bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 6
Matthew 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 7 →
1
येशूले अझै भन्दै जानुभयो, “धर्म-कर्म गर्दाखेरि होश राख। यी काम मानिसहरूले देखून् भनेर नगर। नत्रभने तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूको परमेश्वर पिताबाट केही पनि इनाम पाउनेछैनौ।
2
“जस्तै, तिमीले कसैलाई केही दिँदा झ्याली नपिट। यस्तो त कपटीहरूले पो मानिसबाट प्रशंसा पाउन सभाघर र बाटाहुँदो गर्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्।
3
त्यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्।
4
दिँदा सुटुक्क देओ अनि सुटुक्क दिँदा देख्नुहुने परमेश्वर पिताले तिमीलाई इनाम दिनुहुनेछ।
5
“तिमीहरू प्रार्थना गर्दा कपटीले जस्तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्।
6
तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा परमेश्वर पितासँग प्रार्थना गर अनि गुप्तमा गरेको काम देख्नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7
“परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्।
8
तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ।
9
तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर— “हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्।
10
तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्।
11
दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्,
12
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।
13
हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]
14
“तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ।
15
तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन।
16
“नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्।
17
तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस।
18
त्यसो गर्दा मानिसले होइन, तर गुप्तमा हुनुहुने परमेश्वर पिताले मात्रै तिमी उपवास बसेको देख्नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ।
19
“आफ्नो लागि पृथ्वीमा धन-सम्पत्ति नथुपार। यहाँ थुपारेको सम्पत्तिमा त किरा लाग्छ, खियाले खान्छ र चोरले चोर्छ।
20
आफ्नो लागि स्वर्गमा नै धन-सम्पत्ति जम्मा गर। त्यहाँ न किरा लाग्छ न खियाले खान्छ न ता चोरले नै चोर्छ
21
किनभने जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।
22
“शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्यालो हुन्छ।
23
तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्यारो हुन्छ। त्यसरी नै तिम्रो हृदयमा भएको उज्यालोचाहिँ अँध्यारो भयो भने त्यो झन् कति बढी अँध्यारो होला!
24
“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
25
“त्यसैकारण म तिमीहरूलाई भन्छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र?
26
आकाशमा उड्ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तैपनि स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्यवान् छौ, होइन र?
27
तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु अलिक लामो बनाउन सक्छौ र?
28
“के लगाउने होला भनेर तिमीहरू किन चिन्ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्दैनन्।
29
तर म तिमीहरूलाई भन्छु, सोलोमन राजाको त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्।
30
आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्वरले यसरी सिंगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै त तिमीहरूको विश्वास?
31
“यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्ता नगर।
32
परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पितालाई थाहै छ।
33
पहिले परमेश्वरको राज्यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।
34
भोलिको चिन्ता नगर। भोलिको समस्या भोलि नै सुल्झिन्छ। आजलाई आजकै दु:ख पुग्दो छ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28