bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 11
1 Chronicles 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 12 →
1
त्यसपछि सारा इस्राएल जम्मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाड़नाता हौं।
2
बितेका समयमा जब शाऊल अझै राजा नै थिए, तब तपाईंले नै इस्राएलको सेनालाई युद्धमा अगि बढ़ाउनुभयो। अनि परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, “तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्।”
3
जब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, तब त्यहीँ नै तिनले परमप्रभुको सामुन्ने तिनीहरूसित करार बाँधे। परमप्रभुले शमूएलको मुखद्वारा भन्नुभएझैँ तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
4
दाऊद र सारा इस्राएल यरूशलेम, अर्थात् यबूसमा गए। त्यहाँ बस्ने यबूसीहरूले
5
दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउन सक्नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्छ।
6
दाऊदले भनेका थिए, “यबूसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ।” त्यहाँ उक्लने पहिलो मानिस सरूयाहका छोरा योआब भए। यसैले तिनी सेनापति भए।
7
दाऊदले त्यस किल्लालाई नै आफ्नो निवासस्थान बनाए। यसैकारण मानिसहरूले त्यसलाई दाऊदको सहर भने।
8
तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्म किल्लाको वरिपरि सहर बनाए, र योआबले चाहिँ बाँकी सहरको पुनर्निर्माण गरे।
9
अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
10
दाऊदको सरकार गठन गर्नमा पूर्ण सहायता दिने, र जम्मै इस्राएलका साथ परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ तिनलाई राजा तुल्याउनमा मदत गर्ने दाऊदका वीर-वीर मानिसहरूमा प्रधानहरू यी नै हुन्:
11
हक्मोनी याशोबाम अधिकृतहरूमाथि प्रमुख थिए। तिनले एक पल्ट तीन सय जनामाथि भाला चलाएर मारेका थिए।
12
तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्ये एक जना थिए।
13
तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भएका थिए।
14
मानिसहरू पलिश्तीहरूका सामुन्नेबाट भागे, तर तिनी र दाऊद मात्र त्यस खेतको बीचमा लड्दैरहे, र त्यस खेतलाई बचाएर तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले एक ठूलो विजय ल्याउनुभयो।
15
ती तीस जना मुख्य मानिसहरूमध्ये तीन जना अदुल्लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्नलाई गएका थिए।
16
त्यस बेला पलिश्तीहरू रपाईहरूको बेँसीमा छाउनी बनाएर बसेका थिए। दाऊदचाहिँ गढ़ीमा थिए, र पलिश्तीको फौज बेथलेहेममा थियो।
17
दाऊद साह्रै तिर्खाए, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकाको छेउमा भएको कूवाबाट पानी पिउन पाए त हुन्थ्यो!”
18
यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिबाट छिरिगएर बेथलेहेमको मूल ढोकाका छेउको कूवाबाट पानी उघाएर दाऊदकहाँ ल्याए। तर दाऊदले त्यो पिउन इन्कार गरे। बरु तिनले त्यो पानी परमप्रभुको अगि खन्याएर भने,
19
“के मैले यी मानिसहरूको रगत पिउने? परमेश्वरले मलाई यस्तो काम गर्नबाट रोकून्! तिनीहरूले त यो पानी आफ्नो ज्यानको खतरामा ल्याएका हुन्! यसैले तिनले त्यो पिउन चाहेनन्। यी तीन जना वीर मानिहरूका वीरताको काम यस्तै थिए।
20
योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
21
ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरेर तिनीहरूका कप्तान भए, तर तिनी ती तीन जनामध्ये गनिएनन्।
22
यहोयादाका छोरा कब्सेलका बनायाह धेरै वीरताका काम गर्ने एक वीर योद्धा थिए। मोआबका दुई वीर लड़ाकू मानिसहरूलाई मार्ने तिनी नै थिए। हिउँ परेको दिन एउटा खाड़लभित्र पसेर तिनले एउटा सिंहलाई मारेका थिए।
23
तिनले पाँच हात अल्गो एक मिश्री राक्षसलाई मारे, जसको भाला कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो। यिनी एउटा लाठो लिएर लड्न गए, र त्यस मिश्रीको हातबाट त्यसकै भाला खोसेर त्यही हतियारले तिनले त्यसलाई मारेका थिए।
24
यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
25
ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरे, तर तिनी ती तीन जनामध्ये गनिएनन्। दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकहरूका मुखिया तुल्याए।
26
तिनका वीर-वीर मानिसहरू यी नै थिए: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्हानान,
27
हारोरी शम्मोत, पेलोनी हेलेस,
28
तकोका इक्केशका छोरा ईरा, अनातोतका अबीएजेर,
29
हूशाती सिब्बकै, अहोही ईलै,
30
नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
31
बेन्यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
32
गाशका खोल्साहरूका हूरै, अर्बाती अबीएल,
33
बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा,
34
गीजोनी हाशेम, हरारी शागेका छोरा जोनाथन,
35
हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
36
मकेराती हेपेर, पेलोनी अहियाह,
37
कर्मेलका हेस्रो, एज्बैका छोरा नारै,
38
नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
39
अम्मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
40
यित्री ईरा, यित्री गारेब,
41
हित्ती उरियाह, अहलैका छोरा जाबाद,
42
रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरूका एक जना प्रधान थिए, तिनीसँग भएका तीस जनामाथि थिए,
43
माकाका छोरा हानान, मित्नी योशापात,
44
अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
45
शिम्रीका छोरा येदीएल, तिनका भाइ तिजी योहा,
46
महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा,
47
एलीएल, ओबेद र मेजोबी यासीएल।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29