bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Chronicles 9
1 Chronicles 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 10 →
1
सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्तकमा दर्ता गरियो। यहूदाचाहिँ आफ्नो विश्वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो।
2
आफ्ना पिता-पुर्खाहरूको देश, आफ्ना सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए।
3
यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका मानिसहरू यी नै हुन्:
4
उत्तै जो, अम्मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्तान थिए।
5
शीलोनीहरूका: जेठा असायाह र तिनका छोराहरू।
6
जेरहातीहरूका: यीएल। यहूदाका मानिसहरू ६९० जना थिए।
7
बेन्यामीनीहरूका: सल्लू, जो मशुल्लामका छोरा, जो होदबियाका छोरा, जो हस्सेनूअका छोरा थिए।
8
यरोहामका छोरा यिब्नियाह; एलाह, जो उज्जीका छोरा, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए।
9
बेन्यामीनका मानिसहरू आफ्नो वंशावलीअनुसार ९५६ जना थिए, र सबै आफ्ना परिवार-परिवारका मुख्य मानिसहरू थिए।
10
पूजाहारीहरूका: यदायाह, यहोयारीब, याकीन,
11
अजर्याह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्वरको भवनका जिम्मावाल थिए,
12
अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए।
13
पूजाहारीहरू, जो आफ्ना परिवार-परिवारका मुखियाहरू थिए, ती १,७६० जना थिए। तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए।
14
लेवीहरूका: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारी थिए,
15
अनि बक्बक्कर, हारेश, गालाल, मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा थिए।
16
अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए, अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्थे।
17
द्वारपालहरू: शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्लूमचाहिँ प्रधान थिए।
18
यस बेलासम्म तिनी पूर्वपट्टिका राजाको मूल ढोकामा द्वारपाल थिए। तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए।
19
शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका कुटुम्बहरू, कोरहवंशीहरूचाहिँ पालका प्रवेशद्वारका रक्षा गर्ने सेवाका जिम्मामा थिए, जसरी तिनीहरूका पुर्खाहरूले परमप्रभुको वासस्थानको प्रवेशद्वारका रक्षकको काम गरेका थिए।
20
उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्थ्यो।
21
मेशेलेम्याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।
22
द्वारपालको काममा चुनिएकाहरूको संख्या २१२ थियो। तिनीहरूका आफ्ना गाउँ-गाउँ गरी वंशावलीको सूचीमा लेखिएका थिए। दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो विश्वासको काममा नियुक्ति गरेका थिए।
23
तिनीहरू र तिनीहरूका छोराहरूका जिम्मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्ने काम थियो, जुन भवनलाई पाल भनिन्थ्यो।
24
ती द्वारपालहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर बस्नुपर्दथ्यो।
25
तिनीहरूका कुटुम्बहरूचाहिँ आफ्ना गाउँहरूबाट तिनीहरूसँग एक पल्टमा सात दिनसम्म पालैपालो काममा आउनुपर्थ्यो।
26
तर चार जना मुख्य-मुख्य द्वारपालहरू, जो लेवीहरू हुन्थे, तिनीहरू परमप्रभुको भवनमा भएका कोठाहरू र भण्डारहरूका जिम्मेवारी हुन्थे।
27
तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्थ्यो। अनि बिहानैपिच्छे मूल ढोकाहरू खोल्ने साँचोको जिम्मा तिनीहरूको थियो।
28
तिनीहरूमध्येका कुनै-कुनैले मन्दिरको सेवामा प्रयोग गरिने भाँड़ाहरूको जिम्मा लिए। तिनीहरूले ती भित्र ल्याउँदा र बाहिर लैजाँदा गनेर राख्नुपर्थ्यो।
29
तिनीहरूमध्येका अरू कुनै-कुनैचाहिँ सामानहरू र पवित्रस्थानका अरू सबै भाँड़ाहरू अनि पीठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्मा लिन खटिएका थिए।
30
कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे।
31
कोरहवंशी शल्लूमका जेठा छोरा लेवी मत्तित्याहको जिम्मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो।
32
तिनीहरूका कोही कोरहवंशी कुटुम्बहरूको जिम्मामा हरेक शबाथ-दिनमा भेटीका रोटीहरू तयार पार्ने काम थियो।
33
ती सङ्गीतकारहरू, लेवी परिवार-परिवारका मुखियाहरू, तिनीहरूका निम्ति अलग राखिएका कोठाहरूमा बस्थे, र अरू काम गर्न पर्दैनथ्यो, किनभने तिनीहरू दिन र रातमा काममा बोलाइन्थे।
34
ती सबै जना लेवी परिवारका मुखियाहरू थिए, र तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए। तिनीहरू यरूशलेममा बस्थे।
35
गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाउँ माका थियो।
36
तिनका छोराहरू जेठा अब्दोन, सूर, कीश, बाल, नेर, नादाब,
37
गदोर, अहियो, जकरिया र मिक्लोत।
38
मिक्लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना कुटुम्बका नजिकै बस्थे।
39
नेर कीशका पिता थिए, र कीश शाऊलका पिता थिए। शाऊलचाहिँ जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए।
40
जोनाथनका छोरा: मरीब्बाल, जो मीकाका पिता थिए।
41
मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।
42
आहाज यादाहका पिता थिए, र यादाहचाहिँ आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए।
43
जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए।
44
आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29