bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 14
Matthew 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
1
त्यस बेला गालीलमा राज्य गर्ने हेरोदले येशूको बारेमा सुने अनि उनले आफ्ना भारदारहरूलाई भने,
2
“यिनी त मारिएका बप्तिस्मा दिने यूहन्ना नै हुन्! उनी फेरि बिउँतेर आएका होलान्। त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्।”
3
पहिले आफ्ना भाइ फिलिपकी स्वास्नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्नालाई बाँधेर थुनामा राखेका थिए
4
किनभने यूहन्नाले “आफ्नो भाइकी स्वास्नीलाई यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाएका थिए।
5
यसो भनेको हुनाले हेरोदले उनलाई मार्न पनि खोजेका थिए। तर उनी मानिसहरूदेखि डराए किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्दथे।
6
हेरोदको जन्मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए
7
अनि उनले शपथ हाल्दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।”
8
अनि त्यस केटीले आफ्नी आमाले सिकाएको कुरा मानेर भनी, “मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।”
9
यो सुनेर हेरोद चिन्तामा परे। तर त्यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्छा पूरा गरिदिए।
10
उनले यूहन्नाको टाउको झ्यालखानमै काट्ने हुकुम दिए।
11
काट्ने मानिसले यूहन्नाको टाउको थालमा ल्याएर त्यस केटीलाई दियो अनि केटीले आफ्नी आमालाई लगेर दिई।
12
त्यसपछि यूहन्नाका चेलाहरूले आएर उनको लाशलाई लगेर गाडे अनि गएर येशूलाई यो खबर सुनाइदिए।
13
यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्त ठाउँतिर लाग्नुभयो। तर येशू जान लाग्नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्केर पैदलै उहाँको पछि लागे।
14
येशू नाउबाट ओर्लनुहुँदा त मानिसको ठूलो धुइरोले आफूलाई पर्खिरहेको देख्नुभयो। त्यो धुइरोलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो।
15
साँझ परेपछि चेलाहरूले आएर उहाँलाई भने, “साँझ परिसक्यो, यहाँ त केही पनि छैन। यी मानिसहरूलाई गाउँमा जाओ भनिदिनुहोस् र तिनीहरूले त्यहाँ गएर खानेकुरा किनेर खाऊन्।”
16
येशूले भन्नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।”
17
चेलाहरूले भने, “हामीहरूसँग त जम्मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
18
येशूले भन्नुभयो, “खै रोटी र माछा मकहाँ ल्याओ त।”
19
येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए।
20
सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए।
21
स्वास्नी मानिस र केटा-केटीहरूबाहेक लोग्ने मानिसहरू मात्रै पाँच हजार जति थिए।
22
यो काम गरिसक्नेबित्तिकै येशूले चेलाहरूलाई “नाउमा चढेर पहिले नै ताल पारिपट्टि गइहाल्नू,” भनेर अह्राउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न बस्नुभयो।
23
तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्यो र येशू एक्लै डाँडामा हुनुहुन्थ्यो।
24
त्यति बेलासम्म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्नै सकेनन्।
25
बिहानै झिसमिसे उज्यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो।
26
उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्च्याउन थाले।
27
अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर।”
28
यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।”
29
येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे।
30
तर ठूलो बतास चलेको देखेर उनी डराए। त्यत्तिकैमा उनी डुब्न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्दै कराए।
31
येशूले उनलाई झट्टै समातेर भन्नुभयो “खै तिम्रो विश्वास, तिमीले किन शङ्का गरेको?”
32
त्यसपछि येशू पत्रुससँगै नाउमा चढ्नुभयो अनि बतास पनि थामिहाल्यो।
33
तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्टो पर्दै भने, “साँच्चै तपाईं त परमेश्वरकै पुत्र पो हुनुहुँदो रहेछ!”
34
येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्ने ठाउँमा ओर्लनुभयो।
35
त्यहाँका मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले। त्यसकारण तिनीहरूले वरिपरि गाउँभरिका बिरामीहरूलाई बोलाएर येशूकहाँ ल्याए
36
अनि येशूलाई यसो भन्दै बिन्ती चढाए, “ती बिरामीहरूलाई आफ्ना लुगाको छेउ मात्र भए पनि छुन दिनुहोस्।” उहाँको लुगा छुने जति सबै जना निको भए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28