bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 15
1 Chronicles 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 16 →
1
दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे।
2
त्यसपछि लेवीहरूले मात्र परमेश्वरको सन्दूक बोक्नुपर्छ भनी तिनले उर्दी दिए। किनभने तिनीहरू नै त्यो बोक्न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए।
3
तब त्यसको निम्ति तयार गरिएको ठाउँमा परमप्रभुको सन्दूक ल्याउन दाऊदले सबै इस्राएलीहरूलाई यरूशलेममा भेला गराए।
4
तिनले हारूनका सन्तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए:
5
कहातका सन्तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १२० जना।
6
मरारीका सन्तानबाट: असायाहचाहिँ मुखिया र तिनका कुटुम्बहरू २२० जना।
7
गेर्शोनका सन्तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १३० जना।
8
एलीजापानका सन्तानबाट: शमायाहचाहिँ मुखिया र तिनका कुटुम्बहरू २०० जना।
9
हेब्रोनका सन्तानबाट: एलीएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू ८० जना।
10
उज्जीएलका सन्तानबाट: अम्मीनादाबचाहिँ मुखिया र तिनका कुटुम्बहरू ११२ जना।
11
अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाब,
12
र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक ल्याओ।
13
तिमीहरू पहिलो पल्ट त्यहाँ उपस्थित नभएकाले परमप्रभु हाम्रा परमेश्वर हामीमाथि क्रोधित हुनुभयो। किनकि हामीले त्यो कसरी ल्याउनुपर्ने हो भनी उहाँको अगुवाइ हामीले खोजेनौं।”
14
यसैकारण परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक ल्याउन पूजाहारीहरू र लेवीहरूले आफू-आफूलाई पवित्र गरे।
15
र परमप्रभुको आज्ञाअनुसार मोशाले तोकेझैँ आ-आफ्ना काँधमा डन्डाले बोकेर परमेश्वरको सन्दूक उठाएर ल्याए।
16
त्यसपछि दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरूलाई बाजा, सारङ्गी, वीणा र झ्यालीले हर्षको सङ्गीत बजाउनमा नियुक्त गर्नू भनी हुकुम गरे।
17
यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्बहरूबाट बेरेक्याहका छोरा आसाप, र तिनीहरूका कुटुम्ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई,
18
अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
19
सङ्गीतकार हेमान, आसाप र एतान काँसका झ्यालीहरू बजाउन नियुक्त भए।
20
जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्ने राग बजाउन नियुक्त भए।
21
अनि मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याह वीणामा शिमिनिथ भन्ने रागअनुसार बजाउनलाई नियुक्त भए।
22
लेवीहरूका प्रधान कनन्याहलाई आफ्नो निपुणताको कारण सङ्गीतको जिम्मा दिइएको थियो।
23
बेरेक्याह र एल्काना सन्दूकको निम्ति द्वारपाल थिए,
24
अनि शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्वरका सन्दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्दूकको निम्ति द्वारपाल थिए।
25
तब दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका सेनानीहरू ओबेद-एदोमको घरबाट ठूलो आनन्दसाथ परमप्रभुका करारको सन्दूक ल्याउन गए।
26
परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढ़े र सात वटा भेड़ा बलिदान चढ़ाए।
27
दाऊद र सन्दूक बोक्ने सबै लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्याहले मलमलका लुगा लाएका थिए। दाऊदले मलमलको एपोद पनि लाएका थिए।
28
यसरी सबै इस्राएली जय-ध्वनिको साथ भेड़ाका सीङ र तुरही फुक्दै र झ्याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्दूक लिएर आए।
29
जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
Recommended Reading
Commentary
1 Chronicles Commentaries
→
Devotional
1 Chronicles Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→