bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 28
1 Chronicles 28
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 29 →
1
दाऊदले यरूशलेममा इस्राएलका सबै अधिकारहरू— कुल-कुलमाथिका अधिकृतहरू, राजाको सेवामा लाग्ने दल-दलमाथिका सेनापतिहरू, हजार र सयका सेनापतिहरू, अनि राजा र तिनका छोराहरूका सबै सम्पत्ति र गाई-गोरुको जिम्मा लिने अधिकारीहरू, महलका अधिकृतहरू, योग्य-योग्य पुरुषहरू र सबै वीर-वीर योद्धाहरूलाई भेला गरे।
2
तब खड़ा भएर दाऊद राजाले भने, “हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन। परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें।
3
तर परमेश्वरले मलाई यसो भन्नुभयो, ‘मेरो नाउँको सम्मानको निम्ति तैंले भवन बनाउनेछैनस्, किनभने तँ लड़ाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्।’
4
“तापनि परमप्रभु इस्राएलका परमेश्वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्ति इस्राएलमाथि राज्य गर्न मलाई चुन्नुभयो। उहाँले नेतृत्व गर्न यहूदालाई चुन्नुभयो, र यहूदाका घरानाबाट मेरा पिताको परिवारलाई चुन्नुभयो। मेरा पिताका छोराहरूमध्ये उहाँले सारा इस्राएलमाथि मलाई नै राजा तुल्याउन उहाँलाई असल लाग्यो।
5
मेरा सबै छोराहरूमध्ये— किनभने परमप्रभुले मलाई धेरै छोराहरू दिनुभएको छ— इस्राएलमाथि परमप्रभुका राज्यको सिंहासनमा बस्न उहाँले सोलोमनलाई चुन्नुभएको छ।
6
उहाँले मलाई यसो भन्नुभयो, “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले त्यसलाई मेरो छोरा हुन चुनेको छु र म त्यसका पिता हुनेछु।
7
यदि अहिले पालन गरेझैँ त्यसले मेरा आज्ञा र विधानहरू दृढ़तापूर्वक पालन गर्यो भने, म त्यसको राज्य सदासर्वदाको निम्ति स्थिर राख्नेछु।’
8
“यसकारण तिमीहरू त्यस सुन्दर देशका अधिकारी हुन सक, र त्यो तिमीहरूको पैतृक-सम्पत्तिझैँ तिमीहरूपछि तिमीहरूका सन्तान-दरसन्तानलाई दिन सक भनेर सारा इस्राएल र परमप्रभुका समुदायको सामुन्ने र हाम्रा परमेश्वरले सुन्ने गरी होशियारीसँग परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्न भनी म तिमीहरू सबैलाई हुकुम गर्दछु।
9
“अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्वरलाई आफ्नै ईश्वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ। यदि उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सधैँको निम्ति इन्कार गर्नुहुनेछ।
10
यसैले याद राख, परमेश्वरले आफ्नो पवित्रस्थानको निम्ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्नुभएको छ। दृढ़ होऊ, र त्यो काम पूरा गर।”
11
तब दाऊदले आफ्ना छोरा सोलोमनलाई मन्दिरको दलान र त्यसका घर, भण्डार, कौसी, भित्री कोठाहरू र प्रायश्चित गर्ने ठाउँका नक्शा दिए।
12
आत्माले तिनको मनमा राख्नुभएका सबै कुराअनुसार तिनले परमप्रभुको मन्दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका भेटी राख्ने भण्डारहरूका निम्ति नक्शाहरू दिए।
13
लेवी र पूजाहारीहरूका दल-दलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँड़ाहरूका निम्ति निर्देशनहरू तिनलाई दिए।
14
विभिन्न सेवामा प्रयोग गरिने सबै सुनका भाँड़ाहरूका निम्ति सुनका तौल, र सबै चाँदीका भाँड़ाहरूका निम्ति चाँदीका तौल तिनले तोकिदिए।
15
तिनले सुनका सामदान र तिनका दियाहरूका निम्ति र चाँदीका सामदान र तिनका दियाहरूका निम्ति चाहिँदो तौल तोकिदिए।
16
भेटीका रोटीको हरेक टेबिलको निम्ति सुनको तौल, र चाँदीका टेबिलहरूका निम्ति चाँदीको तौल तिनले तोकिदिए।
17
तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।
18
धूप-वेदीको निम्ति पनि निखुर सुनको तौल तिनले तोकिदिए। रथको निम्ति, अर्थात् आफ्ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्दूकलाई छेक्ने सुनका करूबहरूका निम्ति पनि तिनले नक्शा दिए।
19
दाऊदले भने, “यी सबै परमप्रभुकै हातले बनाएको नक्शा हो, र यसका सम्पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनुभएको छ।”
20
दाऊदले आफ्ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई निराश तुल्याउनुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ।
21
परमप्रभुको मन्दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल-दलहरू तयार छन्। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्नेछ। अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन्।”
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29