bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Matthew 7
Matthew 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 8 →
1
येशूले अझै भन्दै जानुभयो, “अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन
2
किनभने जसरी तिमीहरूले अरूलाई दोषी ठहराउँछौ, त्यसरी नै परमेश्वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुनेछ। जुन नापले तिमीहरूले अरूलाई नाप्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ।
3
अर्काको आँखाको सिन्का देख्नेले आफ्नो आँखाको मुढो किन देख्दैनौ?
4
आफ्नो आँखाको मुढो पनि नदेख्नेले आफ्नो दाजुभाइलाई कसरी भन्न सक्छौ, ‘खैखै, म तिम्रा आँखाको सिन्का निकालिदिऊँ?’
5
ए कपटीहरू हो! पहिले आफ्नै आँखाको मूढो निकाल अनि पो अर्काको आँखाको सिन्का निकाल्न छर्लङ्ग देख्नेछौ।
6
“पवित्र कुरा कुकुरहरूलाई नदेओ, उल्टै तिनीहरू तिमीहरूमाथि आइलाग्नेछन्। फेरि तिमीहरूका मोती सुँगुरहरूका अगाडि नफाल, नत्रता तिनीहरूले कुल्ची-मिल्ची गरिदिनेछन्।
7
“माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ
8
किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ।
9
के तिमीहरूमध्ये कोही यस्तो बुबा होला, जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिन्छ?
10
अथवा माछा माग्दा सर्प दिन्छ?
11
यसरी तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीलाई असल कुराहरू दिन जान्दछौ भने झन् स्वर्गमा हुनुहुने तिमीहरूका पिताले त उहाँसँग माग्नेहरूलाई झन् कति असल कुरा दिनुहुनेछ।
12
“अरूहरूले आफूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि उनीहरूलाई गर। यही नै मोशाका व्यवस्था र अगमवक्ताहरूले भनेका कुराहरू हुन्।
13
“सानो ढोकाबाट भित्र पस किनभने ठूलो ढोका र फराकिलो बाटोले नरकमा पुर्याउँछ। यस बाटोबाट जानेहरू त धेरै हुन्छन्।
14
सानो ढोका र साँघुरो बाटोचाहिँ अप्ठ्यारो हुन्छ, तर यसले नै जीवनमा पुर्याउँछ। यस बाटोलाई भेट्टाउनेहरू त थोरै मात्रै हुन्छन्।
15
“नक्कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्दा ब्वाँसाजस्ता हुन्छन्।
16
तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्नेछौ। के काँडाको झ्याङमा अङ्गुर फल्छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्छ।
17
सप्रेको बोटमा त फल पनि सप्रेकै फल्छ। तर किक्रिक्क परेको बोटमा कसरी फल सप्रिन सक्छ र?
18
नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ।
19
असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।
20
त्यसरी नै तिमीहरूले नक्कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्नेछौ।
21
“मलाई प्रभु, हे प्रभु भन्ने सबैले परमेश्वरको राज्यमा पस्न पाउनेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार काम गर्नेहरू मात्रै पस्न पाउनेछन्।
22
त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, ‘प्रभु, हे प्रभु, के हामीले तपाईंकै नाउँमा परमेश्वरको तर्फबाट बोलेनौं र? के तपाईंको नाउँ लिएर भूतहरू निकालेनौं र? के तपाईंको नाउँमा अचम्म-अचम्मका कामहरू गरेनौं र?’
23
त्यति बेला म तिनीहरूलाई भन्नेछु, ‘ए दुष्ट काम गर्नेहरू हो, तिमीहरूलाई मैले चिनेकै छैनँ। यहाँबाट गइहाल!’
24
“साँच्चै, मैले भनेका यी कुरा सुनेर मान्नेचाहिँ आफ्नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्तै हुन्छ।
25
घर बनाएपछि बाढी आयो, हुरी चल्यो, तर जग बलियो भएकोले घर ढलेन।
26
तर मैले भनेका कुरा सुनेर पनि नमान्नेचाहिँ बालुवामाथि घर बनाउने मूर्ख मानिसजस्तै हुन्छ।
27
घर बनाएपछि पानी पर्यो, बाढी आयो, हुरी चल्यो अनि त्यसको घर ढलेर भताभुङ्गै भयो।”
28
येशूले चेलाहरूलाई यसरी शिक्षा दिनुभएको सुनेर मानिसहरू छक्कै परे
29
किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्थ्यो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28