bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 17
Matthew 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
1
छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्नालाई मात्रै साथमा लिएर अग्लो पहाडतिर जानुभयो।
2
माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्तै चम्किन लाग्यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो
3
अनि एक्कासि मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे।
4
यो देखेर पत्रुसले येशूलाई भने, “प्रभु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। तपाईंको इच्छा भए म यहाँ तीन वटा छाप्रो बनाउँछु, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!”
5
पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्यसको छायाँले उहाँहरूलाई ढाक्यो अनि बादलभित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।”
6
यो आवाज सुनेर चेलाहरू डराएर घोप्टो परे।
7
तर येशू आएर तिनीहरूलाई छुँदै भन्नुभयो, “उठ, नडराऊ!”
8
अनि तिनीहरूले उठेर हेर्दा त त्यहाँ येशू मात्रै हुनुहुन्थ्यो।
9
पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्नू।”
10
चेलाहरूले येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्छन्?”
11
येशूले जवाफ दिनुभयो, “हो, साँच्चै सबै कुरा सच्याउन एलिया आउनु नै पर्छ।
12
हेर, म तिमीहरूलाई भन्छु, एलिया त आइसकेका छन्। तर मानिसहरूले उनलाई चिनेनन् र तिनीहरूले उनलाई जे मन लाग्यो, त्यही गरे अनि म मानव पुत्रलाई पनि तिनीहरूले त्यस्तै गरी मार्नेछन्।”
13
तब येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गर्नुभएको रहेछ भनेर चेलाहरूले बुझे।
14
येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्यो,
15
“हजुर, मेरो छोरोलाई दया गर्नुहोस्! छारेरोग लागेकोले उसले असाध्यै दु:ख पाइरहेको छ। ऊ घरीघरी मुर्छा पर्छ र आगो वा पानीमा परिरहन्छ।
16
मैले उसलाई हजुरका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त निको पार्न सकेनन्।”
17
येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिन्जेलसम्म सहिरहने? खै त्यसलाई यता ल्याओ।”
18
अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो।
19
पछि चेलाहरूले येशूलाई एकान्तमा सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?”
20
येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ।
21
[तर त्यस किसिमको भूत त प्रार्थनाद्वारा र उपवास बसेर मात्र निकाल्न सकिन्छ।”]
22
चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्पिइनेछ।
23
तिनीहरूले उसलाई मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यो सुनेर चेलाहरू खिन्न भए।
24
येशू र उहाँका चेलाहरू कफर्नहुममा आइपुगेपछि मन्दिरको कर उठाउनेहरूले आएर पत्रुसलाई सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर बुझाउनुहुन्छ?”
25
“बुझाउनुहुन्छ, किन नबुझाउने?” पत्रुसले जवाफ दिए। पत्रुस घरभित्र पसेपछि येशूले नै कुरा निकाल्नुभयो, “ए सिमोन, तिम्रो विचार के छ? यस संसारका राजाहरूले कसबाट कर उठाउँछन्? आफ्नै छोराहरूबाट उठाउँछन् कि अरूहरूबाट?”
26
“अरूहरूबाटै उठाउँछन्,” पत्रुसले जवाफ दिए। येशूले भन्नुभयो, “त्यसो भए निज छोराहरूले कर तिर्नुपर्दैन।
27
तैपनि हामी यी मानिसहरूलाई ठेस नदिऔँ। तिमी जाऊ र तालमा जाल हान। सबभन्दा पहिले जालमा परेको माछो निकालेर त्यसको मुख खोल। त्यसको मुखमा तिमीले एक तोला चाँदीको पैसा भेट्टाउनेछौ। त्योचाहिँ मन्दिरको कर उठाउनेहरूकहाँ लगेर हामी दुईको कर बुझाऊ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28