bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 18
Matthew 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
1
त्यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्वरको राज्यमा सबभन्दा ठूलो को हुन्छ?”
2
तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्याउनुभयो
3
र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, आफ्नो मनलाई परिवर्तन गरेर यस्तो बालकजस्तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ।
4
यही बालकजस्तो नम्र हुने मानिस नै परमेश्वरको राज्यमा सबभन्दा ठूलो हुन्छ
5
अनि मेरो नाउँमा यस्तै बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ।
6
“यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वासलाई बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ।
7
धिक्कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्ता कुराहरू आइपर्दछन् नै, तर धिक्कार, त्यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ!
8
“यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर मिल्काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो।
9
अनि त्यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई पनि झिकेर मिल्काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्मरी जीवन पाउनु नै बेस हो।
10
“होश राख, यी साना बालकहरू कसैलाई पनि तिमीहरूले हेला नगर। म तिमीहरूलाई भन्छु, तिनीहरूको हेरचाहा गर्ने स्वर्गदूतहरू स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताकै अगाडि छन्।
11
[किनभने म मानव पुत्र त हराएकाहरूलाई नै बचाउनको लागि आएको हुँ।]
12
“तिमीहरूको के विचार छ? सय वटा भेडा हुने मानिसले एउटा भेडा हरायो भने त्यसले के गर्छ होला? त्यसले अरू उनान्सय वटालाई त्यही पाखामा छोडेर हराएकोलाई खोज्न जाँदैन र?
13
त्यसलाई भेट्टाएपछि नबरालिएका उनान्सय भेडाहरूको लागि भन्दा पनि त्यो भेट्टाएको एउटै भेडाको लागि ऊ ज्यादै खुसी हुनेछ।
14
ठीक त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले पनि यी सानाहरूमा कोही पनि हराएको चाहनुहुन्न।
15
“यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्लै गएर सम्झाऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ।
16
तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्झाऊ किनभने धर्मशास्त्रले भनेजस्तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ।
17
त्यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्वर नमान्ने र कर उठाउनेलाई जस्तै गरी त्यागिदिनू।
18
“साँच्चै म तिमीहरूलाई भन्छु, जे तिमीहरूले यस पृथ्वीमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्वीमा फुकाउला, त्यो स्वर्गमा पनि फुकाइनेछ।
19
अनि म तिमीहरूलाई फेरि भन्छु, यस पृथ्वीमा तिमीहरू दुईले जे माग्ने हो, सो मिलेर माग्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिमीहरूलाई त्यो दिनुहुनेछ
20
किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूको बीचमा हुनेछु।”
21
पत्रुसले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले उसलाई कतिपल्टसम्म माफ दिनुपर्ने हो? सातपल्टसम्म?”
22
येशूले जवाफ दिनुभयो, “सातपल्टसम्म मात्र होइन, तर सत्तरी गुणा सातपल्टसम्म!
23
किनभने परमेश्वरको राज्य त एक जना राजाले आफ्ना नोकरको हिसाब-किताब लिएको जस्तै हुन्छ।
24
ती राजाले आफ्नो हिसाब-किताब लिन लाग्दा दश हजार सुनका सिक्का ऋण लाने एक जना नोकर उनकहाँ ल्याइयो।
25
तर त्यो मानिससँग ऋण तिर्न पुग्ने पैसा थिएन। यसकारण ती राजाले ‘त्यसलाई भएभरको जेथा, स्वास्नी, छोरा-छोरी र आफैंलाई समेत बेचेर ऋण चुक्ता गर’ भन्ने हुकुम दिए।
26
त्यस नोकरले राजाका पाउमा परेर बिन्ती चढायो, ‘सरकार, केही दिनसम्म पर्खिदिनुहोस्, म एकएक पैसा बुझाउनेछु।’
27
राजालाई दया लाग्यो र तिनले उसको सबै ऋणहरू माफ गरिदिए।
28
“तब त्यो नोकर गयो र उसले आफैंसँग काम गर्ने अर्को साथीलाई भेट्यो। त्यो साथीले उसबाट एक सय चाँदीका सिक्का ऋण लिएको थियो। उसले झम्टेर त्यसको घोक्रो अठ्याउँदै भन्यो, ‘लौ, तैँले खाएको ऋण अहिले तिरिहाल्!’
29
त्यस साथीले पाउमा परेर बिन्ती गर्दै भन्यो, ‘केही दिनसम्म पर्खिदिनुहोस्, म सबै ऋणहरू तिर्नेछु।’
30
तर त्यसले मानेन। ऋण नतिरेसम्म त्यसले उसलाई झ्यालखानमा हालिदियो।
31
“ती दुई जनासँगै काम गर्ने अरू साथीहरूले पनि यी सबै कुराहरू देखिरहेका थिए। तिनीहरूलाई असाध्यै दु:ख लाग्यो। तिनीहरूले गएर राजालाई भएभरका सबै कुराहरू सुनाइदिए।
32
अनि राजाले त्यस नोकरलाई बोलाएर भने, ‘ए दुष्ट मानिस! तेरो बिन्ती सुनेर मैले तँलाई पूरै ऋण माफ गरिदिएको थिएँ।
33
मैले तँलाई दया गरेजस्तै तैँले पनि आफूसँगै काम गर्ने साथीलाई दया गर्नुपर्ने थिएन र?’
34
अनि राजाले रिसाएर त्यस नोकरले एकएक पैसा चुक्ता नगरेसम्म त्यसलाई झ्यालखानमा थुन्ने हुकुम दिए।”
35
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयदेखि आफ्ना दाजुभाइलाई माफी दिएनौ भने स्वर्गमा हुनुहुने मेरो परमेश्वर पिताले पनि तिमीहरूलाई त्यस्तै गर्नुहुनेछ।”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28