bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 16
1 Chronicles 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 17 →
1
तिनीहरूले परमेश्वरको सन्दूक ल्याएर त्यसको निम्ति दाऊदले टाँगेको पालभित्र राखे, र तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढ़ाए।
2
जब दाऊदले यी बलिदानहरू चढ़ाइसके, तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए,
3
र हरेक इस्राएली, पुरुष र स्त्रीलाई एउटा-एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किशमिश खान दिए।
4
परमप्रभुका सन्दूकको सामुन्ने सेवा गर्न, उहाँलाई अन्तर्बिन्ती र धन्यवाद चढ़ाउन र परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा र स्तुति गर्न दाऊदले कुनै-कुनै लेवीलाई नियुक्त गरे।
5
तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे।
6
अनि परमेश्वरका करारको सन्दूकको अगि निरन्तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।
7
त्यस दिन आसाप र तिनका कुटुम्बहरूलाई परमप्रभुको निम्ति धन्यवाद चढ़ाउन दाऊदले पहिलो पल्ट नियुक्त गरे:
8
परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।
9
उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको स्तुति गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर।
10
उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्।
11
परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज।
12
उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर,
13
हे उहाँका दास इस्राएलको वंश, हे याकूबका सन्तान, उहाँका चुनिएकाहरू हो।
14
उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन्।
15
उहाँ आफ्नो करार सदा स्मरण गर्नुहुन्छ, ती आज्ञाहरू, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो,
16
त्यही करार, जो उहाँले अब्राहामसित बाँध्नुभयो, त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,
17
जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो:
18
“तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो अंशमा पर्नेछ।”
19
जब तिनीहरू गन्तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्यसमा पनि विदेशी थिए,
20
तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भई हिँड्थे।
21
उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो,
22
“मेरो अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।”
23
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।
24
जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर।
25
किनकि परमप्रभु महान् हुनुहुन्छ, उच्च प्रशंसाको योग्यका हुनुहुन्छ, सारा देवताहरूभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ।
26
किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो।
27
प्रताप र गौरव उहाँको सम्मुख छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन्।
28
जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।
29
परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर,
30
हे सारा पृथ्वी, उहाँको सामु थरथरी होओ। संसार स्थिर रूपले स्थापित भएको छ, त्यसलाई हल्लाउन सकिँदैन।
31
स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ।”
32
समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्। खेत र त्यसमा भएका सबै कुरा उल्लसित होऊन्।
33
तब जङ्गलमा भएका वृक्षहरू गाउनेछन्, तिनीहरू परमप्रभुको सम्मुख आनन्दले गाउनेछन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।
34
परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।
35
यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्वर, हामीलाई बचाउनुहोस्। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।”
36
परमप्रभु इस्राएलका परमेश्वरको सदासर्वदै प्रशंसा होस्। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्तुति होस्।”
37
दाऊदले प्रतिदिनको कामअनुसार निरन्तरको सेवा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका कुटुम्बहरूलाई नियुक्त गरेर राखे।
38
तिनले द्वारपालको काम गर्ने यदूतूनका छोरा ओबेद-एदोम र होसालाई र ओबेद-एदोमका अठसट्ठी कुटुम्बहरू आसापसँग सेवा गर्न खटाए।
39
इस्राएलीहरूलाई परमप्रभुको सेवा गर्न व्यवस्थामा लेखिएबमोजिम बिहान र बेलुकी परमप्रभुको निम्ति होमबलि वेदीमा चढ़ाउन
40
दाऊदले सादोक पूजाहारी र तिनका सङ्गीपूजाहारीहरूलाई गिबोनमा भएको पूजा गर्ने डाँड़ाको थानमा परमप्रभुको पवित्र वासस्थानको सामु रहनलाई खटाए।
41
तिनीहरूसँगै हेमान र यदूतून र नाउँ-नाउँ गरी चुनिएका मानिसहरू परमप्रभुलाई धन्यवाद चढ़ाउन खटाइए, “किनभने उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।”
42
पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउने जिम्मा हेमान र यदूतूनलाई दिइएको थियो। यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे।
43
तब सबै मानिसहरू आ-आफ्नो घर फर्के, र दाऊदचाहिँ आफ्नो परिवारलाई आशीर्वाद दिन गए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29