bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 10
2 Kings 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 11 →
1
अब आहाबको घरानाका सत्तरी जना छोराहरू सामरियामा थिए। यसकारण येहूले यस्ता पत्रहरू लेखेर सामरियामा यिजरेलका अधिकृतहरू, धर्म-गुरुहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले भने,
2
“यो पत्र पाउने बित्तिकै तिमीहरूका मालिकका छोराहरू भएकाले तिमीहरूसँग, र तिमीहरूका रथहरू र घोड़ाहरू र किल्ला भएका सहर र हतियारहरू पनि भएकाले,
3
तिमीहरूका मालिकका छोराहरूमध्येका सबैभन्दा असल र सबैभन्दा योग्यलाई चुनेर तिनलाई तिनका पिताको सिंहासनमा बसाल। त्यसपछि तिमीहरूका मालिकका घरानाको निम्ति लड़ाइँ गर।”
4
तर तिनीहरू भयभीत भएर भने, “दुई जना राजाहरूले त तिनको सामना गर्न सकेनन् भने, हामी कसरी गर्न सक्छौं र?”
5
यसकारण राजमहलका अधिकारी, सहरका बड़ाहाकिम, धर्म-गुरुहरू र अभिभावकहरूले मिलेर येहूकहाँ यो समाचार पठाए: “हामी तपाईंका दास हौं। तपाईं हामीलाई जे भन्नुहुन्छ सो हामी गर्नेछौं। हामी कसैलाई राजा तुल्याउनेछैनौं। तपाईंलाई जे ठीक लाग्छ त्यही गर्नुहोस्।”
6
तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र पठाए, “यदि तिमीहरू मतर्फ छौ भने र मेरो हुकुम मान्छौ भने, तिमीहरूका मालिकका छोराहरूका शिर लिएर भोलि यही बेला यिजरेलमा आओ।” त्यस बेला सबै सत्तरी जना राजकुमारहरूचाहिँ तिनीहरूलाई हुर्काउने सहरका अग्रगण्यहरूसँग थिए।
7
जब त्यो पत्र तिनीहरूकहाँ आइपुग्यो, तब तिनीहरूले ती सत्तरी जना राजकुमारहरूलाई लगेर मारे। तिनीहरूले यिनीहरूका टाउकाहरू टोकरीहरूमा हालेर यिजरेलमा येहूकहाँ पठाइदिए।
8
जब समाचारवाहक तिनीकहाँ आयो त्यसले येहूलाई भन्यो, “तिनीहरूले राजकुमारहरूका शिरहरू ल्याएका छन्।” येहूले हुकुम दिए, “तब तिनलाई दुई थुप्रा लगाएर बिहानसम्म सहरको मूल ढोकाको सामु राखिदेओ।”
9
भोलिपल्ट बिहान येहू बाहिर गए। त्यहाँ सबै मानिसहरूका अगि खड़ा भएर तिनले भने, “तिमीहरू निर्दोष छौ। आफ्ना मालिकको विरुद्धमा षड्यन्त्र गरेर मार्ने त म नै हुँ। तर यिनीहरू सबैलाई चाहिँ कसले मारे त?
10
यसैले यो जानिराख, कि आहाबका घरानाको विरुद्धमा परमप्रभुले भन्नुभएको एउटै वचन पनि खेर जानेछैन। परमप्रभुले आफ्ना दास एलियाद्वारा भन्नुभएको वचन पूरा गर्नुभएको हो।”
11
तब यिजरेलमा भएको आहाबको घरानाको बाँकी रहेको हरेकलाई, अनि तिनका मुख्य-मुख्य मानिसहरू, तिनका परममित्रहरू र तिनका पूजाहारीहरूलाई एउटै पनि बाँकी नराखेर येहूले सबैलाई मारे।
12
त्यसपछि येहू गएर सामरियातिर लागे। गोठालाहरूको बेथ-एकेदमा
13
यहूदाका राजा अहज्याहका कोही कुटुम्बहरूसित तिनको भेट भयो, र तिनले सोधे, “तिमीहरू को हौ?” उनीहरूले भने, “हामी अहज्याहका नजिकका आफन्तहरू हौं, अनि हामी राजाका परिवार र मुमा-बड़ामहारानीका परिवारलाई अभिवादन गर्न आएका हौं।”
14
येहूले हुकुम दिए, “उनीहरूलाई जिउँदै पक्र!” तब तिनीहरूले उनीहरूलाई जिउँदै पक्रेर बेथ-एकेदमा मारे— बयालीस जना पुरुषहरूलाई। तिनले एउटैलाई पनि जीवित छोड़ेनन्।
15
तिनले त्यो ठाउँ छोड़ेपछि, रेकाबका छोरा यहोनादाब तिनलाई भेट गर्नलाई आइरहेका तिनले भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “म तिमीतर्फ भएझैँ के तिमी मतर्फ छौ?” यहोनादाबले भने, “म छु।” येहूले भने, “त्यसो भए, मलाई आफ्नो हात देऊ।” उनले त्यसै गरे, र येहूले उनलाई समातेर आफ्नो रथमा राखे।
16
येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोश हेर।” तब तिनले उनलाई आफूसित आफ्नो रथमा लगे।
17
जब येहू सामरिया आइपुगे, तब एलियालाई परमप्रभुले भन्नुभएको वचनअनुसार आहाबको परिवारका बाँकी रहेका सबैलाई तिनले सर्वनाश गरे।
18
तब येहूले सबै मानिसहरूलाई भेला गरे, र तिनीहरूलाई भने, “आहाबले त थोरै मात्र बालको सेवा गरे। तर येहूले झन् बढ़ी त्यसको सेवा गर्नेछ।
19
अब बालका सबै अगमवक्ताहरू, त्यसका सबै सेवकहरू र सबै पूजाहारीहरूलाई बोलाओ। एउटै पनि नछुटोस्, किनभने म बालको निम्ति एउटा ठूलो बलिदान चढ़ाउनेछु। कोही छुटिएको छ भने त्यो बाँच्नेछैन।” तर बालका सेवकहरूलाई नाश गर्नलाई येहूले छलको काम गरिरहेका थिए।
20
येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।”
21
यसैले तिनीहरूले त्यसको घोषणा गरे। तब तिनले इस्राएलभरि समाचार पठाए, र बालका सबै सेवकहरू आए। एउटै पनि छोड़िएन। उनीहरू बालको मन्दिरभित्र भीड़ लागे, जबसम्म त्यो एक कुनादेखि अर्को कुनासम्म भरिएन।
22
तब येहूले वस्त्र-भण्डारको अधिकारीलाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्रहरू ल्याऊ।” तब त्यसले उनीहरूका निम्ति वस्त्रहरू निकाल्यो।
23
तब येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यो निश्चय गर कि तिमीहरूसँग यहाँ परमप्रभुका कुनै पनि दासहरू नहोऊन्— बालका सेवकहरू मात्रै।”
24
तब उनीहरू बलिदान र होमबलि चढ़ाउनलाई भित्र गए। अब येहूले असी जना मानिसहरूलाई यस्तो चेताउनी दिएर खटाएका थिए, “यदि मैले तिमीहरूको जिम्मामा दिएका यी मानिसहरूमध्ये कुनै एक जनालाई पनि कसैले उम्कन दियो भने, उसको प्राणको साटो त्यसको ज्यान हुनेछ।”
25
येहूले होमबलि चढ़ाइसक्ने बित्तिकै तिनले पहरादारहरू र अधिकृतहरूलाई यसो भनेर हुकुम दिए, “गएर उनीहरू सबैलाई मार, एउटैलाई पनि उम्कन नदेओ।” यसैले पहरादारहरू र अधिकृतहरूले उनीहरूलाई तरवारले काटेर मारे, र ती लाशहरू बाहिर फालिदिए, र मन्दिरको भित्री थानमा पसे।
26
तिनीहरूले बालको मन्दिरबाट चोखा ढुङ्गा बाहिर लगेर त्यो जलाइदिए।
27
तिनीहरूले बालको चोखा ढुङ्गा भत्काइदिए र मन्दिर छिन्नभिन्न बनाइदिए। अनि आजको दिनसम्म मानिसहरूले चर्पीको लागि त्यो प्रयोग गर्छन्।
28
यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए।
29
तापनि तिनले इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूलाई त्यागेनन्— बेथेल र दानका सुनका बाछाहरूको पूजालाई।
30
परमप्रभुले येहूलाई भन्नुभयो, “मेरो दृष्टिमा जे कुरो असल थियो त्यो तैंले पूरा गरिस्, र मेरो मनमा भएका सबै कुरा आहाबको घरानालाई गरिस्। त्यसैकारण तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलको राजगद्दीमा बस्नेछन्।”
31
तरै पनि आफ्नो पूरा मनले परमप्रभु इस्राएलका परमेश्वरको व्यवस्था पालन गर्न येहू होशियार भएनन्। इस्राएललाई गर्न लाएका यारोबामका पापहरूबाट तिनी फर्केनन्।
32
त्यस बेला परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन लाग्नुभयो।
33
यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्मै हजाएलले इस्राएलीहरूलाई परास्त गरे।
34
येहूको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्य र तिनका उपलब्धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
35
येहू आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोआहाज राजा भए।
36
येहूले सामरियामा इस्राएलमाथि राज्य गरेको समय अट्ठाईस वर्ष थियो।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25