bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 21
1 Chronicles 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 22 →
1
शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्नो प्रजा गन्नलाई सुर्यायो।
2
यसैले तिनले योआब र आफ्ना फौजका अधिकृतहरूलाई बेर्शेबादेखि दानसम्मका इस्राएलीहरूको जनसंख्या लिएर तिनलाई बताउनू भनी आदेश दिए।
3
योआबले जवाफ दिए, “परमप्रभुले आफ्ना फौजलाई सय गुणा बढ़ाइदेऊन्! के हजूर अझै तिनीहरूका राजा र सबै मानिसहरू हजूरका दास हुनेछैनन् र? हजूरले किन त्यसो गर्नुपर्छ र? तपाईंले इस्राएलमाथि किन दोष ल्याउनुहुन्छ?”
4
तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। तिनी हिँड़िगए, र इस्राएलभरि घुमे।
5
तब तिनी यरूशलेममा आएर दाऊदलाई आफूले लिएको जनसंख्या यसरी बताइदिए: “हतियार चलाउन सक्नेहरू इस्राएलमा एघार लाख र यहूदामा चार लाख सत्तरी हजार रहेछन्।”
6
तर योआबले लेवी र बेन्यामीनको गन्ती लिएनन्, किनभने राजाको हुकुमले तिनी साह्रै अप्रसन्न भएका थिए।
7
यो हुकुमबाट परमेश्वर पनि अप्रसन्न हुनुभयो, र इस्राएलीहरूलाई उहाँले दण्ड दिनुभयो।
8
तब दाऊदले परमेश्वरलाई भने, “मैले साह्रै दुष्ट काम गरें। बिन्ती छ, आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु।”
9
परमप्रभुले दाऊदका दर्शी गादलाई भन्नुभयो,
10
“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो सामु तीन वटा प्रस्ताव राख्दैछु। तीमध्ये एउटा छान्, र म त्यो तँमाथि ल्याउनेछु’।”
11
यसैले गाद दाऊदकहाँ गएर यसो भने, “परमप्रभु यही भन्नुहुन्छ:
12
‘एउटा चुन्— तीन वर्षको अनिकाल, तीन महिनासम्म तेरा शत्रुहरूद्वारा सताइनु, र उनीहरूका तरवारले तँ खेदिइनु, अथवा सारा देशमा विपत्ति ल्याउने परमप्रभुको आफ्नो तरवार— परमप्रभुका दूतद्वारा इस्राएलका सबै इलाकाहरू विनाश ल्याउने काम’। अब विचार गर्नुहोस्, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो।”
13
तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्टमा परेको छु। मलाई परमप्रभुको हातमा नै पर्न देऊ। किनभने उहाँको करुणा अति महान् छ। तर मलाई मानिसको हातमा पर्नु नपरोस्।”
14
यसकारण परमप्रभुले इस्राएलभरि नै एउटा विपत्ति पठाउनुभयो, र इस्राएलका सत्तरी हजार मानिसहरू मरे।
15
र परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो। तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बद्लेर ती नाश गर्ने स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम!” त्यसै बेला ती स्वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।
16
मास्तिर हेर्दा दाऊदले परमप्रभुका स्वर्गदूतलाई स्वर्ग र पृथ्वीका बीचमा आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब दाऊद र धर्म-गुरुहरू भाङ्ग्रा लाएर भूइँमा घोप्टो परे।
17
अनि दाऊदले परमेश्वरलाई भने, “लड़ाकू मानिसहरूको गन्ती लिनलाई मैले पो हुकुम दिएको थिएँ। मैले पो पाप गरेको थिएँ। मैले पो दोष गरेको थिएँ। तर ती बिचरा भेड़ाहरूले के गरेका थिए र? हे परमप्रभु, मेरा परमेश्वर, तपाईंको हातको प्रकोप म र मेरो घरानामाथि परोस्, तर यो विपत्ति तपाईंको प्रजामाथि नपरोस्।”
18
दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउनू भनी हुकुम गर भनेर परमप्रभुका स्वर्गदूतले गादलाई भने।
19
परमप्रभुको नाउँमा गादले हुकुम गरेझैँ दाऊद त्यहाँ उक्लेर गए।
20
अरौना आफ्नो गहूँ दाइँ गरिरहेका थिए। तिनी यसो फर्के, र ती स्वर्गदूतलाई देखे। अरौनासँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।
21
दाऊद तिनको छेउमा आइपुग्दा अरौनाले माथितिर हेरे, र राजालाई देखेर खलाबाट आई तिनको सामु घोप्टो परे।
22
दाऊदले अरौनालाई भने, “मलाई यस खलाको जग्गा परमप्रभुको निम्ति एउटा वेदी बनाउन देऊ, ताकि प्रजामाथि परेको यो विपत्ति थामिओस्। त्यसको पूरै दाममा मलाई बेच।”
23
अरौनाले दाऊदलाई जवाफ दिए, “त्यो लिनुहोस्, र महाराजालाई जस्तो इच्छा लाग्छ, गर्नुहोस्। होमबलिको निम्ति यहाँ गोरुहरू छन्, दाइँका काठहरू दाउराको निम्ति र गहूँ अन्नबलिको निम्ति छन्। म सबै थोक तपाईंलाई दिँदैछु।”
24
तर दाऊद राजाले ओनानलाई भने, “होइन, म पूरै दाम दिनेछु। तिम्रो सम्पत्ति लिएर सित्तैँमा पाएका थोकको होमबलि म परमप्रभुलाई चढ़ाउनेछैनँ।”
25
यसैले त्यस जग्गाको निम्ति दाऊदले अरौनालाई छ सय सुनका सिक्का दिए, र तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए।
26
त्यसैमा तिनले होमबलि र मेलबलि चढ़ाए, र परमप्रभुका नाउँको पुकारा गरे। अनि परमप्रभुले स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो।
27
तब परमप्रभुको आज्ञाअनुसार ती स्वर्गदूतले आफ्नो तरवार म्यानमा हाले।
28
त्यसै बेला परमप्रभुले यबूसी अरौनाको खलामा जवाफ दिनुभयो भनी देखेर दाऊदले त्यहाँ बलिदानहरू चढ़ाए।
29
मोशाले उजाड़-स्थानमा बनाएको परमप्रभुको पवित्र वासस्थान र होमबलिको वेदी त्यस बेलासम्म गिबोनमा पूजा गर्ने स्थानमा नै थिए।
30
तर परमप्रभुको अगुवाइ माग्न दाऊद जान सकेका थिएनन्, किनभने ती स्वर्गदूतको तरवारले तिनी साह्रै भयभीत भएका थिए।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29