगमवक्ता र धर्मी मानिसहरूले देख्ने र सुन्ने ठूलो इच्छा गरेका थिए। तर तिनीहरूले देख्न पनि पाएनन्, सुन्न पनि पाएनन्।
18
“अब बिउ छरेको दृष्टान्तको अर्थ सुन।
19
कति मानिसहरूले परमेश्वरको राज्यको बारेमा शिक्षा सुन्न त सुन्छन्, तर बुझ्दैनन् अनि दुष्ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्छ। यो त बाटोमा परेको बिउजस्तो भयो।
20
अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्वरका शिक्षा सुन्नासाथ खुसी भएर मनमा लिन्छन्।
21
तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्छ। परमेश्वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्छन्।
22
फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्तै हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर पनि यस संसारको चिन्ता गर्छन् र धन-सम्पत्तिको मायामा फस्छन्। त्यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैन।
23
तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्तै हुन्छ। तिनीहरूले भने परमेश्वरको शिक्षा सुनेर बुझ्छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”
24
येशूले फेरि दृष्टान्त भन्नुभयो, “हेर, परमेश्वरको राज्य आफ्नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्तो हुन्छ।
25
शत्रुले राती सबै सुतेको मौका छोपेर त्यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो।
26
अब गहुँ बढेर बाला लाग्दा सामा पनि देखा पर्यो ।
27
अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’
28
तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’
29
तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्न लाग्यौ भने त झुक्किएर गहुँ पनि उखेलिनेछ।
30
बरु बाली थन्क्याउने बेला नभएसम्म दुवैलाई सँगसँगै बढ्न देओ अनि बाली थन्क्याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्नेछु।”
31
येशूले फेरि अर्को एउटा दृष्टान्तको रूपमा शिक्षा दिनुभयो, “परमेश्वरको राज्य रायोको बिउजस्तो हुन्छ। एउटा मान्छेले रायोको बिउ लिएर आफ्नो बारीमा छर्छ।
32
बिउहरूमा सबभन्दा सानो भए पनि उम्रेपछि त्यो बारीमा हुने अरू बोटभन्दा ठूलो हुन्छ अनि चरा-चुरुङ्गी आएर यसका हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।”
33
अनि फेरि पनि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “परमेश्वरको राज्य रोटी फुलाउने खमिरजस्तो हुन्छ। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!”
34
येशूले मानिसहरूलाई सबै कुरा दृष्टान्तको रूपमै भन्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई दृष्टान्तबिना शिक्षा दिनुभएन
35
अनि यसरी अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो— म तिनीहरूलाई दृष्टान्तको रूपमा कुरा गर्नेछु र संसारको सृष्टि भएदेखि थाहा नपाइएका कुराहरू भन्नेछु।
36
त्यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।”
37
येशूले भन्नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो।
38
बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्वरका राज्यका सन्तान हुन् र सामाचाहिँ दुष्टका सन्तान हुन्।
39
सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्क्याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्ने र थन्क्याउने खेतालाचाहिँ स्वर्गदूतहरू हुन्।
40
सामा आगोमा डढाउन बटुलिएजस्तै यस संसारको आखिरी दिनमा पनि त्यसै गरिनेछ।
41
त्यस दिन मानव पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर
42
आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्।
43
परमेश्वरका सामुन्ने धर्मी ठहरिनेहरूचाहिँ आफ्ना पिता परमेश्वरको राज्यमा सूर्यजस्तै चम्केर बस्नेछन्। जसको कान छ, त्यसले सुनोस्!
44
“परमेश्वरको राज्यचाहिँ जमिनमा गाडेको बहुमूल्य धनजस्तै हुन्छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्छ अनि ऊ खुसी हुँदै गएर आफ्ना भएभरको सम्पत्ति बेची त्यो बारी किनिछोड्छ।
45
“फेरि परमेश्वरको राज्य राम्रो खालको मोती खोज्दै हिँड्ने एउटा व्यापारीजस्तै हो।
46
धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्नो भएभरको जेथा बेचेर त्यो मोती किनिछोड्छ!
47
“फेरि पनि परमेश्वरको राज्य त तालमा हानेको जालजस्तै हुन्छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्।
48
माछाले भरिएपछि जलाहारीहरूले त्यसलाई किनारमा ल्याउँछन् र माछाहरू छुट्ट्याउँछन्। राम्रा-राम्रा माछाचाहिँ तिनीहरूले आफ्ना टोकरीमा राख्छन् र काम नलाग्ने माछाहरूचाहिँ फ्याँकिदिन्छन्।
49
यस संसारको आखिरी दिनमा पनि त्यस्तै नै हुनेछ। स्वर्गदूतहरू आएर परमेश्वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्टहरूलाई छुट्ट्याएर
50
आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।”
51
येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यी कुराहरू बुझ्यौ?” उनीहरूले भने, “बुझ्यौं गुरुज्यू।”
52
अनि येशूले फेरि भन्नुभयो, “अबदेखि परमेश्वरको राज्यबारे शिक्षा पाएका हरेक धर्म-गुरुचाहिँ घरको एउटा मालिकजस्तै हुन्छन्। घरका मालिकले आफ्ना ढुकुटीबाट नयाँ कुराहरू पनि निकाल्छन्, पुराना कुराहरू पनि निकाल्छन्।”
53
यी दृष्टान्तहरू भनिसक्नुभएपछि येशू त्यो ठाउँ छोडेर
54
आफू हुर्केको ठाउँमा जानुभयो। त्यहाँ उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्नेहरूले छक्क परेर भने, “यस्तो बुद्धि यिनले कहाँबाट पाएका होलान्? यस्ता अचम्म अचम्मका कामहरू कसरी गर्छन्?
55
यिनी तिनै सिकर्मीका छोरा होइनन्? यिनकी आमा पनि तिनै मरियम होइनन् र? याकूब, योसेफ, सिमोन र यहूदा यिनकै भाइहरू होइनन् र?
56
यिनका बहिनीहरू पनि त यहीँ नै छन् नि। यिनले यी सबै कुराहरू कहाँबाट पाएका हुन्?”
57
यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घर र आफ्नैहरूले भने वास्तै गर्दैनन्।”
58
तिनीहरूमा विश्वास नभएको हुनाले येशूले त्यस ठाउँमा धेरै अचम्मका कामहरू गर्नुभएन।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28