bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 6
1 Chronicles 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 7 →
1
लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।
2
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
3
अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार।
4
एलाजार पीनहासका पिता थिए, पीनहास अबीशूका पिता थिए,
5
अबीशू बुक्कीका पिता थिए, बुक्की उज्जीका पिता थिए,
6
उज्जी जरयाहका पिता थिए, जरयाह मरायोतका पिता थिए,
7
मरायोत अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
8
अहीतूब सादोकका पिता थिए, सादोक अहीमासका पिता थिए,
9
अहीमास अजर्याहका पिता थिए, अजर्याह योहानानका पिता थिए,
10
योहानान अजर्याहका पिता थिए (त्यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा पूजाहारीको सेवा गर्थे),
11
अजर्याह अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
12
अहीतूब सादोकका पिता थिए, सादोक शल्लूमका पिता थिए,
13
शल्लूम हिल्कियाहका पिता थिए, हिल्कियाह अजर्याहका पिता थिए,
14
अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए,
15
जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए।
16
लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।
17
गेर्शोनका छोराहरूका नाम यी नै हुन्: लिब्नी र शिमी।
18
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
19
मरारीका छोराहरू: महली र मूशी। आ-आफ्ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्।
20
गेर्शोनका वंशहरू: आफ्ना छोरा लिब्नी, तिनका छोरा येहाथ, तिनका छोरा जिम्माह,
21
तिनका छोरा योआ, तिनका छोरा इद्दो, तिनका छोरा जेरह, र तिनका छोरा यातरै।
22
कहातका सन्तान: आफ्ना छोरा अम्मीनादाब, तिनका छोरा कोरह, तिनका छोरा अस्सीर,
23
तिनका छोरा एल्काना, तिनका छोरा एब्यासाप, तिनका छोरा अस्सीर,
24
तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्जियाह, र तिनका छोरा शौल।
25
एल्कानाका सन्तान: अमासै, अहीमोत,
26
तिनका छोरा एल्काना, तिनका छोरा सोफै, तिनका छोरा नहत,
27
तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना, र तिनका छोरा शमूएल।
28
शमूएलका छोराहरू: जेठा छोरा योएल र कान्छा अबिया।
29
मरारीका सन्तान: आफ्ना छोरा महली, तिनका छोरा लिब्नी, तिनका छोरा शिमी, तिनका छोरा उज्जाह,
30
तिनका छोरा शिमेअ, तिनका छोरा हग्गियाह, र तिनका छोरा असायाह।
31
सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्।
32
सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेल पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले विधिपूर्वक आफ्ना बाजा बजाउने कर्तव्य गर्दैरहे।
33
आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा,
34
जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोहका छोरा,
35
जो सूपका छोरा, जो एल्कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,
36
जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा,
37
जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा,
38
जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।
39
हेमानका सहयोगी आसापचाहिँ तिनको दाहिनेपट्टि सेवा गर्नलाई उभिन्थे: तिनी बेरेक्याहका छोरा, जो शिमेअका छोरा,
40
जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा,
41
जो एत्नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,
42
जो एतानका छोरा, जो जिम्माहका छोरा, जो शिमीका छोरा,
43
जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।
44
तिनीहरूका सहयोगीहरू तिनका देब्रेपट्टि मरारीहरू: एतान, जो कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्लूकका छोरा,
45
जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा,
46
जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,
47
जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।
48
तिनीहरूका कुटुम्ब लेवीहरू पवित्र वासस्थान, परमेश्वरको भवनका सबै अरू कामका निम्ति समर्पित भएका थिए।
49
तर हारून र तिनका सन्तानहरूले मात्र भेटीहरू चढ़ाउने सबै काम, र इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका सबै आज्ञाअनुसार पूरा गर्नलाई होमबलिको वेदी र धूप वेदीका बलिदान चढ़ाउने काम गर्थे।
50
हारूनका सन्तान यी नै हुन्: आफ्ना छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,
51
तिनका छोरा बुक्की, तिनका छोरा उज्जी, तिनका छोरा जरयाह,
52
तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,
53
तिनका छोरा सादोक, र तिनका छोरा अहीमास थिए।
54
हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका बस्तीहरू यी नै हुन् (किनभने कहातीहरूलाई नै पहिलो चिट्ठा परेको थियो):
55
तिनीहरूलाई यहूदाको हेब्रोन र त्यसका वरिपरिका चरनहरू दिइए।
56
तर यपुन्नेका छोरा कालेबलाई त्यस सहरका बस्ती र खेतहरू दिइए।
57
यसैले हारूनका सन्तानहरूलाई हेब्रोन (एउटा शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो,
58
हीलन, दबीर,
59
आशान, युत्ता र बेथ-शमेश, तिनका चरनहरूसमेत दिइए।
60
अनि बेन्यामीनको कुलबाट— गेबा, आलेमेत, अनातोत त्यसका बस्तीसमेत दिइए। कहातीहरूका वंशहरूमा बाँड़िएका यी सहरहरू जम्मा तेह्र वटा थिए।
61
कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू दिइए।
62
गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइए।
63
मरारीका सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए।
64
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू, तिनका चरनहरूसमेत दिए।
65
माथि लेखिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तिनीहरूलाई दिइएका थिए।
66
कहातका केही वंशहरूलाई एफ्राइमको कुलबाट तिनीहरूका इलाकाको निम्ति सहरहरू दिइएका थिए।
67
तिनीहरूलाई एफ्राइमको पहाड़ी देशमा शकेम (एउटा शरण-नगर), गेजेर,
68
योक्माम, बेथ-होरोन,
69
अय्यालोन र गात-रिम्मोन, तिनका चरनहरूसमेत दिइए।
70
मनश्शेको आधा कुलबाट इस्राएलीहरूले आनेर र बिलाम, तिनका चरनहरूसमेत कहातका बाँकी वंशहरूलाई दिए।
71
गेर्शोनीहरूलाई दिइएका भागहरू यी नै हुन्: मनश्शेका आधा कुलबाट— बाशानमा गोलान र अस्तारोत, तिनका चरनहरूसमेत।
72
इस्साखारको कुलबाट— केदेश, दाबरत,
73
रामोत र अनेम, तिनका चरनहरूसमेत।
74
आशेरको कुलबाट— माशाल, अब्दोन,
75
हूकोक र रहोब, तिनका चरनहरूसमेत।
76
नप्तालीको कुलबाट— गालीलमा केदेश, हम्मोन र किर्यातैम, तिनका चरनहरूसमेत।
77
मरारीहरू, लेवीको बाँकी कुललाई दिइएका भागहरू यी नै हुन्: जबूलूनको कुलबाट— योक्माम, कर्तह, रिम्मोनो र तबोर, हरेक त्यसको चरनहरूसमेत।
78
यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट— मरुभूमिमा भएको बेसेर, यहसाह,
79
कदेमोत र मेपात, तिनका चरनहरूसमेत,
80
गादको कुलबाट— गिलादमा भएको रामोत, महनोम,
81
हेश्बोन र याजेर, तिनका चरनहरूसमेत।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29