bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 26
1 Chronicles 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 27 →
1
द्वारपालहरूका दलहरू: कोरहीहरूबाट: कोरेका छोरा मेशेलेम्याह (कोरेचाहिँ आसापका छोराहरूमा एक थिए)।
2
मेशेलेम्याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्नीएल,
3
अन्तरे एलाम, जन्तरे येहोहानान, र कान्छा एल्यहोएनै।
4
ओबेद-एदोमका छोराहरू: जेठा शमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, अन्तरे नतनेल,
5
जन्तरे अम्मीएल, खन्तरे इस्साखार र कान्छा पुल्लतै। (किनभने परमेश्वरले ओबेदएदोमलाई आशिष् दिनुभएको थियो।)
6
तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्यता भएका मानिसहरू थिए।
7
शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद, र एल्जाबाद। तिनका कुटुम्ब एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।
8
यी सबै ओबेदएदोमका सन्तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्यता भएका मानिसहरू थिए, अनि काम गर्नका निम्ति तिनीहरूको शक्ति पर्याप्त थियो। तिनीहरू जम्मा ६२ जना थिए।
9
मेशेलेम्याहका छोराहरू र दाजुभाइहरू सबै योग्यता भएका मानिसहरू थिए— १८ जना।
10
मरारी होसाका छोराहरू: जेठाचाहिँ शिम्री (तिनी जेठा थिएनन्, तर तिनका पिताले तिनलाई जेठा तुल्याएका थिए),
11
माहिला हिल्कियाह, साहिँला तबलियाह र कान्छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्मा १३ जना थिए।
12
द्वारपालका दलहरूका यी प्रधान-प्रधान पुरुषहरू आफ्ना कुटुम्बहरूझैँ परमप्रभुको मन्दिरको सेवाको निम्ति छुट्ट्याइएका थिए।
13
जवान र बूढ़ा दुवैले आफ्ना घराना-घरानाअनुसार हरेक मूल ढोकाको निम्ति चिट्ठा हाले।
14
पूर्व ढोकाको लागि शेलेम्याहको नाउँमा पर्यो। त्यसपछि तिनका छोरा बुद्धिमान् सल्लाहकार जकरियाको नाउँमा उत्तर ढोका पर्यो।
15
ओबेद-एदोमलाई चाहिँ दक्षिण ढोका पर्यो, र तिनका छोराहरूलाई ढुकुटी पर्यो।
16
शुप्पीम र होसालाई पश्चिम ढोका र उकालो लाग्ने बाटोको शल्केत ढोका पर्यो। एउटा पाले अर्को पालेको नजिकै थियो।
17
छ जना लेवीहरू दिनहुँ पूर्वतिर, चार जना उत्तरतिर, चार जना दक्षिणतिर र दुई-दुई जना ढुकुटीको पहरा बस्थे।
18
अनि पश्चिमको चोकमा जाने बाटोमा चार जना र चोकमा नै दुई जना थिए।
19
कोरही र मरारीका सन्तानमध्येका द्वारपालका दलहरू यी नै थिए।
20
तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्डारहरू र अर्पण गरिएका थोकहरूका भण्डारको जिम्मा दिइएको थियो।
21
लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका प्रधानहरू थिए:
22
यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए।
23
अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
24
मोशाका छोरा गेर्शोमका सन्तान शूबाएल भण्डारहरूका अधिकृत थिए।
25
एलीएजरबाट तिनका कुटुम्बहरू: तिनका छोरा रहब्याह, तिनका छोरा यशयाह, तिनका छोरा योराम, तिनका छोरा जिक्री, तिनका छोरा शलोमीत थिए।
26
दाऊद राजा, परिवार-परिवारका मुखियाहरू, जो हजार र सयका फौजका अधिकृतहरू थिए, र सेनाका अरू अधिकृतहरूले समर्पण गरेका थोकका भण्डारहरूका लागि सबै जिम्मा यी नै शलोमीत र तिनका कुटुम्बहरूलाई दिइएको थियो।
27
तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले समर्पण गरेका थिए।
28
दर्शी शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले समर्पण गरेका सबै थोक, अनि अर्पण गरिएका अरू सबै थोकहरू शलोमीत र तिनका कुटुम्बहरूको जिम्मामा थिए।
29
यिसहारीहरूबाट: कनन्याह र तिनका छोराहरू मन्दिरसम्बन्धी नभएको अरू काममा, अर्थात् इस्राएलका अधिकारी र न्यायकर्ताको काममा खटाइएका थिए।
30
हेब्रोनीहरूबाट: हशब्याह र तिनका कुटुम्बहरू, सत्र सय योग्य मानिसहरूचाहिँ यर्दन नदीका पश्चिमतिरको इस्राएलमा परमप्रभुको काम र राजाको सेवाका कामको हेर-विचार गर्नेहरू थिए।
31
हेब्रोनका परिवारहरूको वंशावलीअनुसार यरियाहचाहिँ प्रधान थिए। दाऊदका शासनको चालीसौँ वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्यका मानिसहरू भेट्टाइए।
32
यरियाहका दुई हजार सात सय योग्य कुटुम्बहरू थिए, जो परिवार-परिवारका मुखियाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू तुल्याए।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29