bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 23
1 Chronicles 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 24 →
1
जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए।
2
तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए।
3
लेवीहरूमध्ये तीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्मा अठतीस हजार थिए।
4
तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू,
5
चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्न तिनले खटाइदिए।
6
दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।
7
गेर्शोनीहरूका सन्तान: लादान र शिमी।
8
लादानका छोराहरू: जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।
9
शिमीका छोराहरू: शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए।
10
अनि शिमीका छोराहरू: यहत, जीजा, येऊश र बरीआ— चार जना।
11
यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्ति एकै परिवारमा गनिए।
12
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल चार जना।
13
अम्रामका छोराहरू: हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए।
14
परमप्रभुका जन मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए।
15
मोशाका छोराहरू: गेर्शोम र एलीएजर।
16
गेर्शोमका सन्तान: शूबाएलचाहिँ जेठा थिए।
17
एलीएजरका सन्तान: रहब्याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू औधी धेरै थिए।
18
यिसहारका छोराहरू: शलोमीतचाहिँ जेठा थिए।
19
हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।
20
उज्जीएलका छोराहरूमा: मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।
21
मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र कीश।
22
एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्। यसैले तिनका दाजुभाइहरू, अर्थात् कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे।
23
मूशीका छोराहरू: महली, एदेर र यरीमोत— तीन जना।
24
सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए।
25
किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शान्ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ।
26
यसैकारण लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्नुपर्नेछैन।”
27
दाऊदका यी नै पछिल्ला वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू गनिए।
28
लेवीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्वरका भवनको सेवाको अरू काम गर्नु,
29
अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्मा तिनीहरूको थियो।
30
परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने बेलामा
31
तिनीहरू धन्यवाद दिने र स्तुति गर्ने काममा विधिपूर्वक र निरन्तर लागिरहनुपर्थ्यो।
32
यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्थानको जिम्मा, अनि तिनीहरूका कुटुम्ब हारूनका सन्तानहरूको अधिकारमुनि परमप्रभुका मन्दिरको सेवाको जिम्मा लिनुपर्थ्यो।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29