bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 11
Matthew 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 12 →
1
आफ्ना बाह्र जना चेलाहरूलाई यी कुरा भनिसकेपछि येशू नजिकैका गाउँहरूमा मानिसहरूलाई शिक्षा दिन र प्रचार गर्न जानुभयो।
2
बप्तिस्मा दिने यूहन्नाले झ्यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्ना केही चेलाहरूलाई येशूकहाँ सोध्न पठाए।
3
तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?”
4
येशूले जवाफ दिनुभयो, “तिमीहरूले जेजे देख्दै छौ र सुन्दै छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ–
5
अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्न पाउँदै छन्।
6
मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्यको हो।”
7
यूहन्नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्नाको बारेमा भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्लिरहेको निगालोलाई?
8
होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्छन्।
9
साँच्चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ
10
किनभने धर्मशास्त्रमा परमेश्वरले यूहन्नाकै बारेमा यसरी भन्नुभएको छ— ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’
11
“साँच्चै म तिमीहरूलाई भन्छु, बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो मानिस जन्मेको छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हुन्छ।
12
बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेदेखि अहिलेसम्म परमेश्वरको राज्य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्यसमाथि जबरजस्तीसँग जित्ने प्रयास गर्दै छन्।
13
बप्तिस्मा दिने यूहन्नाको पालोसम्म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्वरको राज्यकै बारेमा बोलेका थिए।
14
तिनीहरूले भनेका कुरा विश्वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्ना नै हुन्।
15
जसको कान छ त्यसले सुनोस्!
16
“हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्ता छन्—
17
‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’
18
“दाखमद्य नखाने र उपवास बस्ने यूहन्ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ।
19
अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्वरको बुद्धिलाई त्यसका फलले नै ठीक ठहराउँछ।”
20
जुन सहरहरूमा येशूले धेरै अचम्मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्नुभयो—
21
“हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्यहाँका मानिसहरूले अघि नै पश्चात्ताप गरेर पापलाई छोड्नेथिए अनि पश्चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्नेथिए।
22
म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ।
23
“हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्ग पुगौंला भन्छौ? तिमीहरू त नरकमै पुग्नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्तै अचम्मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्म पनि रहिरहने थियो।
24
म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्ड सहन सक्नेहुनेछ।”
25
त्यतिखेर येशूले भन्नुभयो, “हे परमेश्वर पिता स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभएको छ।
26
हो पिता, यसै गर्न तपाईंलाई मन लाग्यो।
27
“मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्दछन्।
28
“हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्छु।
29
मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्नो आत्मामा आराम पाउनेछौ।
30
हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28