bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 13
1 Chronicles 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 14 →
1
दाऊदले आफ्ना हरेक अधिकृत, हजारका सेनानीहरू र सयका कप्तानहरूसँग सल्लाह लिन्थे।
2
तब तिनले इस्राएलका जम्मै समुदायलाई भने, “यदि तपाईंहरू सम्मति दिनुहुन्छ, र यदि परमप्रभु हाम्रा परमेश्वरले बाटो खोलिदिनुभयो भने, हामी इस्राएलका सबै इलाकाहरूमा बाँकी रहेका हाम्रा कुटुम्बहरू र तिनीहरूका सहर र चरनहरूमा बस्ने पूजाहारी र लेवीहरूलाई हामीसँग मिल्न आऊन् भनी समाचार पठाऔं।
3
हाम्रा परमेश्वरको सन्दूक हामी ल्याऔं, किनकि शाऊल बाँचुञ्जेल हामीले कहिल्यै त्यसको वास्ता गरेनौं।”
4
तब सबै समुदायले त्यसो गर्ने निश्चय गरे, किनभने समस्त मानिसहरूले यसो गर्ने सम्मति दिए।
5
यसैले किर्यत-यारीमबाट परमेश्वरको सन्दूक ल्याउन मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्मका जम्मै इस्राएलीहरूलाई दाऊदले भेला गराए।
6
तब दाऊद र सबै इस्राएलीहरू यहूदामा पर्ने बाला, अर्थात् किर्यत-यारीममा करूबहरूका बीचमा विराजमान हुनुहुने परमेश्वर परमप्रभुको उहाँकै नाउँले कहलाएको सन्दूक लिनलाई उक्लेर गए।
7
तिनीहरूले अबीनादाबको घरबाट परमेश्वरको सन्दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्जाह र अहियोले चाहिँ त्यो गाड़ा हाँक्दै लगे।
8
दाऊद र सबै इस्राएलीहरू परमेश्वरको सामु गीत, वीणा, सारङ्गी, खैँजड़ी, झ्याली र तुरहीसित खूब जोशले रमाए।
9
तिनीहरू कीदोनको खलामा आइपुग्दा ती गोरुहरूले ठक्कर खाए, र उज्जाहले सन्दूक समात्न आफ्नो हात बढ़ाए।
10
तर परमप्रभु उज्जाहसँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो। किनभने तिनले आफ्नो हात बढ़ाएर सन्दूक छोएका थिए। यसैले तिनी परमेश्वरको सामुन्ने त्यहीँ नै मरे।
11
परमप्रभुको क्रोध उज्जाहमाथि परेकोले दाऊद अप्रसन्न भए, र तिनले त्यस ठाउँको नाउँ फारेस-उज्जाह राखे। त्यो नाउँ अझसम्मै छ।
12
त्यस दिन दाऊद परमेश्वरसँग डराए, र तिनले सोधे, “त्यसो भएपछि मैले परमेश्वरको सन्दूकलाई मेरो जिम्मामा कसरी राख्न सक्छु?”
13
यसैले तिनले सन्दूक आफूसित दाऊदको सहरमा लगेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा लगे।
14
यसरी सन्दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्म रह्यो, अनि परमेश्वरले ओबेद-एदोमको घराना र तिनका घरमा भएका सबैलाई आशिष् दिनुभयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29