bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 4
1 Chronicles 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 5 →
1
यहूदाका सन्तान: फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
2
शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।
3
एतामका छोराहरू: यिजरेल, यिश्मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो।
4
पनूएलचाहिँ गदोरका पिता, र एसेर हूशका पिता थिए। एप्रातका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तान यी नै हुन्।
5
तकोका पिता अश्शूरका दुई पत्नीहरू थिए, हेलह र नारा।
6
नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन्। नाराका सन्तान यी नै थिए।
7
हेलहका छोराहरू: सेरेथ, सोहोर, एतनान र कोस।
8
कोसचाहिँ आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
9
याबेस आफ्ना दाजुभाइहरूभन्दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ।”
10
याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस्! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
11
शूहहका भाइ कलूब मेहीरका पिता थिए, र मेहीरचाहिँ एश्तोनका पिता थिए।
12
एश्तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।
13
कनजका छोराहरू: ओत्निएल र सरायाह। ओत्निएलका छोराहरू: हतत र मोनोतै।
14
मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्यही नाम राखियो।
15
यपुन्नेका छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम। एलाहका छोरा: कनज।
16
यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।
17
एज्रहका छोराहरू: येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
18
मेरेदकी यहूदी पत्नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्।
19
होदियाहकी पत्नी नहमकी बहिनीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्तमो।
20
शिमोनका छोराहरू: अमनोन, रिन्ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
21
यहूदाका छोरा शेलहका छोराहरू: लेकाका पिता एर्, मारेशाका पिता लादा, अनि बेथ-अश्बेयामा मलमलका कपड़ा बनाउनेहरूका वंशहरू,
22
योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे। (यो विवरण अति प्राचीन छ।)
23
यिनीहरू कुमालेहरू थिए, जो नतैम र गदेरामा बस्थे र राजाको निम्ति काम गर्थे।
24
शिमियोनका सन्तान: नमूएल, यामीन, यारीब, जेरह र शौल।
25
शौलका छोरा शल्लूम थिए, जसका छोरा मिब्साम थिए, जसका छोरा मिश्मा थिए।
26
मिश्माका सन्तान: आफ्ना छोरा हम्मूएल, तिनका छोरा जक्कूर, तिनका छोरा शिमी।
27
शिमीका सोह्र भाइ छोरा र छ बहिनी छोरी थिए, तर तिनका भाइका थोरै छोराछोरी थिए। यसैले तिनीहरूको वंश यहूदाको वंश जत्तिकै धेरै संख्यामा बढ़ेन।
28
तिनीहरू बेर्शेबा, मोलादा, हसर-शूआल,
29
बिल्हा, एसेम, तोलद,
30
बतूएल, होर्मा, सिक्लग,
31
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दाऊदले शासन नगरुञ्जेलसम्म तिनीहरूका सहरहरू यी नै थिए
32
तिनीहरूका बस्तीहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान— जम्मा पाँच नगर थिए—
33
र बालातसम्मै यी नगरहरूका वरिपरि तिनीहरूका बस्तीहरू थिए। तिनीहरूका बसेका ठाउँहरू यी नै थिए। अनि तिनीहरूले वंशावलीको एउटा सूची पनि राखेका थिए।
34
मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा,
35
योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।
36
एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
37
र शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।
38
माथि लेखिएका मानिसहरू आ-आफ्नो वंशका अगुवाहरू थिए, र तिनीहरूका घराना ज्यादै गरी बढ़े।
39
तिनीहरू आफ्ना बगालहरूका निम्ति खर्क खोज्दै बेँसीको पूर्वपट्टि गदोरनेरको ठाउँसम्म गए।
40
तिनीहरूले खुला मैदानको विस्तृत ठाउँमा मलिलो र असल खर्क भेट्टाए। त्यहाँ सबै कुरा शान्त र सूनसान थिए। त्यसका अघि त्यो ठाउँमा हामका कोही मानिसहरू बसेका थिए।
41
यहूदाका राजा हिजकियाको राजकालमा माथि लेखिएका व्यक्तिहरूले आएर हामका मानिसहरू र त्यहाँ भेट्टाएका मोनीहरूलाई नाश गरे। तिनीहरूले उनीहरूलाई यसरी ध्वंस-विध्वंस पारे कि आजको दिनसम्म पनि उनीहरूको नाउँनिशानै पाइँदैन। अनि तिनीहरूका बगालका लागि खर्क भएकोले तिनीहरूले त्यो देश ओगटे।
42
यिशीका छोराहरू पलत्याह, नार्याह, रपायाह र उज्जीएलका नेतृत्वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे।
43
तिनीहरूले बाँचेका अमालेकीहरू सबैलाई नष्ट पारे, र आजको दिनसम्म तिनीहरू त्यहाँ बसेका छन्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29