bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 2
1 Chronicles 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 3 →
1
इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
2
दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर।
3
यहूदाका छोराहरू: एर्, ओनान र शेलह। यी तीन जनाकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। यहूदाका जेठा छोरा एर्ले परमप्रभुलाई अप्रसन्न गराएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो।
4
तब यहूदाकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा छोराहरू पाँच जना भए।
5
फारेसका छोराहरू: हेस्रोन र हामूल।
6
जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा— सबै जम्मा पाँच जना थिए।
7
कर्मीका छोरा: आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इस्राएलमाथि कष्ट ल्याए।
8
एतानका छोरा: अजर्याह।
9
हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।
10
रामचाहिँ अम्मीनादाबका पिता थिए, र अम्मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।
11
नहशोन सल्मोनका पिता थिए, र सल्मोन बोअजका पिता थिए।
12
बोअज ओबेदका पिता थिए, र ओबेद यिशैका पिता थिए।
13
यिशैचाहिँ जेठा छोरा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ,
14
काहिँला नतनेल, अन्तरे राद्दै,
15
जन्तरे ओसेम र कान्छा दाऊदका पिता थिए।
16
तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए।
17
अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्माएली येतेर थिए।
18
हेस्रोनका छोरा कालेबकी आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन।
19
जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।
20
हूरचाहिँ ऊरीका पिता थिए, र ऊरी बजलेलका पिता थिए।
21
पछि जब हेस्रोन साठी वर्ष पुगेका थिए, तब गिलादका पिता माकीरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो, र तिनले सगूबलाई जन्माइन्।
22
सगूब याईरका पिता थिए। याईरले गिलादका तेईस वटा सहर कब्जा गरे।
23
(तर गशूर र अरामले तिनीहरूबाट हब्बात-याईर र केनात, त्यसका बस्तीहरूसमेत जम्मा साठी वटा सहर कब्जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्तान थिए।
24
हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्नी अबियाले तिनको निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
25
हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, बूना, ओरेन, ओसेम र अहियाह।
26
यरहमेलकी अर्की एउटी पत्नी थिइन्, जसको नाउँ अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्।
27
यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।
28
ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर।
29
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन्।
30
नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निस्सन्तान भएर मरे।
31
अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।
32
शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्सन्तान भएर मरे।
33
जोनाथनका छोराहरू: पेलेथ र जाजा। यरहमेलका सन्तान यी नै थिए।
34
शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो।
35
यही दास यरहासित शेशानले आफ्नी छोरीलाई विवाह गरिदिए, र तिनले त्यसको निम्ति अत्तैलाई जन्माइन्।
36
अत्तै नातानका पिता, नातान जाबादका पिता,
37
जाबाद एपलालका पिता, एपलाल ओबेदका पिता,
38
ओबेद येहूका पिता, येहू अजर्याहका पिता,
39
अजर्याह हेलेसका पिता, हेलेस एलासाका पिता,
40
एलासा सिस्मैका पिता, सिस्मै शल्लूमका पिता,
41
शल्लूम यकम्याहका पिता, यकम्याह एलीशामाका पिता थिए।
42
यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए।
43
हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।
44
शेमाचाहिँ रहमका पिता थिए, र रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
45
शम्मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए।
46
कालेबकी उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
47
यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।
48
कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्।
49
तिनले मद्मन्नाका पिता शापलाई अनि मक्बेना र गिबियाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्।
50
कालेबका सन्तान यी नै थिए: एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल,
51
बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।
52
किर्यत-यारीमका पिता शोबालका सन्तान: हारोए, मानहतीहरूका आधा, र
53
किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एश्तोलीहरूका सन्तान भए।
54
सल्माका सन्तान: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, अनि
55
याबेसमा बस्ने शास्त्रीका वंशहरू: तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्मतबाट आए।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29